एकाएक रणभुमि बन्यो सर्लाही, १ जनाको मृत्यु ११ जना गम्भीर घाइते ! अवस्था तनावग्रस्त

  • प्रकाशित मितिः असार १५, २०७६
  • ११० पटक पढिएको
  • maithiliratna
alt

काठमाडौं । अचानक सर्लाही जिल्ला तनावग्रस्त बनेको छ । सर्लाहीको ईश्वरपुरमा प्रहरी र प्रदर्शनकारीबीच फाइरीङ सुरु भएपछि तनावग्रस्त भएको हो । दोहोरो पक्षको झडपका क्रममा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको ज्यान गएको छ । घटनामा ८ प्रहरी र ३ जना प्रदर्शनकारीसहित ११ जना घाइते भएको जानकारी दिइएको छ । ज्यान गुमाउने व्यक्तिको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्टोमा शनिवार डुबेर एक बालकको ज्यान गएपछि स्थानीयले त्यसको विरोधमा आज प्रदर्शन गरेका थिए । शनिबार ईश्वरपुर नगरपालिका वडा नम्बर १३ बस्ने लाले रायका १२ वर्षीय छोरा अमितकुमार यादवको खाल्डोमा डुबेर ज्यान गएको थियो । खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि त्यसको विरोधमा क्षतिपुर्ति माग गर्दै स्थानीयले राजमार्ग अबरुद्ध गर्दा प्रहरीले हस्तक्षेप गर्न खोज्दा तनाब भएको हो । घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ । मृतकको सनाखत भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved