पूर्ण सरसफाईकाे लागि पाँच दिने अभिमुखिकरण कार्यक्रम सम्पन्

  • प्रकाशित मितिः चैत्र २७, २०७५
  • १२४ पटक पढिएको
  • maithiliratna
alt

सिरहा  :  प्रदेश ः २ काे प्रथम खुला दिशा मुत्त जिल्ला सिरहा अन्तर्गत विष्णुपुर गाउँपालिकाले पहिलाे कदमकाे रूपमा सङाेर नेपाल नवराजपुर, सिरहाकाे संयुत्त सहकार्यमा खुला दिशालाई विदावारी पूर्ण सरसफाईकाे यात्रा जारी नारासँगै पाँच दिने पूर्ण सरसफाई अभिमुखिकरण कार्यक्रम सबै वडामा सम्पन गरेकाे छ । कार्यक्रममा युवा विधार्थिहरूका सक्रियतामा पूर्ण सरसफाई सम्बन्धी सात वटा सूचकलाई कार्यन्वयन गराउन जनचेतना अभिवृद्विका लागि सहजिकरण गरेकाे छ । सिरहा जिल्ला खुला मुत्त क्षेत्र घाेषणा भईसके पनि हाल स्थानिय तहमा जनताले ७० प्रतिशत मात्र शैचालय प्रयाेग भईरेका छन् भने २० प्रतिशतले शैचालय भएपनि प्रयाेग नभएकाे कार्यक्रमका सहभागिहरूले बताउछन् । वडाहरूमा पूर्ण सरसफाईकाे लागि जनचेतना अावश्यक रहेकाे छ । सरसफाई सम्बन्धी जनचेतना अाभवकाे कारण शैचालय प्रयाेग र वहिरी शैच गरीरहेका छन् । यस्ता अभिमुखिकरणले सरकारले शैचालयमा दिशा गर्न किन भनिरहेकाे कुरा प्रस्ट हुन्छ र पूर्ण सरसफाई प्रति नागरिक उन्मुख हन्छ वाडा अध्यक्षहरूले बताउनु भयाे । अभिमुखिकरण कार्यक्रमकाे उपलव्धि कार्यक्रम हलमै हेरन पाएकाे छु । यस्ता जनचेतना वाटै अबकाे पूर्ण सरसफाईकाे यात्रा सफल हुने वडा न ः २ काे अध्यक्ष गाेपेन्द्र यादबले बताउनु भयाे । शैचालय भएपनि प्रयाेग नहुन र स्थानिय सरकारमा सरसफाई सम्बनधी ठाेस निति तथा याेजना नबनाउनु हालकाे अावस्थामा सरसफाई प्रति नगरिक पुन पहिलैकै बानिमा गईरहेका छन् । यसका लागि यस अभियानलाई निरन्तर रूपमा स्थानिय सरकार र सराेकारवाल संघ संस्थाले सक्रियता बनाउन जरूरी रहेकाे छन् । पूर्ण सरसफाईकाे लागि र प्रदेशमै फेरी सिरहालाई प्रथम स्थानमा ल्याउन अभियान कर्तालाई लार्नु पर्ने सङाेर नेपालकाे अध्यक्ष बैधनाथ कुमार यादबले बताउनु भयाे । पूर्ण सरसफाईकाे अभियान गाउँपालिक शुरू गरिसकेकाेले सम्पूर्ण नागरिकले यस अभियानलाईे सफल बनाउन अाजै देखि लागनु पर्छ । विष्णुपुर गाउँपालिका अादर्श घाेषणा भएकाेले यहाँका युवहरू अभियानकै रूपमा लागि गाउँपालिकालाई सिरहा जिल्लाकाे पहिलाे पूर्ण सरसफाई गाउँपालिका बनाउन अध्यक्ष जागेश्व यादबले अनुराेध गर्नु भयाे । सरसफाईकाे लागि निति तथा याेजना साथमा अबकाे दिनमा विशेष बजेट पनि ल्याउने यादबले प्रतिवद्वता गर्नु भयाे । अभिमुखिकरणबाट युवाहरूमा देखिएका परिर्वतन प्रति खुशि व्यत्त गर्दै अाजवाट लागैँ नारा पनि लगाउनु भयाे । कार्यक्रमकाे सफल सहजिकरण प्रशिक्षक राम खेलाउन यादबले गर्नु भयाे ।

प्रतिक्रिया दिनुहोस

माँ सखडा यातायात दु्वरा चालकलाइ प्रदेश २ म

लहान २८ चैत्र । सिरहाको लहानमा माँ सखडा यातायात प्रा लि प्रदेश २ को प्रधान कार्यालयद्धरा बुधबार सिरहाको लहानमा वीङ्गर चालक सहचालकहरुलाई दुर्घटनाबाट बच्च र बचाउन सचेत पार्दै ईलाका प्रहरी कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले चालकहरुलाई पोशाक वितरण गरेका छन । कार्यक

सिरहा नगरपालिकमा प्रकाेप पिडितका लागि सेफ

 सिरहा : कमला नदीकाे बाढिबाट पूर्ण जाेखिम क्षेत्र सिरहा नगरपालिका वडा न १७ मा प्रकाेप पिडितका लागि सेफ हाउसकाे शिल्यानाश गरेकाे छ । अन्तरशिमा बढी उत्थानशिल परियाेजना अन्तर्गत अाशमान नेपाल र सिरहा नगरपालिकाकाे संयुत्त सहयाेगमा र जनताका श्रमदानबाट २५ लाखकाे लगानीमा दुई तल

अमेरिका मधेशी समाजद्वारा अार्थिक सहयाेग

 चैत्र१८,लहान -हृदय नारायण यादव ब्लड क्यान्सरबाट मृत्युु भएका सिरहा जिल्ला सुखिपुर नगरपालिका -१,माेहनपुरका सराेज यादवकाे परिवारलाई अार्थिक सहयाेग स्वरूप एक लाख दश हजार नेपाली रुपैयाँ प्रदान गरिएको छ।सुखिपुर नगरपालिकाका मेयर रामअवतार यादवकाे प्रमूख अातिथ्यतामा र स्थानीय बुद्ध


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved