सिराहा पुर्बाधार विकास कार्यालयका प्रमुख इन्जिनियर पक्राउ

  • प्रकाशित मितिः बैशाख १५, २०७६
  • ३२ पटक पढिएको
  • maithiliratna
alt

सिरहा : पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख डिभिजनल इन्जिनियर राजकुमार गोइतलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सदरमुकामस्थित सरकारी निवासबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । सिरहाका प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले सप्तरीबाट पक्राउ पूर्जी आएपछि निवासबाटै पक्राउ गरिएको बताए । सप्तरी प्रहरीले सरकारी छाप किर्ते गरेको विषयमा छानबिनका लागि पक्राउ गरी पठाइदिन पत्र आएको श्रेष्ठले जानकारी दिए । इन्जिनियर गोइतको कार्यप्रति असन्तुष्ति जनाउँदै स्थानीय राजपाका केही नेताहरुले प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनलाई एक साताअघि सरुवा गराउन आग्रह गरेका थिए । यसअघि गोइत जिल्ला प्राविधिक कार्यालय सिरहाका प्रमुख इन्जिनियर भइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस

प्रदेश नम्बर २ मा सरकारमाथि समेत आशंका प्र

 ५ जेष्ट सिरहा लहान । सिरहाको लहान नगरपालिका पुरै लहान नगर मुलनाराको साथ चीनसँग सम्झौता गरेर प्रदेश २ सरकारले कृषि परियोजना संचालन गर्नका लागि भन्दै सिरहाको लहानमा मुलनाराका साथ बिधार्थीहरु प्रदर्छन गरीएका छन ।यहाका स्थानीय युवा, विद्यार्थीहरु र किसान ,नागरिक समाजका युवाअगुव

नवलपरासीमा ईन्दिरा सुगरमिल बन्द हुने

नवलपरासी : नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ८ स्थित ईन्दिरा सुगर मिलले यार्ड बाहिर रहेको उखु आज मात्र ईण्ट्री गरी यस पश्चात ईण्ट्री बन्द गरिने सुचना जारी गरेको छ। साथै मिल भित्र प्रवेश गरेको उखु पेराई गरी पेराई सत्र ०७५/०७६ समापन गर्ने बताएको छ । यता किसानहरु खेतमा करिब १५ ब

नवराजपुर गाउँपालिकामा ‘चमत्कारी विकास’

 सिरहा : सिरहाको नवराजपुर गाउँपालिकाका जनताले सिँहदबारकाे ढेड वर्षकाे अवधिमा चमत्कारी विकासकाे लहरमा तिब्रता पाएको छ । नवराजपुर गाउँपालिका अन्तरगतका याेजना तथा वडा स्तर याेजना कार्यन्वयनसँगै विकासमा चमत्कार भएकाे छ । गाउँपालिकाका सम्पूर्ण याेजना कार्यन्वयनसँगै ८० प्रतिशतकाे


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved