लोकसेवा विज्ञापन विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा,साउन २ र १० गते नेपाल बन्दको घोषणा

  • प्रकाशित मितिः असार २६, २०७६
  • २५१ पटक पढिएको
  • मिथिला रत्न
alt

received_856362834744968
 

received_856362834744968 सिराहा,असार २६ गते। लोकसेवा आयोगले संविधानको मर्म विपरित र समावेशी विरुद्ध विज्ञापन प्रकाशित गरेको भन्दै त्यसको विरोध स्वरुप विशाल जनप्रदर्शन गर्ने भएको छ ।  तराई मधेश राष्ट्रिय परिषद ले लोकसेवा विज्ञापन विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।  हालको स्थानीय तहको लोकसेवाको विज्ञापन संविधानको मुल मर्मको विपरीत र सीमान्तकृत जनजाति, मधेसी, दलित, मुश्लिम र पिछडिएको क्षेत्र र अपांगहरु प्रति अन्याय र विभेदको प्रतीक रहेको ठहर गर्दै आन्दोलनको घोषणा गरेको हो ।  तराई मधेस राष्ट्रिय परिषद , आदिवासी जनजाति महासंघ, दलित महासंघ, आदिवासी जनजाति महिला महासंघ, अपांग महासंघ, पिछडिएका क्षेत्र, पार्टी निकट अदिवासी मोर्चा, कुमार लिङ्देन मिराक नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मंच, थारु कल्याणकारी सभा, थरुहट राष्ट्रिय भेला तयारी समिति एकताबद्ध भएर लोकसेवा विरुद्ध विशाल जनप्रदर्शन गर्ने भएको छ । घोषणा गरिएको आन्दोलनको कार्यक्रमहरुमा यही असार २८ गते शनिबार प्रचारप्रसार र पर्चा वितरण कार्यक्रम राखेको हो । तराई मधेश राष्ट्रिय परिषदका सदस्य काशिन्द्र यादवले जनाए अनुसार, आईबार असार २९ गते काठमान्डौं लगायत देशभरिको विभिन्न जिल्लामा मशाल जुलुस प्रदर्शन गरिने भएको छ । यस्तै, असार ३० गते सिटि जुलुस र असार ३१ गते काठमाडौंको माईतिघर मण्डलासहित देशैभरि विशाल जनप्रदर्शन गर्ने भएको छ भने साउन २ गते र १० गते नेपाल बन्दको घोषणा गरिएको छ । तराई मधेश राष्ट्रिय परिषद्का सदस्य यादवले भने , - "यो नेपालमा एकल जातीय अधिपत्यलाई निरन्तर राख्ने कुत्सित नियतबाट निर्देशित छ । संसद, लोकसेवा र अदालत समेत सबैको यस षड्यन्त्रमा मिलोमतो देखिएकोले अब हामीसंग सडक संघर्ष र आन्दोलन बाहेक कुनै बाटो रहेन । यो आन्दोलन कुनै संगठन वा दल बिशेषको आन्दोलन नभएर सम्पुर्ण उत्पीडित र न्यायप्रेमी जनताको आन्दोलन हो । त्यसैले यो आन्दोलन मा आ आफ्नो ठाउँबाट नेतृत्व लिन सबैमा हार्दिक अह्वान गर्दछौं "।

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved