डा. सिके राउतका समर्थकहरुद्धारा सिरहामा दिपावली सो दिपावली कार्यक्रममा २०० बढी डा. राउतका समर्थकहरुले मैनबत्ति बालेर दिपावली मनाएका छन् ।

  • प्रकाशित मितिः फाल्गुन २५, २०७५
  • १९३ पटक पढिएको
  • विनय यादव
alt

 सिरहा । नेपाल सरकारले स्वतन्त्र मधेश गठबन्धनको मूल मागलाई सम्बोधन गर्ने सहमति गरेपछि तराई मधेशको विभिन्न जिल्लामा दिपावली मनाइएको छ ।  शुक्रबार अलगै मधेश देश बनाउने नारा लिएर उभेका स्वतन्त्र मधेश गठबन्धन एक मूलधारको राजनीति सहमति गरेपछि उनका समर्थकहरुले खुसीयाली मनाउँदै सिरहाको मिर्चैयामा दिपावली मनाएका छन् । शुक्रबार नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउतबीच भएको ११ बुँदे सहमतिमा बुंदा नं. २ मा जनअभिमतको कुरा उल्लेख गरिएको छ । विगत १० वर्षदेखि तराई मधेशमा जनमत सँग्रहको माग गर्दै आएका स्वतन्त्र मधेश गठबन्धनसँग नेपालको तर्फबाट गृहमन्त्रीले जनअभिमतको लागि तयार भएपछि आफूहरुको माग सम्बोधन भएको भन्दै गठबन्धनका कार्यकर्ता तथा डा. सिके राउतका समर्थकहरु तराई मधेशको विभिन्न जिल्लामा दिपावली मनाएका हुन् । 

कुराकानी गर्दै सिरहाका गठबन्धनका सक्रिय कार्यकर्ता एवम् अगुवा निर्मल मण्डलले भने, - "यो जीत सम्पूर्ण मधेशी जनताको हो । हामी मुद्दाबाट अहिले पनि विछोड भएका छैनौ । ११ बुंदे सहमति नबुझनेले नबुझुन तर हामीलाई अब स्वतन्त्र मधेशको मागलाई पूरा गर्न बाटो खुल्ला भएको छ । साफ भएको छ । पहिले स्वतन्त्र मधेशको नारा लगाएवापत जेल हुन्थयो भने अब खुल्ला रुपमै सरकारले त्यसलाई स्वीकार गरेर हामीलाई सहज बनाएको छ । अबकी बार एकही मागँ, जनमसँग्रह हो ऐलान नारालाई सरकारले हरि झण्डी देखाएको छ । त्यही भएर हामीले खुसीयालीमा दिपावली मनाएका छौँ ।" 

तराई मधेशमा नेता कम र विचार बढी बनेका डा. सिके राउत राजनीतिको मुलधारमा आउनको लागि सरकारलाई समेत झुक्न बाध्य बनाएको देखिएको छ भने एकातर्फ समाजिक सँञ्जालमा डा. राउतप्रतिको टिकाटिप्पणी असाध्यै देखिन्छ । तर, डा. राउतले भने सरकारले जनमतसँग्रहको लागि सरकारले स्वीकार गरेको बताएपछि उनका समर्थकहरुमा मात्र उत्साह छाएको छ । 

सो दिपावली कार्यक्रममा २०० बढी डा. राउतका समर्थकहरुले मैनबत्ति बालेर दिपावली मनाएका छन् । 

प्रतिक्रिया दिनुहोस

सिरहा नगरपालिकामा संघिय सामाजवादी महिला फा

 सिरहा: सिरहा नगरपालिकामा संघिय सामाजवादी फाेरम नेपालकाे महिला संगठन संघिय सामाजवादी महिला फाेरम अधिवेशन सम्पन भएकाे छ । शाेभा देवी मंडलकाे अध्यक्षतामा शुरू भएकाे अधिवेशनबाट ३७ सदस्य नगर कमिटि गठन भएका छन् । नयाँ कमिटिमा अध्यक्षमा राम प्यारी महताे , उपाध्यक्षमा राजकलिया मंडल

एतिहासिक शुभकामना अदान प्रदान तथा मट्का फो

कर्जन्हा ६ चैत्र । सिरहाको कर्जन्हामा पहिलो चाोटी एतिहासिक शुभकामना अदान प्रदान तथा मट्का फोड कार्यक्रम गरिएको छ । नगरपालिकाबाट आएका ८ टिम मध्ये कर्जन्हा न.पा.का ११ का टिमले मट्का फुटाएको छ । पत्रकार सरोज कुमार पासमानको संयोजकत्वमा भएको शुभकामना

होली पर्वको परम्परागत रौनक हराउदै संरक्षण

कावासोती ५ चैत्र । हिन्दुहरुको महान चाड पर्वको रुपमा मानिने होली तथा फाल्गुन पुर्णिमा आजकल यो पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको छ । यस पवित्र पर्वको परम्परागत रौनक महत्व हराउदैं गएपछि यसको संरक्षणका बारेमा चिन्ता बढेको छ । सत्य माथी असत्यको विजय यो पर्वको मुख्य उपदे


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved