सिरहामा दुई तिनदिन देखी परेको भारी बर्षाले जनजिवन प्रभावित

  • प्रकाशित मितिः असार २६, २०७६
  • ६५ पटक पढिएको
  • मिथिला रत्न
alt

प्रदिप सिंह महतो लहान २६ असार। सिरहामा दुई तिनदिन देखी परेको भारी बर्षाले तराईमा ठाँउमा पनि जमेको हो । मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले आज देशभर वर्षा भइरेहको छ । अझै दुई , तीन दिन देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बर्षाले सिरहा , सप्तरी , धनुषा, मोहोतरी लगायतका जिल्लाहरुमा बिहिवार बिहानै देखी परेको मुसलधारे बर्षाले बजार , कलखार्खना बन्द रहेको छ। बाहिर बाट आएको यात्रुलाई गन्तव्य तर्फ पुगन गाह्रो भएको सर्बसाधारण , रिझन यादव , अङ्कित भुजेल , महेश खडका , निरन्जना चौधरी, प्रस्नसा चौधरीले दुखेसो पोखेका हुन । सिरहाको बसपार्क , होटेल, होस्पिटल र सार्बजनिक ठाँउहरुमा यात्रुहरुको भिडलागेको देखिन्छ। यता किसानहरु खेतीगर्न मा ब्यस्त छ। मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै यो अवधिमा देशको केही स्थानमा भारी वर्षा हुने र एक,दुई स्थानमा अति भारी वर्षासमेत हुने जनाएको हो ।मौसमविद्का अनुसार विशेष गरी आज र भोलि यो क्रम जारी रहनेछ । “वर्षा निरन्तर नभई एकछिन रोकिने पुनः शुरु हुनेछ”, मौसमविद्लले बताए । यता शुक्रबार देशभर बद्ली रही देशका पश्चिमी भू–भागका केही स्थान र मध्यपूर्वका धेरैजसो स्थानमा वर्षा हुनुको साथै एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा २० मिलिमिटर वर्षाको भएको छ । यसैगरी पोखरामा १३।०, सिमरामा ३४, वीरेन्द्रनगरमा ५, दिपायलमा १०, दाङमा २१ र नेपालगञ्जमा १३ मिलिमिटर वर्षा मापन गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले आज प्रदेश १, २ र ३ का साना र मझौला खोला, नदीमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेश तथा प्रदेश नं २ र ५ को चुरे र पहाडबाट बहने तथा कर्णाली प्रदेशको पहाडी क्षेत्रबाट बहने केही साना नदीमा आकस्मिक बहाव हुने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ । बर्षाले तराईका अधिकान्स नदि , तलाउ ,पोखरीहरु जलमग्न भएको हो

प्रतिक्रिया दिनुहोस

पूर्वपश्चिम राजमार्गमा चक्काजाम, अवस्था तन

सिरहा । सिरहाको बन्दिपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको छ । सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दिपुरमा अवस्थित शर्पदंश उपचार केन्द्रको लापरवाहीका कारण एक युवकको मृत्यू भएको भन्दै बन्दिपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको हो । शर्पले टोकेपछि उपचारका लागि शर

गोलबजार नगरपालिका का सब ओभरसियर ५० हजार घु

मिथिला रत्न ,सिराहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका कार्यलयका सब ओभरसियर रंगेहात पक्राउ परेका छन् ।  गोलबजार नगरपालिकाका वार्ड नं. ९ मा बस्ने सब ओभरसियर  श्रेष्ठ रहेकी छ्न । श्रेष्ठले शोचालय निर्माण कार्यक्रमको लागि सेवाग्राहीसँग रकम ५० हजार रुपै

Breaking News :नापी कार्यालय सिराहामा आगला

मिथिला रत्न ,सिराहा । नापी कार्यालय सिराहामा आगलागि भएको छ । आज बिहान ११ बजे जेनेरेटर चलाउने क्रममा आगलागि भएको हाम्रो सम्बादाता सोनु मिश्राले जानकारी गराएका छ्न । बिस्तृत बिबरण आउन बाकी । 


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved