न्यायमा सहज पहुँचका लागि समुदायिक मेलमिलाप तालिम सम्पन्

  • प्रकाशित मितिः जेठ २५, २०७६
  • ११५ पटक पढिएको
  • maithiliratna
alt

सिरहा : नेपालकाे संविधान २०७२ काे धारा २१७ मा न्यायिक समितिकाे व्यवस्था गरिएकाे छ । जस अनुसार स्थानीयतहले कानून बमाेजिम अाफनाे अधिकारक्षेत्र भित्रका विवादहरू निरूपन टर्न स्थानीयतहकाे उपप्रमुखकाे संयाेजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति गठन गर्नुपर्नेछ । यसरी गठन गरिने तीन सदस्यीय न्यायिक समितिमा गाउँसभा तथा नगरसभाले अाफू मध्येबाट दुई जना सदस्य निर्वाचित गर्नेछन् । त्यसैगरी संविधानकाे धारा १२७ (१) मा नेपालमा तिन तहकाे अदालत रहने व्यवस्था छ भने धारा १२७ (२) मा यस बाहेक सथानियतहमा न्यायिक निकाय वा विवाद समाधानका बैकल्पिक उपाय अबलम्वन गर्न अवश्यकता अनुसार अन्य निकाय गठन गर्न सकिने छ भन्ने कुरा उल्लेख गरेकाे छ । धारा ५१ (ट) , न्याय र दण्ड व्यवस्था सम्बन्धी नीति (२) , मा सामान्य प्रक्तिका विवाद समाधानका लागि मेलमिलाप, मध्यस्थता जस्ता वैकल्पिक उपायहरू अवलम्वन गर्ने कुरा उल्लेख छ । सिरहाकाे नवराजपुर गाउँपालिकाले दलित, गरिव र सबै वर्गहरूका न्यायमा सहज पहुँचका लागि सङाेर नेपाल मझाैराकाे अायाेजनामा अाठ दिने समुदायिक मेलमिलाप तालिम दिईएका छन् । तालिमा गाउँपालिकाका पाँचै वडावाट जम्मा ६० जना पूर्व पञ्च तथा शिक्षित मेलमिलाप एेन, २०६८ काे व्यवस्था अनुसार सहभागि गराईएका छन् । मेलमिलाप तालिम लिईएकाहरूलाई गाउँपालिकामा सूचिकृत गराई विवाद समाधानका लागि न्यायिक समितिले प्रचिलन गरिनेछ । यस गाउँपालिकमा मेलमिलाप तालिम प्राप्त व्यत्तिहरू नभएका कारण विवाद समाधान गर्न तथा न्यायिक समितिमा थुप्रिएका विवादहरू छिटाे छरिताे समाधान गर्न असहज भईरहेकाे न्यायिक समिति संयाेजक तथा गाउँपालिका उपध्यक्ष शाेभा कुमारी यादबले बताईन् । समुदायिक मेलमिलापलाई पाँचै वडामा संयाेजक राखि व्यवस्थापन गरी यस जित जितकाे प्रणालिबाट विवाद सामाधानका पहिलाे विकल्प खाेजिने र पुन अवश्यकता परेकाे बेला यस्ता किसिमकाे तालिम संचालन गरीने उपध्यक्षले जाेडदिईन् । स्थानियतहकाे क्षेत्रफल बढी भएकाेले यसलाई वडा कार्यलयबाटै व्यवस्थापन गरिने वडा न. ४ वडा अध्यक्ष मदन यादबले बताउनु भयाे ।मेलमिलाप विधि विवाद समाधानकाे दिगाे र प्रभावकारी समाधान विधि भएकाेले यसलाई प्राथमिकताकै रूपमा कार्यन्वयन गरिने वडा न. ५ काे वडा अध्यक्ष मनाेज कुमार यादबले बताउनु भयाे । वडाहरूमा गठन हुने मेलमिलाप समितिले विवाद समाधान गरी जनताका भईरहेका धनजनका क्षतिलाई कम गरी प्रभावकारी रूपमा संचालन हुनु पर्छ । यसका लागि मेलमिलापकर्ता अग्रसर भई कार्य गर्नु पर्छ नवराजपुर गाउँपालिकाका लेखापाल साेम प्रसाद अचार्यले बताउनु भयाे । मेलमिलाप विश्वकै उत्तम विवाद समाधानकाे वैकल्पिक विधि भएकाेले यस गाउँपालिकामा यसलाई कार्यन्वयन गरी विवाद समाधान गरियाे भन्ने याहाँका जनताका समय बचत , धनमालका बचत र मानशिक तनाव तथा विभिन्न क्षतिहरू लगायत गाउँपालिकाका विकासहरूमा सकारात्मक प्रभाव देखिने छ । विकासका विभिन्न अवराेधहरू हुन्छ । जस मध्ये समुदायिक विवाद प्रमुख अवराेध हाे । त्यसैले यस्ता जित जित विधिबाट विवाद समाधानले दिर्घकालिन रूपमा सहयाेग गर्ने छ । यस्ता विकासका अवराेधहरूलाई हटाउन र द्वन्द्व व्यवस्थापन गरी गाउँपालिकालाई शान्ति र विकासमा सङाेर नेपालकाे भुमिका अग्रिम स्थानमा रहने र सहकार्यमा सदैव कार्य गर्ने प्रतिवद्वता संस्था अध्यक्ष बैधनाथ कुमार यादबले गर्नु भयाे । तालिमा सहभागिहरूलाई निष्पकक्ष र ततष्ट रहि विवाद समाधन गर्न शुभकामना पनि दिनु भयाे ।

प्रतिक्रिया दिनुहोस

सिरहा जिल्लाको शान्ति सुरक्षाका लागि नेपाल

सिरहा : समाजमा प्रहरीको जवाफदेहीता र सुशासन प्रवद्र्धनका लागि समुदायि – प्रहारी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश नं. २ प्रहरी कार्यलय, जनकपुरधामको आयोजनामा सिरहा सदमुकाममा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ । प्रदेश नं. २ का आठ जिल्ला मध्ये सिरहाबाट उक्त कार्यक्रम

जयमधेस भन्ने बित्तिकै मधेस बिरोधी शक्तिको

सिरहा,भाद्र ४ गते । प्रदेश नं २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरुले प्रवेश पाएका छन, त्यो हो प्रदेशको नाम र राजधानी । मलाई लाग्छ यो संगसंगै भाषा पनि प्याकेजमै आउनुपर्थ्यो तर आएन । यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो । जे भए पनि सदनमा प्रस्तुत

रोग र दुर्घट्नालाई निमन्त्रण दिदैँ जिल्ला

सिरहा,भाद्र ४ गते । जिल्ला अस्पताल सिरहाले आफनो मुल प्रवेश द्धारको अगाडी सडक साईडमा फोहर डमपिङ्ग बनाई रोग र दुर्घटना दुवैलाई निमन्त्रण दिईरहेका छन् । अस्पातालमा विरामीहरुलाई प्रयोग गरेका औषधीका डबाहरु मुल गेटको साईडमा फाल्ने गरेको त्यहाँका व्यपारीहरुले बताउछन् सडक पेटीमा फालिएका


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved