नवराजपुर गाउँपालिकामा ‘चमत्कारी विकास’

  • प्रकाशित मितिः जेठ ४, २०७६
  • ७०१ पटक पढिएको
  •  बैधनाथ कुमार यादब
alt

 सिरहा : सिरहाको नवराजपुर गाउँपालिकाका जनताले सिँहदबारकाे ढेड वर्षकाे अवधिमा चमत्कारी विकासकाे लहरमा तिब्रता पाएको छ । नवराजपुर गाउँपालिका अन्तरगतका याेजना तथा वडा स्तर याेजना कार्यन्वयनसँगै विकासमा चमत्कार भएकाे छ । गाउँपालिकाका सम्पूर्ण याेजना कार्यन्वयनसँगै ८० प्रतिशतकाे हराहरीमा कार्य सम्पन भएकाे कारण स्थानीयहरु प्रमुख विश्वमोहन यादवप्रति खुशी भएका छन् । विकासका अावस्था कमजाेर रहेकाे भारत सिमानासँग जाेडिएकाे यस गाउँपालिकामा हाल देखिएकाे विकास प्रति जनता उत्साहित भएका छन् । वडा न २,४,५ मा सडक, विधुत, कृषि र शिक्षा स्वास्थ्यमा देखिएका परिर्वतन सबैका खुशीकाे प्रमुख स्राेता भएकाे छ । हामी खुशी किन नहुनु स्थानीय अशाेक कुमार यादब भन्छन् — जहाँ कल्पना गरेका थिए, त्यहाँ जनप्रतिनिधिले हुलाकीमार्गलाई लोकमार्गमा जोड्न मझौरादेखि मौवाहीसम्म र भारत सिमाना देखि हुलाकी सडकसम्म तथा शिक्षा, स्वास्थ्य र भाैतिक ईतिहासिक संरचनाहरू नमुना बनाएका छन् । अार्थिक वर्ष २०७६/०७७ काे याेजनामा सडकलाई प्रमुख प्राथमिकतामा राखि कालाे पत्र गर्ने योजना रहेकाे र यत्तिबेला माटो ग्राभेल गरि तीन किलो मिटरसम्म नमुनाको सडक निर्माण गरिएको छ । वडा स्तरी तथा गाउँपालिका याेजनाबाट विछिएका ठाउँहरूमा ढलन सडक निर्माण भएका छन् । कृषि सडकलाई महत्व दिएको नवराजपुरका प्रमुख विश्वमोहन यादव भन्छन् —‘कृषि उत्पादन राम्रो भयो भने यहाँका जनताको शिक्षा, स्वास्थ्य र रोजगारीमा सहज पहुँच हुन्छ ।’ ‘यसैले हामीले यत्तिबेला कृषि सडक निर्माण मर्मतमा लागेका छौं ।’‘ यो सँगै सिँचाईको लागि विजुलीको व्यवस्थापन गरे ।’ नवराजपुर गाउँपालिकाका पाँचै वडामा टोल टोल र खेतीसम्म विजुलीको व्यवस्था गरिएको छ । ढेड दूई दर्जन कृषि सडकको मर्मत र निर्माण काम गति लिएकोे छ । विद्यालय, स्वास्थ्य प्रतिष्ठान, डिहिवार थान, चौक पार्कलाई व्यस्थित गर्दै गाउँपालिका भवनको लागि कम्पाउण्ड वाल तयारीमा लागेको छ । एक करोड १८ लाख बार्षिक बजेट विनियोजित गरिएको छ । जसमा भौतिक निर्माणलाई प्राथमिकता दिँदै शिपमुलक तथा सचेतनामुलक कार्यक्रमलाई गतिका साथ अगाडि बढाइरहेको छ । सरदर २० किलो मिटर कृषि सडक निर्माण तथा मर्मत गरिरहेको छ । सोनवर्षा स्कूलको अधुरो कम्पाउण्डवाल निर्माणमा १० लाख । मझौरादेखि मौवाहीसम्म सडक निर्माण २० लाख । गाँपाको कम्पाउण्डवाल ४० लाख । वडा ४ को भवन निर्माणमा २५ लाख । रेडक्रस भवन निर्माणमा १० लाख । लहरनियाँदेखि सुन्दरपुरसम्म ८ लाख । लहरनियाँउत्तरदेखि चोरी सडक मर्मत १ लाख २० हजार । लवका टोलमा ५ लाख । हजारी माताको कम्पाण्डवालको लागि १० लाख । रामजानकी मन्दिरको कम्पाण्डवालको लागि ३ लाख । लहरनियाँ डिहिवारस्थानमा ६ लाखलगायत विद्युतको काम तिब्र गतिमा भइरहेको छ । समावेशी समानुपातिक आधारमा काम गर्दा त्यस गापाका वडाध्यक्षहरु , सदस्यहरु र नि.प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रप्रसाद पटेलको भूमिका सकारात्मक रहेको छ । प्रशासकीय अधिकृत पटेल भन्छन् —‘प्रमुख यादवको कार्यदक्षता हेरेर यहाँ सबैले विकासको कार्यमा सकारात्मक ढँगबाट अघि बढिरहेको छ । लगानी बमोजिम विकास निर्माण कार्य अघि बढिरहेको छ । यसले नवराजपुर यत्तिबेला विकासतर्फ द्रुत गतिमा अगाडि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

राज्य मन्त्रीले खेल मैदानमा रोपिएका विरुवा

सिराहा,भाद्र २४ गते । सिरहाको सूर्य नारायण सत्य नारायण यादब बहुमुखि क्याम्पस सिरहाको खेल मैदानमा निजामती दिवसको अवसर पारेर प्रदेश नं. २ को उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश कुमार मंडलको प्रमुख अथितियमा रोपिएका विरुवाका कारण जिल्ला लिगका तयारीमा रहेका खेलाडीहरुका मै

सिरहा ः नियमित पठनपाठनको माग गर्दा वडाध्यक

सिरहा । नियमित पठनपाठनको नभएको भन्दै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका सिरहाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरु वडाध्यक्षकै निर्देशनमा कुटिएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–४ स्थित रहेको श्रीमावि विष्णुपुर डडौलका विद्यार्थीमाथि आईतबार वडाध्यक्षकै निर्देशनमा

पूर्ण सरसफाई तथा खानेपानी स्वच्छता व्यवस्थ

सिराहा । सिरहा जिल्लाको सबभन्दा बढी बाढीबाट प्रभावित स्थानियतह सिरहा, कल्याणपुर र कर्जन्हा नगरपालिकाले बि.एम.जेड., भि.सि.ए., डबलु.एच. एच.का साझेदारीमा र सबल नेपाल, सप्तरीको आयोजनामा गरिएकोे दुई दिने पूर्ण सरसफाई तथा खानेपानी स्वच्छता व्यवस्थापन विकास योजना विषयका कार्यशाला गोष्ठि


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved