सिरहामा तस्करी वढयो ,बरीयारपट्टीमा फेरी ६४ वोरा मटर बरामद,

  • प्रकाशित मितिः बैशाख २५, २०७६
  • ३१ पटक पढिएको
  • maithiliratna
alt

सिरहा २६ बैशाख । सिरहाको बरीयारपट्टी सीमाक्षेत्रबाट तेस्रो मुलुकबाट आयात ६४ बोरा हरा मटर प्रहरीले आज बरामद गरिएको छ । बरियारपट्टी गाउँपालिका वडा नम्बर १ ब्रहरी स्थित रामकुमार यादवको घरवाट ४४ वोरा र २० वोरा लहान वाट व्रहरी आउने बसलाई चेकजाँच गर्ने क्रममा समातेका छन । बरामद गरेको मटरको बिल भरपाई नभएको खण्डमा ६४ वोरा मटर ठाडि भन्सार बुजmाएको प्रहरीले जनाएको छन । लामो समयदेखी सिरहामा नेपाल प्रहरी,शसस्त्र प्रहरी र भन्सारको मिलोमतो र नेपालको कही तस्कर मिलेर नेपालबाट भारत मटर पुर्याउँदै गरेको खुल्लासा भएका छन ।
प्रदेश नम्बर २ को प्रहरी कार्यालय जनकपुरबाट डिआइजी पालका विभिन्न जिल्ला टोली पठाएर सिरहा पुगेर २५ किलोग्रामको २७० बोरा र ५० किलोग्रामको १७० बोरा गरी १५२.५ क्वीन्टल केराउ सोमबार सिरहा नगरपालिका– १७ स्थित सञ्जिब साहको गोदामबाट भारततर्फ लैजान लागिएको अवस्थामा केराउ बरामद गराएको थियो ।
सिरहाको माडर, बरियारपट्टी, हरकट्टी , कचनारी,ब्रहरी, झाझपट्टी र ठाडी नाकाबाट केराउको तस्करी खुलेयाम भईरहेको छ । सिरहाका सयौं ब्यक्ति तस्करीलाई व्यावसाय बनाएका छन् । उनीहरु सिमा क्षेत्रमा कोठा भाडा लिएर गोदाम बनाएछ, लहानबाट दिनदहाडै केराउ ढुवानी गरी गोदाम भर्छ ।

रातभर भारत कटाउछ
केराउ तस्करीमा सिमामा खटेका भारतीय सुरक्षा अधिकारीको पनि मिलोमतो हुन्छ । एसएसबीको मिलोमतो बिना तस्करी सम्भव नरहेको एक व्यापारीले नाम उल्लेख नगर्ने शर्तमा बताए । तस्करी भइरहेको केराउ पनि चाइनिज हो । भारतमा केराउको भाउ उच्च रहेको छ, सोही कारण चाइनिज केराउ नेपाल हुँदै भारत तस्करी हुन्छ । स्रोतका अनुसार सेटिङमा रहेका प्रहरीलाई कारवाही गर्ने प्रदेश प्रहरी कार्यालय तयारीमा छ । श्रोतका अनुसार नेपालबाट मदिरा, पेट्रल ,डिजल,चाइनिज स्याउ, सुपारी, मरिच लगायतका सामान भारततर्फ जान्छ भने भारतबाट खानेतेल, चिनी, लताकपडा, मेसेनरी , , पाउडर वला दूध, गिष्ठ,बिधुत्तिय सामान लगायत रजनिगन्धा, गुटखा, सुर्तिजन्य समानहरु नेपाल भित्री रहेको छ ।

प्रतिक्रिया दिनुहोस

प्रदेश नम्बर २ मा सरकारमाथि समेत आशंका प्र

 ५ जेष्ट सिरहा लहान । सिरहाको लहान नगरपालिका पुरै लहान नगर मुलनाराको साथ चीनसँग सम्झौता गरेर प्रदेश २ सरकारले कृषि परियोजना संचालन गर्नका लागि भन्दै सिरहाको लहानमा मुलनाराका साथ बिधार्थीहरु प्रदर्छन गरीएका छन ।यहाका स्थानीय युवा, विद्यार्थीहरु र किसान ,नागरिक समाजका युवाअगुव

नवलपरासीमा ईन्दिरा सुगरमिल बन्द हुने

नवलपरासी : नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ८ स्थित ईन्दिरा सुगर मिलले यार्ड बाहिर रहेको उखु आज मात्र ईण्ट्री गरी यस पश्चात ईण्ट्री बन्द गरिने सुचना जारी गरेको छ। साथै मिल भित्र प्रवेश गरेको उखु पेराई गरी पेराई सत्र ०७५/०७६ समापन गर्ने बताएको छ । यता किसानहरु खेतमा करिब १५ ब

नवराजपुर गाउँपालिकामा ‘चमत्कारी विकास’

 सिरहा : सिरहाको नवराजपुर गाउँपालिकाका जनताले सिँहदबारकाे ढेड वर्षकाे अवधिमा चमत्कारी विकासकाे लहरमा तिब्रता पाएको छ । नवराजपुर गाउँपालिका अन्तरगतका याेजना तथा वडा स्तर याेजना कार्यन्वयनसँगै विकासमा चमत्कार भएकाे छ । गाउँपालिकाका सम्पूर्ण याेजना कार्यन्वयनसँगै ८० प्रतिशतकाे


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved