एसईई : प्रदेश २ मा प्रश्नपत्र बाहिरिए, विज्ञान विषयको परिक्षा रद्द, मोबाईल मुख्य कारण

  • प्रकाशित मितिः चैत्र १८, २०७५
  • ९ पटक पढिएको
  • मनोज बनैता
alt

, सिरहा, १४ चैत । प्रदेश २ मा बिहीबार भएको एसईई परीक्षामा विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । परीक्षा शुरूवात हुनुभन्दा भन्दा ६ घन्टा अगाडिनै सिरहा र सप्तरीमा प्रश्नपत्र छ्याप छ्याप्ती पाईएको थियो । प्रश्नपत्र बाहिरिएपछी उक्त विषयको परिक्षा रद्द गरिएको हो । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार, रद्द भएको परीक्षा आगामी चैत २२ गते हुने भएको छ । बोर्डको आकस्मिक बैठकले प्रश्नपत्र बाहिरएकोबारे छानविनटोलि गठन गरेको जानकारी पनि प्राप्त भएको छ । उक्त छानबिन टोलीमा ४ सदस्य चयन गरिएका छन । प्रदेश २ का दुई सय ६२ परीक्षा केन्द्रमा ७० हजार ५ सय ६८ विद्यार्थी परीक्षामा सहभागी थिए। केन्द्रमा परीक्षा मर्यादित बनाउन खटेका गार्डहरु (निरीक्षक)ले नै मोवाइलबाट पहिलाका विषयहरुमा पनि प्रश्नपत्र आउट गरेको बुझिएको छ । गोप्य श्रोतका अनुसार प्रश्न पत्र आउट गर्नका लागि जिल्ला शिक्षा समन्वय समितिदेखि शिक्षा क्षेत्रका माफिया र ठेकेदारसम्मको मिलोमतोमा आर्थिक चलखेल गरेर सो आउट गर्ने गरेका छन । श्रोतका अनुसार एसईई परीक्षामा संलग्न भएका नीजि विद्यालयका संचालकहरुबीच यो प्रश्न पत्र व्हाट्स एप र इमो द्वारा आदान प्रदान गर्ने गरेको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस

माँ सखडा यातायात दु्वरा चालकलाइ प्रदेश २ म

लहान २८ चैत्र । सिरहाको लहानमा माँ सखडा यातायात प्रा लि प्रदेश २ को प्रधान कार्यालयद्धरा बुधबार सिरहाको लहानमा वीङ्गर चालक सहचालकहरुलाई दुर्घटनाबाट बच्च र बचाउन सचेत पार्दै ईलाका प्रहरी कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले चालकहरुलाई पोशाक वितरण गरेका छन । कार्यक

पूर्ण सरसफाईकाे लागि पाँच दिने अभिमुखिकरण

सिरहा  :  प्रदेश ः २ काे प्रथम खुला दिशा मुत्त जिल्ला सिरहा अन्तर्गत विष्णुपुर गाउँपालिकाले पहिलाे कदमकाे रूपमा सङाेर नेपाल नवराजपुर, सिरहाकाे संयुत्त सहकार्यमा खुला दिशालाई विदावारी पूर्ण सरसफाईकाे यात्रा जारी नारासँगै पाँच दिने पूर्ण सरसफाई अभिमुखिकरण कार्यक्रम सबै वड

सिरहा नगरपालिकमा प्रकाेप पिडितका लागि सेफ

 सिरहा : कमला नदीकाे बाढिबाट पूर्ण जाेखिम क्षेत्र सिरहा नगरपालिका वडा न १७ मा प्रकाेप पिडितका लागि सेफ हाउसकाे शिल्यानाश गरेकाे छ । अन्तरशिमा बढी उत्थानशिल परियाेजना अन्तर्गत अाशमान नेपाल र सिरहा नगरपालिकाकाे संयुत्त सहयाेगमा र जनताका श्रमदानबाट २५ लाखकाे लगानीमा दुई तल


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved