नेपाल लाईफ इन्स्योरेन्स लहान शाखाबाटै साह दम्पतिको रकम गायब

  • प्रकाशित मितिः बैशाख १९, २०७६
  • ७० पटक पढिएको
  • मुकेश यादव
alt

सिरहा, १९ वैशाख । सिरहाको लहान नगरपालिका बस्ने दिनेश साह र उनकी श्रीमति सुनैनादेवी साहको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान शाखाबाट रकम गायब भएको छ । लहान नगरपालिका वडा नं. १ का दिनेश साह र उनकी श्रीमती सैनुनादेवी साह नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन सहारा र जीवन ज्योति बीमा लगायत विभिन्न पोलीसीमा दस वर्षदेखि ५३ लाख रुपैयाँको बीमा गराएका थिए । त्यो बीमा पैसाले छोराछोरीलाई राम्रो शिक्षा दिलाउन र विहेवारी पनि राम्रैसँग तामझामकासाथ गर्ने सपना मनमा सजाएका थिए । तर ती सारा सपना यतिबेला चकनाचुर भएको छ । बीमा कम्पनीबाट ठगिएका छन् । परिवारको सपनामाथि तुसारापात भएका छन् । सिंगै परिवार चिन्तामा परेका छन् । दिनेश साहको नाममा करिब ३१ लाख ९७ हजार २९७ र सैनुनादेवी साहको नाममा करिब २१ लाख ६८ हजार ८४० गरी जम्मा ५३ लाख ६६ हजार १३७ रुपैयाँ इन्स्योरेन्समा जम्मा गरेका थिए । तर दुबै जनाको नाममा जम्मा रहेको बीमा रकमबाट पाँच वर्षदेखि विभिन्न गते मितिमा पटक– पटक गरी २१ लाख ३० हजार ऋण निकालि सकेको छ । जसको ब्याज १० लाख ८१ हजार ३२५ भइसकेको छ । ऋण र ब्याज गरी उनको नाममा ३२ लाख ११ हजार ३ सय २५ रुपैयाँ भइसकेको छ । पिडित दिने साहका अनुसार ‘आफू एक पैसा ऋण लिएको छैन् । घरमा थोरै समस्या पर्यो फाइल बोकेर ऋण लिन अफिस पुगेपछि ऋण निकालेको थाहा पाएपछि आश्यर्च लाग्यो । आकाशबाट झरेझैं भयो ।’ ‘बीमा अफिसमा निवेदन हालेको ३÷४ हप्ता भइसक्यो’, ‘तर अहिलेसम्म कुनै सुनवाइ भएको छैन् ।’ अफिसले ऋण कसले निकालेको विषयमा छानविन गर्छु भनेपनि केहि नगरेको उनको गुनासो छ । एनएलआईसी ठगी गर्ने बीमा कम्पनी भएको भन्दै उनले कसैलाई त्यसमा बीमा नगर्न आग्रह समेत गरे । पाँच वर्षदेखि पटक–पटक आफ्नो नाममा ऋण निकाल्दा पनि कम्पनीले थाहा नपाउनुले कर्मचारीहरुमाथि नै शंका उनले गरेका छन् । अरु बेला मोबाइलमा म्यासेज र खबर आउँथ्यो तर ऋण निकाल्दा किन एसएमएस आएन ? उनको प्रश्न छ । यसरी ठगीमा परेपछि उनको परिवारको सपनामाथि तुसारापात भएको छ । विभिन्न व्यक्तिले मलाई नेपाल लाइफ धेरै ठूलो कम्पनी हो तर तिमि सानो मानिस तिमिलाई बिमा कम्पनीले पैसा नदिएपनि तिमि केही गर्न सक्दैनौ पिडित साहले बताए । यस विषयमा प्रतिकृया लिनखोज्दा प्रतिक्रिया दिन मानेनन् र भने माथिल्लो निकायबाट प्रेसर आउछ र मेरो नोकरीमापनि असर पर्छ भन्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान शाखाका ब्रान्च म्यानेजर भोगेन्द्र साहले भन्दै पन्छिए ।

प्रतिक्रिया दिनुहोस

घरेलु मेडियालाई सिध्याउने एक विधेयक

काठमाण्डौ : नेपाल सरकारले घरेलु मेडियालाई सिध्याउने विध्येक लियाउन थाले छ । प्रस्तावित विज्ञापन नियमहरु विधेयकको रुपमा कार्यान्वयन भएमा यसले टेलिभिजन च्यानलहरुलाई महत्वहीन तथा नेपालका टेलिभिजन तथा विज्ञापन उद्योगलाई नै धराशयी बनाउन सक्नेछ । घरेलु मेडिया उद्योगको वृद्धि तथा यसको आ

प्रदेश स्तरीय होम–स्टे कार्याशाला गोष्ठी त

धनकुट्टा : ‘पर्यटनको विकास, समृद्धिको निकास’ भन्ने मूल नाराका साथ प्रदेशस्तरीय होमस्टे कार्याशाला गोष्ठी तथा महोत्सव धनकुट्टा जिल्लाको साघँुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित नाम्जेथुम्कीमा एक समारोहका साथ सम्पन्न गरिएको छ ।    कार्यशाला गोष्ठी तथा महोत

जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तर्

सिरहा : सिरहाकाे जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तराष्ट्रिय दिवसकाे अवसरमा सिरहा नगरपालिका वडा न. ७ काे सहयाेग र सङाेर नेपाल मझाैरा ३ सिरहाकाे अायाेजनमा वडा न. ७ का जेष्ठ नागरिकहरूलाई सामान गरि मनाईएका छन् । १५ जना जेष्ठ नागरिकहरूलाई चादर र सुपानेट झुल वितरण गरि कार्य


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved