जेष्ठ नागरिकलाई समान

  • प्रकाशित मितिः असार २५, २०७६
  • ९९ पटक पढिएको
  • मिथिला रत्न
alt

 सिरहा : सिरहा नगर कार्यपालिकाको वडा न. १० काे सहयाेगमा र पिछडिएको समुदाय उत्थान विकास समिती सिरहाका अायाेजनमा ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएका छन्। समान कार्यक्रममा उमेरको वरियताक्रम अनुसार ७६ वर्ष देखि माथिको ५० जना बृद्ध नागरिकहरुलाई दोसला ओढाई सम्मान गरेको छ । कार्यप्रक्रमकाे प्रमुख अतिथी वडा न १० को वडा अध्यक्ष श्री जुगल किशोर कामती र अध्यक्षता अासन संस्थकाे अध्यक्ष विजय यादवले गर्नु भएको थियो । कार्यक्रममा बिशिस्ट अतिथि वडा न. १० को वडा अध्यक्ष विनोद कामती, अतिथिहरु वडा सदस्य राम उदित मण्डल, राम चरित्र मुखिया, रिता साह, सुनिता देवि खत्वे लगायत समाजवादी पार्टी नेपालको वडा १० को अध्यक्ष अनिल कर्ण, काङ्ग्रेस प्रतिनिधि राजकिशोर कामती, राप्रपा नेपालको सत्यनारायण मुखिया, लगायत साधुराम मण्डल, शत्रुधन शाह स्थानिय वुद्धिजिवी, समाजसेवीहरु लगायत ज्येष्ठ नागरिक हरुको उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न वक्ताहरु विनोद कामती, साधुराम, राम उदित मण्डलले आयोजक पिछडिएको समुदाय उत्थान विकास समितिले गरेको वडा कार्यालय सङ्गको सहकार्य निश्चितनै वृद्ध वृद्धाहरुको सम्मानजनक तथा प्रशन्शनिय रहेको तथा अगामी दिनहरुमा यसतो कार्यक्रमहरु आयोजना हुने अपेक्षा समेत राखेको थियो भने कार्यक्रमलाई अगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता सहित ज्येष्ठ नागरिकलाई सम्मान दिनु आमाबाबुको आशिर्वाद सरह रहेको धारणा विजय यादवले राख्नु भएको थियो । अशक्त भई कार्यल्रममा उपस्तिथ हुन नसकेको जेष्ठ नागरिकहरुको घर दैलोमा पुगेर सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved