सिरहामा एसईई (SEE) परीक्षामा ९ हजार १ सय ८५ परीक्षार्थी सहभागी

  • प्रकाशित मितिः चैत्र ९, २०७५
  • २८१ पटक पढिएको
  • maithiliratna
alt

लहान : सिरहामा एसईई (SEE) परीक्षामा ९ हजार १ सय ८५ परीक्षार्थी सहभागी हुँदैछन् । भोलि (आइतबार)बाट माध्यमिक शिक्षाको एसईई परीक्षा २०७५ सिरहा जिल्लाका ३८ केन्द्रमा सञ्चालनको लागि पूर्ण तयारी भइसकेको छ । जिल्लाका ३८ सामुदायिक विद्यालयमा मात्र केन्द्र स्थापना गरिएको छ । परीक्षार्थीको सङ्ख्या ९ हजार १ सय ८५ छ भने सामुदायिक विद्यालयका ६ हजार ५ सय ४४ मात्र सहभागी हुँदैछन् । पूर्ण परीक्षार्थीमध्ये सामुदायिकतर्फ ६५.२८ प्रतिशत परीक्षार्थी छन् । प्राविधिकतर्फ २ सय ३३ परीक्षार्थी रहेका छन् भने २०७४ भन्दा पुरानो पाठ्यक्रमअनुसारका ग्रेडवृद्धिका २ सय ७१ तथा २०७४ सालदेखिका नयाँ पाठ्यक्रम ग्रेडवृद्धिका ३ सय ३५ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षा केन्द्र अनुसारको परीक्षार्थीको सङ्ख्या ९ हजार १ सय ८५ मध्ये नियमिततर्फ जम्मा ९ हजार ६२ मात्र सहभागी हुने जिल्ला समन्वय समिति शिक्षा विकास शाखा सिरहाले जनाएको छ भने एक सय २३ परीक्षार्थी २०७५ सालको एसईई परीक्षामा सहभागी हुन विद्यार्थीहरूको विवरण फारम हालसम्म पनि विद्यालयहरूबाट उपलब्ध नगराएको परीक्षा शाखाले जनाएको छ । सिरहा जिल्लाका ३८ केन्द्रमा ३८ केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष भने ४७ जना तोकिएका छन् । यस्तै ४ सय ७५ जना निरीक्षकर ८३ जना सहायक निरीक्षक तोकिएका छन् । १ सय ७५ जना कार्यालय सहयोगीसमेत परीक्षामा परिचालन हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस

सिरहा जिल्लाको शान्ति सुरक्षाका लागि नेपाल

सिरहा : समाजमा प्रहरीको जवाफदेहीता र सुशासन प्रवद्र्धनका लागि समुदायि – प्रहारी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश नं. २ प्रहरी कार्यलय, जनकपुरधामको आयोजनामा सिरहा सदमुकाममा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ । प्रदेश नं. २ का आठ जिल्ला मध्ये सिरहाबाट उक्त कार्यक्रम

जयमधेस भन्ने बित्तिकै मधेस बिरोधी शक्तिको

सिरहा,भाद्र ४ गते । प्रदेश नं २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरुले प्रवेश पाएका छन, त्यो हो प्रदेशको नाम र राजधानी । मलाई लाग्छ यो संगसंगै भाषा पनि प्याकेजमै आउनुपर्थ्यो तर आएन । यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो । जे भए पनि सदनमा प्रस्तुत

रोग र दुर्घट्नालाई निमन्त्रण दिदैँ जिल्ला

सिरहा,भाद्र ४ गते । जिल्ला अस्पताल सिरहाले आफनो मुल प्रवेश द्धारको अगाडी सडक साईडमा फोहर डमपिङ्ग बनाई रोग र दुर्घटना दुवैलाई निमन्त्रण दिईरहेका छन् । अस्पातालमा विरामीहरुलाई प्रयोग गरेका औषधीका डबाहरु मुल गेटको साईडमा फाल्ने गरेको त्यहाँका व्यपारीहरुले बताउछन् सडक पेटीमा फालिएका


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved