फोरम नेपाल प्रदेश न- २ कोअध्यक्ष मा यादव निर्वाचित

  • प्रकाशित मितिः बैशाख १७, २०७६
  • ४४ पटक पढिएको
  • महेश सिंह महतो
alt

  सिरहा लहान १७ बैशाख । संघीय समाजवादी फोरम नेपालको प्रदेश न- २ मा अध्यक्ष पदको लागि कडा प्रतिस्पर्धा को बीच बिजय यादव निर्वाचित भएका छ्न।प्रदेश समितिको निर्वाचनमा ४ सय ५ जना मतदाता रहेका थिए । निर्वाचित यादव केन्द्रीय कोषाध्यक्ष हुन् भने हाल उनी प्रदेश २ आर्थिक मामिलामन्त्री हुन् । प्रतिद्धन्द्धी रेणु यादव पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् । रेणु यादव यसअघि प्रदेशका अध्यक्ष थिइन् ।उनी पार्टीका केन्द्रीय उपाध्यक्ष हुन । अध्यक्षका लागि साँसद अशोक यादबले पनि उम्मेदवारी दिएका थिए । अशोक यादव प्रदेशसभाका सदस्य हुन् भने पार्टी प्रदेश समितिका सदस्य पनि हुन् । तीनजनाको बीचमा चुनाव भएपनि रेणु यादव र विजय यादवको बीचमा कडा प्रतिस्पर्धा रहेको थियो । नयाँ विधान अनुसार प्रदेशको ५१ सदस्यीय समिति मध्ये ४१ जनाका लागि निर्वाचन भएको थियो । निर्वाचन समितिका अनुसार २ सय जनाले प्रदेश सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए । अध्यक्ष र सदस्यको निर्वाचन भएपछि समितिले गर्ने समेतबाट तीन जना उपाध्यक्ष , एकजना महासचिव, एक जना सचिव र एक जना कोषाध्यक्षसहितका १० पदाधिकारी मनोनित गरिनेछ ।निर्वाचित यादबलाई भव्य स्वागत गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले पनि बधाई तथा कार्यकाल सफलताको शुभकामना यादव लाइ दिएका छन । आइतबार शुरु भएको प्रदेश अधिवेशनमा सर्वसम्मति नहुँदा यादब सोमवार अबेर राति सम्पन्न अधिवेशनबाट यादव प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् । उनले १ सय ८४ मत ल्याएर निर्वाचित हुन सफल भएका छन् । उनका निकटम प्रतिद्धन्द्धी रेणु यादवले १ सय ४७ मत ल्याएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

प्रदेश नम्बर २ मा सरकारमाथि समेत आशंका प्र

 ५ जेष्ट सिरहा लहान । सिरहाको लहान नगरपालिका पुरै लहान नगर मुलनाराको साथ चीनसँग सम्झौता गरेर प्रदेश २ सरकारले कृषि परियोजना संचालन गर्नका लागि भन्दै सिरहाको लहानमा मुलनाराका साथ बिधार्थीहरु प्रदर्छन गरीएका छन ।यहाका स्थानीय युवा, विद्यार्थीहरु र किसान ,नागरिक समाजका युवाअगुव

नवलपरासीमा ईन्दिरा सुगरमिल बन्द हुने

नवलपरासी : नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ८ स्थित ईन्दिरा सुगर मिलले यार्ड बाहिर रहेको उखु आज मात्र ईण्ट्री गरी यस पश्चात ईण्ट्री बन्द गरिने सुचना जारी गरेको छ। साथै मिल भित्र प्रवेश गरेको उखु पेराई गरी पेराई सत्र ०७५/०७६ समापन गर्ने बताएको छ । यता किसानहरु खेतमा करिब १५ ब

नवराजपुर गाउँपालिकामा ‘चमत्कारी विकास’

 सिरहा : सिरहाको नवराजपुर गाउँपालिकाका जनताले सिँहदबारकाे ढेड वर्षकाे अवधिमा चमत्कारी विकासकाे लहरमा तिब्रता पाएको छ । नवराजपुर गाउँपालिका अन्तरगतका याेजना तथा वडा स्तर याेजना कार्यन्वयनसँगै विकासमा चमत्कार भएकाे छ । गाउँपालिकाका सम्पूर्ण याेजना कार्यन्वयनसँगै ८० प्रतिशतकाे


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved