समृद्धिको आधार पूर्ण सरसफाई भन्ने नाराका साथ विश्व वातारवरण दिवस मनाईया

  • प्रकाशित मितिः जेठ २२, २०७६
  • ५४ पटक पढिएको
  • maithiliratna
alt

सिरहा,जेठ २२ गते । प्रदेश र स्थानीय सरकार पूर्ण सरसफाई समृद्धिको आधार भन्ने मूल नाराका साथ आज विश्व वातारवरण दिवस मनाईयो ।

सिरहाको कल्याणपुरमा आयोजित कार्यक्रममा ल.मा.वि.कल्याणपुरका विधार्थी,शिक्षक,स्थानीयहरुको जनसहभागितामा स्वच्छ वायु स्वस्थ्य जिवन सहित प्लेकार्ड लिएर बजार एरियाको परिक्रमा गरेका थिए ।

एक घर दूई रुख अनिवार्य भन्ने अभियानका साथ नगरपालिकाले पहल गर्नुपर्ने युवा सञ्जाल सिरहाका संयोजक वैजनाथ साहल वताए । यसका लागि हाम्रो सञ्जालले कटिबद्ध भई अगामि दिनमा कार्यान्वयनमा लाग्ने बताए । जिवन जिउनका लागि रुख अनिवार्य रहेका छन, रुख र मानवको सम्वन्ध परापूर्वकालदेखी नै धार्मीक रुपमा जोडिएको कुरा औलयाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख उमा प्रशाद चर्तुवेदीले वातावरण जोगाउनमा विधार्थी र युवाको अह्म भूमिका रहेका छन । नराम्रा कुलतमा नलागि राम्रो वातावरणका लागि सवैले आ आफनो ठाउँबाट लाग्नुपर्ने वताए । सोही अवसरमा दर्जनौं रुख रोपर वातावरण दिवस मनाएका थिए । कार्यक्रममको अध्यक्षता नगरपालिका प्रमुख सूर्यनाथ मण्डल, विभिन्न संघ संस्थाका प्रमुख,प्रहरी,विधार्थी,स्थानीयवासीको जनसहभागितामा कार्यक्रम सम्पन्न भएका थिए ।

कार्यक्रमको आयोजक कल्याणपुर नगरपालिका र जिल्ला युवा समिति सिरहाले गरेका थिए र  सहकार्य जिल्ला सम्न्वय समिति सिरहा, मुक्ति नेपाल,सवल नेपाल, फरवाड नेपाल, आसमान नेपाल,जागृति नेपाल र जिल्ला युवा सञ्जाल सिरहाले गरेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस

घरेलु मेडियालाई सिध्याउने एक विधेयक

काठमाण्डौ : नेपाल सरकारले घरेलु मेडियालाई सिध्याउने विध्येक लियाउन थाले छ । प्रस्तावित विज्ञापन नियमहरु विधेयकको रुपमा कार्यान्वयन भएमा यसले टेलिभिजन च्यानलहरुलाई महत्वहीन तथा नेपालका टेलिभिजन तथा विज्ञापन उद्योगलाई नै धराशयी बनाउन सक्नेछ । घरेलु मेडिया उद्योगको वृद्धि तथा यसको आ

प्रदेश स्तरीय होम–स्टे कार्याशाला गोष्ठी त

धनकुट्टा : ‘पर्यटनको विकास, समृद्धिको निकास’ भन्ने मूल नाराका साथ प्रदेशस्तरीय होमस्टे कार्याशाला गोष्ठी तथा महोत्सव धनकुट्टा जिल्लाको साघँुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित नाम्जेथुम्कीमा एक समारोहका साथ सम्पन्न गरिएको छ ।    कार्यशाला गोष्ठी तथा महोत

जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तर्

सिरहा : सिरहाकाे जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तराष्ट्रिय दिवसकाे अवसरमा सिरहा नगरपालिका वडा न. ७ काे सहयाेग र सङाेर नेपाल मझाैरा ३ सिरहाकाे अायाेजनमा वडा न. ७ का जेष्ठ नागरिकहरूलाई सामान गरि मनाईएका छन् । १५ जना जेष्ठ नागरिकहरूलाई चादर र सुपानेट झुल वितरण गरि कार्य


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved