कृषि क्रन्तिको प्रमुख मेरूदण्ड सहकारी संस्था : कृषि मन्त्री शैलेन्द्र साह

  • प्रकाशित मितिः चैत्र २, २०७५
  • ११२ पटक पढिएको
  • बैधनाथ कुमार यादब
alt

 सिरहा : सिरहाको मिर्चौया नगरपालिका वडा नः ९ घुर्मी बजारमा नव निर्मित शिव शत्ति कृषि सहकारी संस्था लि।को भवन तथा सातौ बार्षिक साधारण सभाको उमुद्घाटन कार्यक्रमा कृषि क्रान्तिको प्रमुख मेरूदण्ड सहकारी संस्था रहेको प्रमुख अथिति प्रदेश नः २ को भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले बताउनु भयो । प्रदेश सरकारको नीति तथा कार्यक्रमहरू संघ सरकारको असहयोगको कारणले कर्यन्वयन हुन नसकेको बताउनु भयो । प्रदेश सरकारको एक वर्षको मुल्याङकन प्रदेशको संरचना व्यावस्थापन मात्र रहेको छ । चालू आ। व। को कार्यक्रमहरू कार्यन्वयनका लागि ऐन कानून बनिहेको छ । तर संघले सहयोग नगर्दा समस्या आईरहेको छ । संघियता कार्यन्वयनको प्रमुख जिमेवारी रहेको प्रदेश नः२ को सरकारले ऐन बनाई कार्यक्रम कार्यन्वयन गर्ने प्रक्रियामा अगाडि बढी सकेका छन् । सहकारी संस्था ऐन पनि संघ सरकारको अस्पष्टताको कारण ढिलो भईरहेको छ । तर प्रदेश सरकारले नीति तथा कार्यक्रम कार्यन्वयनमा गति ल्याउन यही महिना भित्र सहकारी ऐन ल्याउने छ । अब आउने आर्थिक वर्षमा कृषि, उधोग र पर्यटन केन्द्रित बजेट प्रदेश नः २ को प्राथमिकता रहनेछ । कृषि क्रन्तिका लागि कृषिमा प्रमुख बजेट बिनियोजन हुनेछ । प्रदेश नः २ मा ८८ प्रतिशत जनसंख्या कृषिमा रहेकाले र २७ प्रतिशत सिँचाई मात्र पुगेको कारण यश प्रदेशको विकासका लागि कृषि प्राथमिकतामा राखिने छ । एक बिगहा जग्गा भएको किसनालाई कृषि खेति गर्न प्रदेश सरकारले रू १० हजार सहयोग गर्ने छ । प्रम्परागत खेतिलाई आधुनिकरण गर्न स्थानिय सरकारमा हेरिङग कस्टर निर्माण गरि कृषि सामाग्री अनुदानमा वितरण गरिने छ । कृषि वस्तुका उत्पादन लागत र बजार मूल्य व्यावस्थापन गर्न सहकारी संस्थाको भुमिका खेलुनु जरूरी रहेको छ । सहकारी संस्थाले सरकार र किसान बिच कृषि प्रति आकर्षित गर्न र किसनलाई कृषि उत्पादनमा सहयोगका प्रमुख मध्यम रहेकाले सहकारी संस्थालाई विकास गर्नु पर्ने जरूरी रहेको छ । प्रदेश नः २ मा रहेका १० हजार सहकारी संस्थाहरूलाई ऐन आउँदै सक्रिय रूपमा कारय गर्न प्रदेश सरकार वातावरण बनाउने मन्त्री साहले बताउनु भयो । यादि कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखि प्रदेश नः २ को सरकारले कार्य गर्न चाहेकै हो भन्ने विशुद्व कृषि पेशामा लागेका किसानहरूलाई पहिचान गरि उनीहरूका आर्थिक क्षेत्र बलियो बनाउन जस्ता कार्यक्रम पनि ल्याउनु पर्ने कृषि विज्ञ राम लखन मंडलले अनुरोध गर्नु भयो । सहकारी संस्था नाफा मुखि भईरहेकोले यस्तालाई अनुगमन गरि जनताका सेवा मुखि बनाउनु पर्ने पनि देखिएको प्रदेश नः सभाषद दिलिप साहले बताउनु भयो । सरहकारी संस्था प्रतिद स्थानिय सरकार जिमेवार नदेखिएको कारणले संचालकहरूलाई अगाडि बढन समस्या भईरहेको छ । यश सहकारी संस्थाले किसानका सक्रियतामा सात वर्षमै १ करोडको भवन बनाउन सफल भएको छ । स्थानिय सरकारको सहकार्य मात्र भए सहकारी अझ विकास गरि किसानलाई सेवा दिन सकिने छ । आबको समयमा सहकारी किसानका पूर्ण सहयोग तथा वैदेशीक पलायन भई रहेका युवालाई विशेष प्राथमिकतामा राखि गतिविधि गर्न जरूरी रहेको शिव शत्ति कृषि सहकारी संस्थाको अध्यक्ष जितेन्द्र साहले बताउनु भयो । कार्यक्रममा उत्कृष किसान सदस्य, शेय धनी , सदस्य र बचत कर्ता छनोट गरि सबैलाई सामान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

घरेलु मेडियालाई सिध्याउने एक विधेयक

काठमाण्डौ : नेपाल सरकारले घरेलु मेडियालाई सिध्याउने विध्येक लियाउन थाले छ । प्रस्तावित विज्ञापन नियमहरु विधेयकको रुपमा कार्यान्वयन भएमा यसले टेलिभिजन च्यानलहरुलाई महत्वहीन तथा नेपालका टेलिभिजन तथा विज्ञापन उद्योगलाई नै धराशयी बनाउन सक्नेछ । घरेलु मेडिया उद्योगको वृद्धि तथा यसको आ

प्रदेश स्तरीय होम–स्टे कार्याशाला गोष्ठी त

धनकुट्टा : ‘पर्यटनको विकास, समृद्धिको निकास’ भन्ने मूल नाराका साथ प्रदेशस्तरीय होमस्टे कार्याशाला गोष्ठी तथा महोत्सव धनकुट्टा जिल्लाको साघँुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित नाम्जेथुम्कीमा एक समारोहका साथ सम्पन्न गरिएको छ ।    कार्यशाला गोष्ठी तथा महोत

जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तर्

सिरहा : सिरहाकाे जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तराष्ट्रिय दिवसकाे अवसरमा सिरहा नगरपालिका वडा न. ७ काे सहयाेग र सङाेर नेपाल मझाैरा ३ सिरहाकाे अायाेजनमा वडा न. ७ का जेष्ठ नागरिकहरूलाई सामान गरि मनाईएका छन् । १५ जना जेष्ठ नागरिकहरूलाई चादर र सुपानेट झुल वितरण गरि कार्य


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved