सिरहामा प्रशासनको सेटीङमै सुरक्षछित तस्करी

  • प्रकाशित मितिः बैशाख २३, २०७६
  • ४१ पटक पढिएको
  • maithiliratna
alt

लहान, २३ बैशाख । सिरहाको माडर सीमाक्षेत्रबाट तेस्रो मुलुकबाट आयात चार सय ४७ बोरा हरा मटर प्रहरीले आज बरामद गरिएको छ । सीमाक्षेत्रमा घर भाडा लिएर आठ महिनादेखि भारतीय नागरिक र नेपालका केही तस्कर मिलेर नेपालबाट भारत मटर पुर्याउँने गर्दै आएको छ । भारत पुर्याउँन तयारीमा रहेको अवस्थामा नेपाल प्रहरीको डिआईजी हरिबहादुर पालका टोलीले सो हरा मटर बरामद गरिएको छ । बरामद गरिएको मटर माडर भन्सारमा बुझाएको छ भने दूई मध्ये एक गोदाम खालि गरिसकेको छ । अर्का एक गोदाममा ४ सय ४७ बोरा मात्रै मटर भारत लैजाने तयारीमा रहँदा प्रहरीले नियन्त्रणमा लिएको छ । भाडा लिएको घरदेखि २ सय मिटर दुरीमा नेपाल भारतको सीमा रहेको छ । त्यस सिमामा सशस्त्र प्रहरीको मात्र ड्युटी रहेको छ । स्थानीयहरु भन्छन् — तस्करहरुलाई संरक्षणको रुपमा सशस्त्र प्रहरीले नै आफ्नै अगाडिबाट मटर निकासी गराउँने काम भइरहेको छ । प्रहरीकै मिलोमतोमा राती १२ देखि ३ बजेसम्म सो मटर पिकअप गाडीले भारत निकासी हुने गरेको स्थानीयहरु बताउँछन् । बरामद गरिएको मटरको मूल्य करिब १० लाख रहेको छ भने एक क्वाँटलमा १८ सय नेपाली रुपैयाँ मुनाफा हुने गरेको छ भने बरामद गरिएको मटरमा करिब ४ लाख मुनाफा हुने रहेको छ । उक्त बरामद गरिएको मटर साक्षी इन्टरप्राइजेज लहान ८ को नाममा ८६ हजार १ सय र साक्षीकै नाममा २ लाख ४६ हजारको बैशाख २२ गतेको एउटै मितिमा दूई पटक वील काटिएको छ । यस्तै रुँगटा प्रोसेसिँग इण्डट्रीज निपनीमाल ८ (परवानीपुर वारा) नाममा ३ लाख ९५ हजार २ सय ५० रुपैयाँको वील बैशाख २१ गतेको मितिमा काटिएको छ । उक्त खरिद गरिएको बील सुमन ट्रेड सेन्टर माडर सिरहा १६ को नाममा बील काटिएको हो । खरिद गरिएको मटर खुद्रा विक्री मात्र गर्न पाउँने प्रावधान रहेको छ । तर, तेस्रो मुलुकको मालसमान नेपालबाट प्रहरीकै मिलोमतोमा सहज रुपमा तस्करी हुँदै आएको छ । डिआईजी पालका टोलीले सिरहा १६ माडरको नाममा खरिद बील रहेकोमा सिरहा १७ माडरबाट अवैद्य रुपमा रहेको मटर बरामद गरिएको छ । जहाँ वाणिज्य दर्ता प्रमाणपत्रमा सुमन ट्रेड सेन्टरको कारोबार तीन लाखसम्म मात्र उल्लेख छ । डिआईजी पालको टोलीले पहिलो चोटी यत्ती धेरै परिमाणको मटर बरामद गरिएको छ । यसैबीच बरामद गरिरहेको अवस्थाको पत्रकारहरुले फोटो लिन खोज्दा नेपाल प्रहरीका असय रामबाबु यादवले रोक लगाएका थिए । असय यादवले ‘म कस्ता कस्ता पत्रकारलाई देखिसके तिमीहरुलाई ठीक हुँदैन ।’ ‘फोटो खिच्न पाइदैन भन्दैछु ।’ त्यसपछि पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधवराज खरेलसँग सम्पर्क गर्दा ‘प्रहरीले नियन्त्रणमा लिएको समानमा कहाँ पत्रकारको फोटोसोटो खिच्ने अधिकार छ ।’ ‘म भरै फोटोसोटो लिएर पठाईदेउला ।’ भन्दै डिएसपी खरेल पन्छिएका थिए । जिल्ला प्रशासन कार्यालय सिरहाका सिडियो रुद्रप्रसाद पण्डितले भने ‘मेरो मान्छे छैन त्यहाँ , म एसपी साहेवसँग कुरा गर्छु ।’ ‘त्यसपछि केही होला ।’ पत्रकारहरुले सिरहाका प्रहरी प्रशासनबाट निराशा पाएपछि डिआईजी पालसँग सम्पर्क गर्दा मात्रै फोटो खिच्न पाएका छन् । सिरहामा केही पत्रकारहरुले मिशन बोर्डर शुरु गरेकोमा हालसम्म सिमा अतिक्रमण, तस्करी तथा लुटपाटको घटना निरन्तर लेख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रदेश नम्बर २ मा सरकारमाथि समेत आशंका प्र

 ५ जेष्ट सिरहा लहान । सिरहाको लहान नगरपालिका पुरै लहान नगर मुलनाराको साथ चीनसँग सम्झौता गरेर प्रदेश २ सरकारले कृषि परियोजना संचालन गर्नका लागि भन्दै सिरहाको लहानमा मुलनाराका साथ बिधार्थीहरु प्रदर्छन गरीएका छन ।यहाका स्थानीय युवा, विद्यार्थीहरु र किसान ,नागरिक समाजका युवाअगुव

नवलपरासीमा ईन्दिरा सुगरमिल बन्द हुने

नवलपरासी : नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ८ स्थित ईन्दिरा सुगर मिलले यार्ड बाहिर रहेको उखु आज मात्र ईण्ट्री गरी यस पश्चात ईण्ट्री बन्द गरिने सुचना जारी गरेको छ। साथै मिल भित्र प्रवेश गरेको उखु पेराई गरी पेराई सत्र ०७५/०७६ समापन गर्ने बताएको छ । यता किसानहरु खेतमा करिब १५ ब

नवराजपुर गाउँपालिकामा ‘चमत्कारी विकास’

 सिरहा : सिरहाको नवराजपुर गाउँपालिकाका जनताले सिँहदबारकाे ढेड वर्षकाे अवधिमा चमत्कारी विकासकाे लहरमा तिब्रता पाएको छ । नवराजपुर गाउँपालिका अन्तरगतका याेजना तथा वडा स्तर याेजना कार्यन्वयनसँगै विकासमा चमत्कार भएकाे छ । गाउँपालिकाका सम्पूर्ण याेजना कार्यन्वयनसँगै ८० प्रतिशतकाे


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved