राज्य नश्लीय नंरसहार र जातीय नरसंहार गर्न थालेको छ, हामी त्यसको जवाफ दिन तयार छौँ : राज किसोर यादव

  • प्रकाशित मितिः असार २५, २०७६
  • १३९ पटक पढिएको
  • मिथिला रत्न
alt

असार २५ गते । एक महिनामा सर्लाहीमा नश्लीय चरित्रको मानवता विरोधीको घटना हुन्छ । हामीलाई जानकारी भएअनुसार त्यहाँका सीडीओ, एसपीले माफियाबाट पैसा लिएर कुमार पौडेलको हत्या भयो । जातीय नरसंहारको नाममा सरोजनारायण सिंहको हत्या गरिएको छ । के यो राज्य साँच्चै जातीय नरसंहार गर्न उद्यत हो । त्यो एसपीले ‘आई एम द स्टेट’ मनोविज्ञानबाट काम गर्दैछ । अहिलेसम्म गृह प्रशासनले त्यो एसपीलाई एक शब्द पनि सोधेको छैन । न स्पष्टीकरण लिएको छ न त कारबाहीको दायरामा ल्याएको छ ।  के हामी टुलुटुलु हेरेर बस्ने ? यहाँ घटना  भइरहन,े जनता रोई कराई  गरिरहने । जनताले कुरा उठाउँदा सरकारका अरिङ्गालहरु, सरकारका वरिपरि भएका मान्छेहरु, विरोधका लागि मात्र रचिएको विरोध भन्छन् । खिसियानी बिल्ली खम्बा नोचे जस्तै भएको छ । सरकारले आफ्नो काम के गर्दैछ, त्यसको जवाफ दिएको छैन ।  सरकार जनताप्रति उत्तरदायी नहुने उल्टै जनतालाई गैरजिम्मेवारी ढङ्गले होच्याउने ढङ्गले निम्छरा, छाडा र छौँडा भनेर गालीगलौज गर्छ । हामी कस्तो परम्परा लोकतान्त्रिकको अभ्यास गरिरहेका छौँ ? यदि यसरी नै सरकार सञ्चालन गर्ने हो भने बाध्य भएर हामीलाई धेरै कुराको सीमा नाघेर केही गर्नुपर्ने अवस्था सिर्जना नहोस् भनी सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ।  मधेसी जनतालाई हत्या गरेर, जनसङ्ख्या कम गरेर, सरकरलाई दमन गरेर शासन गर्छु भनी कुचेष्टा छ भने हामी यहीँबाट चुनौती दिन चाहन्छौँ, हामी त्यस्ता चुनौतीलाई सामना गर्न तयार छौँ । राज्य नश्लीय नंरसहार र जातीय नरसंहार गर्न थालेको छ । हामी त्यसको जवाफ दिन तयार छौँ ।  हामीले ल्याएको अधिकार कटौती गरिन्छ र उल्टै संविधानको शपथ खाएका मन्त्री संविधानविरुद्ध अभिव्यक्ति दिइन्छ । लोक सेवा आयोगले गरेको विज्ञापन के हो ? त्यसका स्पष्टीकरण दिनुपर्छ कि पर्दैन ? हामीले लडेर ल्याएको संविधानमा प्रदत अधिकार पनि खोस्ने । एकपछि अर्को भ्रष्टाचारका काम, एकपछि अर्को गैरजिम्मेवारका काम हुँदैछन् । अब जनताले स्वच्छ, विषादीरहित तरकारी खान पाउनुपर्छ भन्नु न्यूनतम मौलिक अधिकार हो । तर प्रधानमन्त्री भन्नुहुन्छ, मैले कुरै नबुझी ड्याङ्गै निर्णय गरिदिएँ ।’ अर्को मन्त्रीले भन्नुहुन्छ, मैले पढ्दै नपढी हस्ताक्षर गरिदिएँ ।’ अर्को मन्त्री भन्छन्, ‘अर्को मन्त्रालयबाट चिठी आएको आधारमा गरिदिएँ ।’ कोही ड्याङ्गै, कोही पढ्दै न पढी निर्णय गरेका छन् । यस्तै निर्णयहरु भइरहने हो भने कुनै दिन यो मुलुक अर्कैको नाममा भइदियो भने के नगर्ने ?  यो के भइरहेको छ ? बारम्बर मैले यो सदनप्रति सरकार जवाफदेही हुने कि नहुने भनेर निवेदन गरेँ । सरकार जनताप्रति जवाफदेही हुने कि नहुने ? अहिले गम्भीर प्रश्न उब्जिएको छ । चौतर्फी आलोचना भइरहेको छ । त्यो आलोचनालाई सकारात्मक रूपमा लिएर समाधान नगर्नुको साटो जुन प्रकारको चरित्र प्रदर्शन भइरहेको छ, त्यसले कही लगिदैन । यो ‘विनाश काले विपरीत बुद्धि’ भन्छन्, अहिलेको स्थिति त्यस्तै निर्माण भइरहेको छ ।  लाल आयोगको बारेमा हामीले बारम्बार सदनमार्फत सरकारलाई घचघच्याइ रह्यौँ । अहिलेसम्म सरकार कानमा तेल हालेर सुतेको छ । यो सरकारलाई लाग्दो होला राजपाले अवाज उठाउँदैमा के हुन्छ र ? आज सर्लाही घटनाको बारेमा सत्यतथ्य किन बाहिर आएन ? हत्या भयोे, त्यो एसपीलाई हत्या गर्न यहाँबाट निर्देशन दिएर पठाएको हो या सरकारका पाल्तुको रूपमा त्यहाँ पालिएको हो । त्यसको सत्यतथ्य जानकारी हुनुपर्यो । लाल आयोगको प्रतिवेदन सार्वजनिक भएन भने सदनको अर्को बैठक अवरोध गछौँ । सर्लाही घटनाको बारेमा एउटा न्यायिक छानबिन आयोग निर्माण गरेर वास्तविक दोषी पत्ता लगाएर न्यायको कठघरामा उभ्याउन माग गर्दछौँ ।   (असार २४ गते संसदमा दिएका मन्तव्य)  

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved