होली पर्वको परम्परागत रौनक हराउदै संरक्षण गर्न आवश्यक

  • प्रकाशित मितिः चैत्र ६, २०७५
  • ७४ पटक पढिएको
  • सदिक्षा गैरे
alt

कावासोती ५ चैत्र । हिन्दुहरुको महान चाड पर्वको रुपमा मानिने होली तथा फाल्गुन पुर्णिमा आजकल यो पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको छ । यस पवित्र पर्वको परम्परागत रौनक महत्व हराउदैं गएपछि यसको संरक्षणका बारेमा चिन्ता बढेको छ । सत्य माथी असत्यको विजय यो पर्वको मुख्य उपदेश रहेको हुदाँ बिगतमा आपसी भाईचारा कायम राख्नको लागी घरघरमा मौलिक गीत गाउँदै,नाच्दै होली आपसी सदभाव कायम गर्नको लागी मनाईने पर्वको पछिल्लो चलन हट्दै गएको देखिन्छ । अहिले होलीको सस्कृतिमा पश्चिमा सस्कृतिको प्रभाव निकै देखिएको छ । त्यतीमात्र नभई होलीमा बिभिन्न आपराधिक क्रियाकलाप हुने र उच्छृङ्गगल गतिविधी हुने गरेको पाईएको छ । नेपाल पत्रकार महासंघ नवलपरासीका सस्थापक अध्यक्ष भुपेन्द्र शर्मा भट्टराईले फागु पर्वको मौलीकपन हराउदैं गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाले पछिल्लो समय फागु पर्व मनाउने तरिकामा फरक पन आएकाले यस पर्वको मौलिकपन जोगाई राख्न कठिन हुने बताउनुभयो । “फागु पर्वमा एकदमैं विकृति बढेको छ , होली खेल्ने पुरानो परम्परा र शैली त लगभग नया पुस्ताले विर्सिसकेका छन् ।” उहाले भन्नुभयो “ हाम्रो सस्कृति माथी भएको अतिक्रमण रोक्न जरुरी छ ।” भड्किलो पाराले होली मनाउने संस्कारले समाजमा भित्रिन पुगेकाले परम्परागत संस्कृति हराउन थालेको उहाले बताउनुभयो । यो पर्व आऊनु केही दिन पुर्व नै मानिसहरुले मादल, झ्याली लगायतका विभिन्न परम्परागत वाद्यवादनका तालमा होली गीत गाउने र नाच्ने गरेर यो पर्व मनाउने गरिन्थ्यो । तर अहिले भने समाजमा मौलिक पारामा होली गीत गाउने र नाच्ने चलन हटिसकेको प्राध्यापक धनपती कोईरालाले बताउनुभयो । पछिल्लो समय बिदेशी सस्कृतिको प्रभावका कारण मौलिक भाकामा होली गाउने र नाच्ने प्रचलन हराउँदै उहाको भनाई छ । “हाम्रो सस्कृत जोगाउन सबै लाग्नुपर्छ , नत्र भोलिका दिनमा फागु जस्तो पवित्र पर्वनैं सकटमा पर्न सक्छ ।” उहाले भन्नुभयो । पछिल्लो समय यो पर्व तडकभडक हुन थालेपछि बाह्रय प्रभावका कारण मौलिक गीत गाएर नाचेर होली अर्थात् फागु खेल्नुको सट्टा वनभोज जाने र रमाउनेको जमात बढ्दो छ यसले पनि होलीको परम्परागत महत्व र रौनक हराउँदै गएको छ । “पहिले मनाइने र अहिले मनाइने होलीको संस्कृतिमा धेरै फरक रहेको छ , कोईरालाले भन्नुभयो– ‘पहिला संस्कार संस्कृति जोगाउँदै मौलिक पारामा गीत गाएर नाचेर होली खेलिन्थ्यो, होलीको महत्व नबुझी अहिले एकैछिन रमाइलोका लागि क्यासेट, मेमोरीकार्डमा गीत बजाएर नाच्ने र रङ दल्ने जमाना आयो,’ उहाले भन्नु भयो ‘संस्कार, संस्कृति र पर्वको महत्व नै नबुझी जसरी मनाए पनि भयो, बढ्दो आधुनिकताका कारण संस्कार, संस्कृति परिवर्तन हुनु हुँदैन । ” युवापुस्ताले संस्कार, संस्कृतिको महत्वभन्दा पनि रमाइलोका लागि मात्र पर्व मान्ने चलन बढ्दै गएकाले चिन्ता बढ्दै गएको युवा पुस्ताका प्रतिनिधि किरण भुर्तेलले बताउनुभयो । भुर्तेलले जतिसुकै आधुनिक भएपनि आफ्नो सस्कृति भुल्न नहुने बताउनुभयो । पछिल्लो समय सस्कृति संरक्षणका लागि आफुहरले अभियाननैं थालेको भुर्तेलको भनाई छ । यसै गरी जिल्ला प्रहरी कार्यालय नवलपुरले पर्वमा उच्छृगंलता बढ्न नदिन साथै होलीमा तडक भडक गर्ने , होहल्ला गर्ने र मर्यादाविपरित हिड्नेलाइ कारवाही गरिने नवलपुरका प्रहरी उपरिक्षक लिलाराज लामीछानेले जानकारी दिनु भयो । साथै परम्परागत तवरले सस्कृतिको संरक्षण गर्दे सामान्य तवरले होली मनाउन आग्रह समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

घरेलु मेडियालाई सिध्याउने एक विधेयक

काठमाण्डौ : नेपाल सरकारले घरेलु मेडियालाई सिध्याउने विध्येक लियाउन थाले छ । प्रस्तावित विज्ञापन नियमहरु विधेयकको रुपमा कार्यान्वयन भएमा यसले टेलिभिजन च्यानलहरुलाई महत्वहीन तथा नेपालका टेलिभिजन तथा विज्ञापन उद्योगलाई नै धराशयी बनाउन सक्नेछ । घरेलु मेडिया उद्योगको वृद्धि तथा यसको आ

प्रदेश स्तरीय होम–स्टे कार्याशाला गोष्ठी त

धनकुट्टा : ‘पर्यटनको विकास, समृद्धिको निकास’ भन्ने मूल नाराका साथ प्रदेशस्तरीय होमस्टे कार्याशाला गोष्ठी तथा महोत्सव धनकुट्टा जिल्लाको साघँुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित नाम्जेथुम्कीमा एक समारोहका साथ सम्पन्न गरिएको छ ।    कार्यशाला गोष्ठी तथा महोत

जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तर्

सिरहा : सिरहाकाे जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तराष्ट्रिय दिवसकाे अवसरमा सिरहा नगरपालिका वडा न. ७ काे सहयाेग र सङाेर नेपाल मझाैरा ३ सिरहाकाे अायाेजनमा वडा न. ७ का जेष्ठ नागरिकहरूलाई सामान गरि मनाईएका छन् । १५ जना जेष्ठ नागरिकहरूलाई चादर र सुपानेट झुल वितरण गरि कार्य


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved