प्रदेश न-२ मा आत्महत्या, लागूऔषध तथा बलात्कारका घट्नाहरु बिक्राल अवस्थामा बढ्दै

  • प्रकाशित मितिः फाल्गुन ३०, २०७५
  • ७० पटक पढिएको
  • बैधनाथ कुमार यादब
alt

सिरहा : नेपालकाे सात वटा प्रदेश मध्ये प्रदेश न-२ मा रहेका ८ जिल्लाहरुमा आत्महत्या,लागूऔषध सेवन तथा ओसारपाे सार सहित बलात्कार का घट्नाहरु दिन प्रति दिन बढी रहेकाे तथ्याङकले देखाई रहेकाे छ । प्रदेशकाे १३६ स्थानिय तहहरूमा सात महिनाको अबधिमा २सय ७७ जनाले आत्महत्या गरेका छन । जसमध्ये झुण्डिएर १ सय ८९ जना, विष सेवन गरी ८३ जना र आगो लगाएर पाँच जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दानबहादुर थापाले बताएका छन । ५ महिनामा साउन यता लागू औषधसहित ५ सय ६ जनालाई प्रहरीले पक्राउ गरेक छन् । पक्राउपरेको ठूलो संख्या १६ देखि २५ वर्ष भित्र का २ सय ५१ जना युवाहरूलाई लागू औषधसहित प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २, जनकपुरले बताएकाे छ । यस्तै सात महिनाको अबधि मा २ सय ३८ बलात्कार मुद्दा प्रहरीमा दर्ता भएको छ । साउनदेखि माघ सम्ममा जबर्जस्ती करणी मुद्दा १ सय ६० र जबर्जस्ती करणी उद्योगमा ७८ मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले बताएको छ । प्रहरीमा दर्ता भएका मुद्दामा १० वर्ष मुनिका २२ बालिका समेत बलात्कृत भएका छन । १६ वर्षमुनिका सबैभन्दा बढी १ सय ३० जना बालिका बलात्कृत भएका छन । जस मध्ये १६ वर्षभन्दा माथिका १ सय ८ जना बलात्कृत भएका छन भने २ सय ३८ बलात्कारका घटनामध्ये चिनजानकै २ सय ६० जना बलात्कारमा संलग्न भई घरभित्र १ सय ४९ र घरबाहिर ८९ बलात्कारको घटना भएको प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २ जनकपुरले बताएकाे छ्।

प्रतिक्रिया दिनुहोस

सिरहा नगरपालिकामा संघिय सामाजवादी महिला फा

 सिरहा: सिरहा नगरपालिकामा संघिय सामाजवादी फाेरम नेपालकाे महिला संगठन संघिय सामाजवादी महिला फाेरम अधिवेशन सम्पन भएकाे छ । शाेभा देवी मंडलकाे अध्यक्षतामा शुरू भएकाे अधिवेशनबाट ३७ सदस्य नगर कमिटि गठन भएका छन् । नयाँ कमिटिमा अध्यक्षमा राम प्यारी महताे , उपाध्यक्षमा राजकलिया मंडल

एतिहासिक शुभकामना अदान प्रदान तथा मट्का फो

कर्जन्हा ६ चैत्र । सिरहाको कर्जन्हामा पहिलो चाोटी एतिहासिक शुभकामना अदान प्रदान तथा मट्का फोड कार्यक्रम गरिएको छ । नगरपालिकाबाट आएका ८ टिम मध्ये कर्जन्हा न.पा.का ११ का टिमले मट्का फुटाएको छ । पत्रकार सरोज कुमार पासमानको संयोजकत्वमा भएको शुभकामना

होली पर्वको परम्परागत रौनक हराउदै संरक्षण

कावासोती ५ चैत्र । हिन्दुहरुको महान चाड पर्वको रुपमा मानिने होली तथा फाल्गुन पुर्णिमा आजकल यो पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको छ । यस पवित्र पर्वको परम्परागत रौनक महत्व हराउदैं गएपछि यसको संरक्षणका बारेमा चिन्ता बढेको छ । सत्य माथी असत्यको विजय यो पर्वको मुख्य उपदे


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved