चिनियाँ गाई नेपाल भित्रयाउन लागेको भन्दै सप्तरी सिरहाका किसान आक्रोशित सिराहा

  • प्रकाशित मितिः चैत्र ६, २०७५
  • ४१५ पटक पढिएको
  • maithiliratna
alt

 सिरहा। नेपाल सरकारले प्रदेश नम्बर २ लगायतका प्रदेशहरुमा सरकारसँग चिनियाँ गाई भित्रयाउने सम्झौता पत्रमा हस्ताक्षर गरे सँगै स्थानीय किसानहरु आक्रोशित बनेका छन् । प्रदेशमा उत्पादन भइरहेको ४ लाख लिटर दुधलाई व्यवस्थापन नै नगरी चिनियाँ गाई भित्रयाउने सम्झौता भएसँगै सप्तरी र सिरहाका किसानहरु आक्रोशित भएका हुन् । सिरहाको विष्णुपुर गाउँपालिका एक कार्यक्रममा किसान शिव कुमार यादवले भने– प्रदेशमा उत्पादन भइरहेको ४ लाख लिटर दुधको व्यवस्थापनै नभएको अवस्थामा चाइनाबाट गाई भित्रयाउनु निन्दनीय रहेको छ । यस्तै सप्तरीका स्थानीय अनोज कुमार यादवले सरकारले सम्झौता पत्रमा हस्ताक्षर गरेपनि चाइनाबाट ल्याउने गाईका लागि यहाँको वातावरण उचित छ या छैन भन्ने विषयमा अध्ययनै नगरी गाई ल्याउनु गलत रहेको बताए । यस्तै गाउँघरमा खोलिएका साना तिना गाई फर्ममा दुध उत्पादन हुँदा पनि बजार नपाएकोले स्थानीय किसानहरु घाटा व्यहोर्दै आएको किसान रमानन्द कुर्मीले बताए । सिरहाका स्थानीय किसानहरु सरकारले चिनबाट गाई ल्याउन लागेको सुनेपछि एक कार्यक्रमको आयोजना गरेर नै बिरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

घरेलु मेडियालाई सिध्याउने एक विधेयक

काठमाण्डौ : नेपाल सरकारले घरेलु मेडियालाई सिध्याउने विध्येक लियाउन थाले छ । प्रस्तावित विज्ञापन नियमहरु विधेयकको रुपमा कार्यान्वयन भएमा यसले टेलिभिजन च्यानलहरुलाई महत्वहीन तथा नेपालका टेलिभिजन तथा विज्ञापन उद्योगलाई नै धराशयी बनाउन सक्नेछ । घरेलु मेडिया उद्योगको वृद्धि तथा यसको आ

प्रदेश स्तरीय होम–स्टे कार्याशाला गोष्ठी त

धनकुट्टा : ‘पर्यटनको विकास, समृद्धिको निकास’ भन्ने मूल नाराका साथ प्रदेशस्तरीय होमस्टे कार्याशाला गोष्ठी तथा महोत्सव धनकुट्टा जिल्लाको साघँुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित नाम्जेथुम्कीमा एक समारोहका साथ सम्पन्न गरिएको छ ।    कार्यशाला गोष्ठी तथा महोत

जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तर्

सिरहा : सिरहाकाे जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तराष्ट्रिय दिवसकाे अवसरमा सिरहा नगरपालिका वडा न. ७ काे सहयाेग र सङाेर नेपाल मझाैरा ३ सिरहाकाे अायाेजनमा वडा न. ७ का जेष्ठ नागरिकहरूलाई सामान गरि मनाईएका छन् । १५ जना जेष्ठ नागरिकहरूलाई चादर र सुपानेट झुल वितरण गरि कार्य


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved