नाला निर्माण गर्न मांग गर्दै सुखीपुरका स्थानीयहरु आन्दोलित

  • प्रकाशित मितिः फाल्गुन २८, २०७५
  • २३ पटक पढिएको
  • मुकेश यादव
alt

सिरहा फागुन २८ । नाला निर्माण गर्न मांग गर्दै सुखीपुरका स्थानीयहरु आन्दोलित भएका छन् । जिरोमाईल बरियारपट्टी सडक खण्ड अन्तर्गत सुखीपुर नगरपालिका २ शिव चौक छजना चन्दद्रपट्टी सडकको दुवै साईडमा नाला निर्माण गर्न बारम्बार ठेकेदार र सडक विभाग लहानलाई आग्रह गर्दा पनि निर्माण नगरेकोले स्थानीयहरु बिच सडकमै धर्ना दिएका छन् । सडक निर्माण गर्न एक वर्ष पहिले ठेक्का लागि सकेपनि अहिलेसम्म छजनामा नाला निर्माण कार्यको सुरुवात समेत नभएपछि स्थानीयहरु नाला निर्माण संघर्ष समिति गठन गरी धर्नामा बसेका हुन् । संघर्ष समितिले आज सोमबार १० बजेदेखि बिहान ११ बजेसम्म धर्नामा बसेका छन् । नाला निर्माण कार्य हुने ठेक्केदारले पनि भन्दै आएको थियो । तर एकाएक नाला निर्माण कार्य रोकेकोले सम्बन्धित निकायलाई बारम्बार आग्रह गरे पनि सुनवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको छन् । अहिले सांकेतिक हिसाबले यहाँका स्थानीय राजनैतिक दल, समाजसेवी र स्थानीयवासीहरु आज एक घण्टा सडक अवरुद्ध गरी शान्तिपूर्ण धर्नामा बसेको नेपाली कांग्रेसका युवा नेता वी.पी भुवन यादबले बताउनुभयो । उहाँले थप्दै भन्नुभयो– छजनामा नाला निमार्ण भएन भने गाउँ नै डुवानमा पर्ने भएकोले जनताहरु आक्रोशित छन् । त्यसै कारणले चरणबद्ध आन्दोलन हुने र निर्माण भएन भने दिनभर सडक समेत अवरोध हुने छन् । धर्नामा नेकपाका राम शुभे यादव, नेपाली कांग्रेसका धनिक लाल यादव, संघिय समाजवादी फोरम नेपालका राम शरोवर यादब (खुरखुर) र रमेश चन्द्र यादब लगायतको रहेको स्थानीय अनिल कुमार यादब (लाला) ले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सिरहा नगरपालिकामा संघिय सामाजवादी महिला फा

 सिरहा: सिरहा नगरपालिकामा संघिय सामाजवादी फाेरम नेपालकाे महिला संगठन संघिय सामाजवादी महिला फाेरम अधिवेशन सम्पन भएकाे छ । शाेभा देवी मंडलकाे अध्यक्षतामा शुरू भएकाे अधिवेशनबाट ३७ सदस्य नगर कमिटि गठन भएका छन् । नयाँ कमिटिमा अध्यक्षमा राम प्यारी महताे , उपाध्यक्षमा राजकलिया मंडल

एतिहासिक शुभकामना अदान प्रदान तथा मट्का फो

कर्जन्हा ६ चैत्र । सिरहाको कर्जन्हामा पहिलो चाोटी एतिहासिक शुभकामना अदान प्रदान तथा मट्का फोड कार्यक्रम गरिएको छ । नगरपालिकाबाट आएका ८ टिम मध्ये कर्जन्हा न.पा.का ११ का टिमले मट्का फुटाएको छ । पत्रकार सरोज कुमार पासमानको संयोजकत्वमा भएको शुभकामना

होली पर्वको परम्परागत रौनक हराउदै संरक्षण

कावासोती ५ चैत्र । हिन्दुहरुको महान चाड पर्वको रुपमा मानिने होली तथा फाल्गुन पुर्णिमा आजकल यो पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको छ । यस पवित्र पर्वको परम्परागत रौनक महत्व हराउदैं गएपछि यसको संरक्षणका बारेमा चिन्ता बढेको छ । सत्य माथी असत्यको विजय यो पर्वको मुख्य उपदे


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved