सम्बन्ध सुधारको लागि नेपाली सेनाद्वारा शैक्षिक सामग्री वितरण

  • प्रकाशित मितिः फाल्गुन २८, २०७५
  • ७८ पटक पढिएको
  •  बैधनाथ कुमार यादब
alt

 सिरहा फाल्गुन २८ । सिरहामा सामुदायले नेपाली सेनालाई हेरीने फरक दृष्टिलाई बदलनको लागि प्रत्येक वर्ष सिरहामा अवस्थित नयाँ गौरख गनले शिक्षा क्षेत्रमा दिईने सहयोग अनुरूप यश वर्ष श्री समाज सेवा आधारभुत विद्यालय मुसहरी टोल सिरहा ११ भुलुवाहीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । नयाँ गोरख गनले कार्यक्रम आयोजना गरि दराज ४ चार थान, बेञ्च १० थान र विभिन्न खेल कुद तथा शैक्षिक सामग्री हास्तान्तत्रण गरेको छ । यस विद्यालयमा बढि दलित विद्यार्थीहरु अध्ययनरत रहेका हुनले विद्यालयको पठन पाठन प्रभावकारी बनाउन सेनाले शैक्षिक सामग्री दिईएको छ । यस सहयोगबाट समुदायले सेनालाई हेर्ने फरक दृष्टिकोणमा सुधार आउने छ । सेना पनि हाम्रो दाजु भाइ हो । यसले राज्यको सुरक्षासँगै समुदायिका सुरक्षा गरी रहेको छ । हामी सबै मिलेर देश बनाउनु पर्छ । हामी हाम्रो देशका कर्णधारलाई उज्वल बनाउन पर्छ चेतनाको लागि समुदायमा यस्ता सहयोग सेनाले प्रत्येक वर्ष गर्ने छ । सामग्रीहरू सुरक्षित साथ विद्यार्थीहरुको कुशल पठन पाठनमा प्रयोग गर्न भन्दै विद्यालय प्र. अ.लाई श्री २७ नम्बर बाहिनी अड्डा सहायक रथी बाबुराम श्रेष्ठले हास्तान्त्रण गर्नु भयो । दलित समुदायका सवालमा सिरहा नगरपालिका सदैव अगाडि रहने छ । यस समुदायका उत्थानको लागि नगरपालिकाले विशेष कार्यक्रम ल्याएको छ । कार्यक्रम बिस्तारै कार्यन्वयन हुदैछ । यसरी नै विभिन्न वडाका जनताले शिक्षा , स्वास्थ्य र भौतिक संरचनामा परिवर्तन देखिने सिरहा नगरपालिकको मेयर असेश्वर प्रसाद यादबले बताउनु भयो । मेरो पुरखा नै दलित समुदाय माथि रहेका विभेदहरूलाई हटाउन विभिन्न भुमिका खेलेको छ । निर्वाचनमा दलितले मलाई माय गरेर मत दिईएका छन् । ती मतका कदर साथ दलितहरूका विकासका लागि सहयोग गर्न प्रतिवद्वता मेयरले गर्नु भयो । सब भन्दा पछाडी परेको दलित समुदायलाई शिक्षा र स्वास्थ्य बढी ध्यान दिई कार्य गर्न जरूरी रहेको छ । यसले समुदायमा रहेको कुरितीहरू निरमुल भई चेतनामा विकास हुनेछ । दलितसँग भईरहको विभेदलाई हटाउन र नेपाल सेनालाई समुदायले हेर्ने दृष्टिकोणमा सुधार हुनेछ । प्रदान गरिएको सामग्रीको संरक्षण गरि विद्यार्थीहरु शिकायमा प्रभावकारिता देखिनु पर्छ सिरहा जिल्ला अधिकारी रूद्र पंडितले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

प्रदेश नम्बर २ मा सरकारमाथि समेत आशंका प्र

 ५ जेष्ट सिरहा लहान । सिरहाको लहान नगरपालिका पुरै लहान नगर मुलनाराको साथ चीनसँग सम्झौता गरेर प्रदेश २ सरकारले कृषि परियोजना संचालन गर्नका लागि भन्दै सिरहाको लहानमा मुलनाराका साथ बिधार्थीहरु प्रदर्छन गरीएका छन ।यहाका स्थानीय युवा, विद्यार्थीहरु र किसान ,नागरिक समाजका युवाअगुव

नवलपरासीमा ईन्दिरा सुगरमिल बन्द हुने

नवलपरासी : नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ८ स्थित ईन्दिरा सुगर मिलले यार्ड बाहिर रहेको उखु आज मात्र ईण्ट्री गरी यस पश्चात ईण्ट्री बन्द गरिने सुचना जारी गरेको छ। साथै मिल भित्र प्रवेश गरेको उखु पेराई गरी पेराई सत्र ०७५/०७६ समापन गर्ने बताएको छ । यता किसानहरु खेतमा करिब १५ ब

नवराजपुर गाउँपालिकामा ‘चमत्कारी विकास’

 सिरहा : सिरहाको नवराजपुर गाउँपालिकाका जनताले सिँहदबारकाे ढेड वर्षकाे अवधिमा चमत्कारी विकासकाे लहरमा तिब्रता पाएको छ । नवराजपुर गाउँपालिका अन्तरगतका याेजना तथा वडा स्तर याेजना कार्यन्वयनसँगै विकासमा चमत्कार भएकाे छ । गाउँपालिकाका सम्पूर्ण याेजना कार्यन्वयनसँगै ८० प्रतिशतकाे


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved