लैँगिक हिँसा न्यूनिकरणका लागि अन्तरक्रिया

  • प्रकाशित मितिः जेठ ९, २०७६
  • १३६ पटक पढिएको
  •  बैधनाथ कुमार यादब
alt

सिरहा : शान्तिपूर्ण एवं सुरक्षित समाजकाे लागि समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सिरहाकाे नवराजपुर गाउँपालिकामा लैँगिक हिँसा न्यूनिकरणका लागि अन्तरक्रिया कार्यक्रम गरेकाे छ । नागरिक समाज नवराजपुरकाे अायाेजनामा गरिएकाे कार्यक्रममा विकटताकाे रूपमा चिनिने सिरहा जिल्लाकाे नवराजपुर गाउँपालिकामा धेरै हुने वाविवाह , दहेज प्रथा , छाेरा छाेरी विच विभेद , खुला मदिरा विक्री वितरण र घरेलु हिँसा विषयमा प्रश्नहरू त्याहाँका जनताले जाेडदार रूपमा उठाउनु भयाे । प्रश्नहशरूकाे जवाफ दिने क्रममा नवराजपुर गाउँपालिकाकाे उपध्यक्ष शाेभा कुमारी यादबले भन्नी नेपाल प्रहरीकाे भुमिका धेरै नै कमजाेर रहेकाले यस गाउँपालिकामा हिँसाका घटना बढि रहेका छन् । घटना स्थालमा प्रहरीकाे उपस्थिति समयमा नहुनु र अन्या कार्यमा बेस्त भई समाज सुरक्षमा कम समय खर्चनुले पिडितलाई न्याय पाउँन समस्या भईरहेका छन् । यसका लागि नेपाल प्रहरी जिमेवार हुन जरूरी रहेकाे छ । लैँगिक हिँसा याहाँ बढि देखिनुकाे कारण नेपाल प्रहरी र समाज बिच सुमुधर सम्बन्ध कायम नहुनु पनि हाे । समाजमा हिँसा पिडितले अाफनाे समस्या कसरी प्रहरीसँग राखने र प्रहरीले कस्ताे वयवहार गर्ला भने मानषिकताकाे कारण घटना बहिर लिउन र न्याय पाउँ ग्राहाे भईरहेका छन् । हाल धेरै महिला महिलाबाट नै पिडित भईरहेका छन् । जनचेतनाकाे अाभावका कारण यस्ता हिँसा बढिरहेका छन् । समाजमा महिला मात्र नभई परूषहरू माथि पनि हिँसा भहेका छन् । यसका लागिद चाडै पुरूष मन्त्रलय र संजाल पनि गठन हुनु पर्ने प्रशासकिय प्रमुख नागेन्द्र प्रसाद पटेलले बताउनु भयाे । लैँगिक हिँसा मात्र महिला माथि हुने हिँसा हाेईन् र लिङगका अाधारमा हुने हिँसा हाे । समाजमा छाेरा छाेरी बिच गर्ने विभेद प्रमुख हिँसाका कारण हाे । समाजमा ईजताका प्रमुख जिमेवार छाेरीलाई मात्र दिईन्छ । छाेराले जेगरेपनि हुन जस्ता साेच नै समाजमा विभिन्न हिँसाका घटना निमत्यएका छन् । नगरिक समाजले समाजमा भईरहेका बालविवाहलाई राेकन् भुमिका देखानु पर्छ र विवहका े लागि स्थानिय सरकारबाट अनुमति लिनु पर्छ जस्ता कानून बनाई हिँसा न्यूनिकरण गर्न सबैकाे भुमिका हुनु पर्ने जिल्ला लैँगिक हिँसा न्यूनिकरण संजलकाे संयाेजक जिवछी यादबले बताईन् । प्रहरी नै वहुविवाह गरिरहेकाे र मदिरा सेवन गरि चाैक चैरहामा हाेला गररहेका जस्ता प्रश्न कक्षा १० पढने रंजु कुमारी यादबकाे प्रश्नका जवाफमा जिल्ला प्रहरी सिरहाका ईन्सपेकटले भने जहाँ पनि गल्ता मान्छे हुन्छ । नेपाल प्रहरीमा पनि छन् । तर कानून सबैलाई लाग्छ त्यसका लागि सबै तिरबाट करवाहीका माग हुन पर्छ । स्थानिय सरकारले अाफनाे कानून बनाई यस्ता विषयमा गम्भिर हुन जरूरी रहेकाे छ ।नवराजपुर गाउँपालिकामा जनचेतनाका अावश्यकता छ । सबै विषयमा करवाही तथा मुदा जलाए जनताकाे धन जन तथा समस्या जटिल हुने भएकाले जनचेतना तिर गाउँपालिका गम्भिर ध्यान दिने अध्यक्ष विश्वमाेहन यादबले बताउनु भयाे । कार्यक्रम संचालन समुदायिक प्रहरी सिरहाकाे अध्यक्ष नविन कुमार यादबले गर्नु भयाे ।

प्रतिक्रिया दिनुहोस

राज्य मन्त्रीले खेल मैदानमा रोपिएका विरुवा

सिराहा,भाद्र २४ गते । सिरहाको सूर्य नारायण सत्य नारायण यादब बहुमुखि क्याम्पस सिरहाको खेल मैदानमा निजामती दिवसको अवसर पारेर प्रदेश नं. २ को उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश कुमार मंडलको प्रमुख अथितियमा रोपिएका विरुवाका कारण जिल्ला लिगका तयारीमा रहेका खेलाडीहरुका मै

सिरहा ः नियमित पठनपाठनको माग गर्दा वडाध्यक

सिरहा । नियमित पठनपाठनको नभएको भन्दै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका सिरहाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरु वडाध्यक्षकै निर्देशनमा कुटिएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–४ स्थित रहेको श्रीमावि विष्णुपुर डडौलका विद्यार्थीमाथि आईतबार वडाध्यक्षकै निर्देशनमा

पूर्ण सरसफाई तथा खानेपानी स्वच्छता व्यवस्थ

सिराहा । सिरहा जिल्लाको सबभन्दा बढी बाढीबाट प्रभावित स्थानियतह सिरहा, कल्याणपुर र कर्जन्हा नगरपालिकाले बि.एम.जेड., भि.सि.ए., डबलु.एच. एच.का साझेदारीमा र सबल नेपाल, सप्तरीको आयोजनामा गरिएकोे दुई दिने पूर्ण सरसफाई तथा खानेपानी स्वच्छता व्यवस्थापन विकास योजना विषयका कार्यशाला गोष्ठि


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved