विपद् जोखिम न्यूनिकरणको लागि जनप्रतिनिधिबीच छलफल

  • प्रकाशित मितिः बैशाख १५, २०७६
  • २२ पटक पढिएको
  • maithiliratna
alt

 लहान १४ बैशाख । विपद् जोखिम न्यूनिकरण मूलप्रभावहिकरणको लागि सिरहाको कल्याणपुरमा दूई दिने जनप्रतिनिधिहरुलाई हालै तालिम दिइएको छ । युएसएडको सहयोगमा कल्याणपुर नगरपालिका र नेपाल रेडक्रस सोसाईटी सिरहाको आयोजनामा गरिएको सो तालिमा विपद् पूर्वतयारी र बाढी पूर्व सूचना प्रणाली सवलीकरणवारे विस्तृत्त जानकारी गराएका छन् । बाढी, कटान, डुबान जस्ता जोखिमबाट बाच्नको लागि पूर्वतयारीवारे विशेष छलफल भएको छ । आगलागी, हावाहुरी, सडक दुर्घटना, सर्पडंस र शितलहरले कल्याणपुरलगायत सिरहाको अधिकाँश गाउँ जोखिम रहेको सो कार्यक्रम छलफल भएको छ । यस्ता विपद् तथा बाढी पहिरोको जोखिमबाट बाच्नको लागि कल्याणपुर नगरपालिकाले कल्र्भट— सडक मर्मत, सेफ हाउसको तयारी, उद्धार सामाग्री खरिद, उद्धार समूहको तालिम, राहत वितरण, आपत्तकालिन सूचना केन्द्र स्थापना, विपत्त व्यवस्थापन कोष खडा गरिने तयारीमा रहेको फोकल पर्सन ललन कर्ण बताए । विपद् व्यवस्थापनको लागि कल्याणपुर नगरपालिकाले यस बर्ष ५० लाखको योजना बनाएको छ । जसमा बैशाख २० गते सूचना केन्द्र स्थापना हुने भएको छ । कल्याणपुरको चिकना, निर्दना, पर्साही, चतरी, वेलहा चपेना, कैलपुर, पूर्णियाही छर्रापटी, भँगठियाही, जमुआ परासीमा बाढी, कटान, डुबान जस्ता जोखिम रहेको छ । स्थानीयतहले विपद् व्यवस्थापनको लागि बजेट छुट्याएको छ । तर, बजेट सम्बन्धित ठाउँमा प्रयोग भइरहेको छ । छैन ? कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले ‘विपद् व्यवस्थापनको लागि उद्धार सामाग्री खरिद गर्ने काम भइरहेको छ ।’ ‘यो तालिमले पनि धेरै कुराको अवगत गराएको छ ।’‘यसको लागि चेतनामुलक र राहत व्यवस्थापनको काम गरिरहेको छु ।’ ‘शिपमुलक कार्यसमेत अगाडि बढाइएको छ ।’ कल्याणपुरलगायत सिरहाको कमला छेउका सिरहा, बसपिटा, माडर, लक्ष्मीनिया, खिरौना, सुखचैनामा बाढीको जोखिम रहेको छ । यस्तै सनेठा, लगडी गदीयानी, औरही, इटाटार, हरकट्टी, बरियापट्टी, लहानमा खोला छेउका बस्ती अत्ति जोखिम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

प्रदेश नम्बर २ मा सरकारमाथि समेत आशंका प्र

 ५ जेष्ट सिरहा लहान । सिरहाको लहान नगरपालिका पुरै लहान नगर मुलनाराको साथ चीनसँग सम्झौता गरेर प्रदेश २ सरकारले कृषि परियोजना संचालन गर्नका लागि भन्दै सिरहाको लहानमा मुलनाराका साथ बिधार्थीहरु प्रदर्छन गरीएका छन ।यहाका स्थानीय युवा, विद्यार्थीहरु र किसान ,नागरिक समाजका युवाअगुव

नवलपरासीमा ईन्दिरा सुगरमिल बन्द हुने

नवलपरासी : नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ८ स्थित ईन्दिरा सुगर मिलले यार्ड बाहिर रहेको उखु आज मात्र ईण्ट्री गरी यस पश्चात ईण्ट्री बन्द गरिने सुचना जारी गरेको छ। साथै मिल भित्र प्रवेश गरेको उखु पेराई गरी पेराई सत्र ०७५/०७६ समापन गर्ने बताएको छ । यता किसानहरु खेतमा करिब १५ ब

नवराजपुर गाउँपालिकामा ‘चमत्कारी विकास’

 सिरहा : सिरहाको नवराजपुर गाउँपालिकाका जनताले सिँहदबारकाे ढेड वर्षकाे अवधिमा चमत्कारी विकासकाे लहरमा तिब्रता पाएको छ । नवराजपुर गाउँपालिका अन्तरगतका याेजना तथा वडा स्तर याेजना कार्यन्वयनसँगै विकासमा चमत्कार भएकाे छ । गाउँपालिकाका सम्पूर्ण याेजना कार्यन्वयनसँगै ८० प्रतिशतकाे


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved