राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा सबल नेपालद्धारा सरसफाइ कार्यक्रम

  • प्रकाशित मितिः जेठ २४, २०७६
  • १२९ पटक पढिएको
  • maithiliratna
alt

 कर्जनहा । राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा वेल्ट हंगर हिल्फे (Welthungerhilfe) र सबल नेपालद्धारा सिरहा जिल्लामा संचालित खानेपानी, सरसफाई तथा स्वच्छताप्रवद्र्धन परियोजन अन्र्तगत कर्जनहा न.पा. वडा नं. २ मा सरसफाइ कार्यक्रम संचालन गरियो । उक्त कार्यक्रमा वडा अध्यक्ष, स्थानिय वासी, महिला स्वास्थ स्वयम सेविकाहरुको अगुवाइमा बाबाताल रोड, छघरे टोल हुँदै जनक चोक सम्म सरसफाइ कार्यक्रम सम्पन्न गरीयो । कार्याक्रमका सहभागीहरुलाइ स्वागत गर्दै स्थानिय वासीहरुको साथ र सहयोगमा मात्र पूर्ण सरसफाइ सम्भव हुने कुरा सबल नेपालका पोषण अधिकृत प्रमित कुमार साह ले वताउनु भयो र भविष्यमा उत्पादित फोहोरहरुलाइ सहि तरिकाले व्यवस्थापन गर्न सके फोहोर व्यवस्थापनलाइ पनि व्यवसायिक रुप दिन सकिने कुरा सबल नेपालकै उद्यम विकास अधिकृत सन्तोष भण्डारी ले जानकारी गराउनु भयो । साथै सबल नेपालका कर्जनहा न.पा कि वास अधिकृत ममता वर्माले सरफाइको क्षेत्रमा थप कार्यक्रहरु गर्ने प्रतिवध्ता जनाउनु भयो । कर्जनहा न.पा. वडा नं. २ का वडा अध्यक्ष गणेश प्रसाद अधिकारी का अनुसार यस राष्ट्रिय सरसफाइ सप्ताह अन्तरगत कर्जनहा न.पा. वडा नं. २ मा सबल नेपालद्वारा संचालित सरसफाइ अभियानले नगर तथा टोल वासीहरुलाई सांकेतिकरुपमा सरसफाइ एवमं स्वच्छ र स्वस्थ वातावरण कायम राख्न उत्प्रेरीत गरेको साथै घर, टोल, छिमेक सर्वत्र सरसफाइ कार्यक्रमले निरन्तरता पाएमा विश्व व्यापी रुपमा खडा भएको वातावरण प्रदुषण समस्यामा कमी आउने कुरा व्यत्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस

राज्य मन्त्रीले खेल मैदानमा रोपिएका विरुवा

सिराहा,भाद्र २४ गते । सिरहाको सूर्य नारायण सत्य नारायण यादब बहुमुखि क्याम्पस सिरहाको खेल मैदानमा निजामती दिवसको अवसर पारेर प्रदेश नं. २ को उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश कुमार मंडलको प्रमुख अथितियमा रोपिएका विरुवाका कारण जिल्ला लिगका तयारीमा रहेका खेलाडीहरुका मै

सिरहा ः नियमित पठनपाठनको माग गर्दा वडाध्यक

सिरहा । नियमित पठनपाठनको नभएको भन्दै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका सिरहाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरु वडाध्यक्षकै निर्देशनमा कुटिएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–४ स्थित रहेको श्रीमावि विष्णुपुर डडौलका विद्यार्थीमाथि आईतबार वडाध्यक्षकै निर्देशनमा

पूर्ण सरसफाई तथा खानेपानी स्वच्छता व्यवस्थ

सिराहा । सिरहा जिल्लाको सबभन्दा बढी बाढीबाट प्रभावित स्थानियतह सिरहा, कल्याणपुर र कर्जन्हा नगरपालिकाले बि.एम.जेड., भि.सि.ए., डबलु.एच. एच.का साझेदारीमा र सबल नेपाल, सप्तरीको आयोजनामा गरिएकोे दुई दिने पूर्ण सरसफाई तथा खानेपानी स्वच्छता व्यवस्थापन विकास योजना विषयका कार्यशाला गोष्ठि


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved