प्रमुख साह विवादमा फस्यो, विपक्षीहरु आन्दोलित

  • प्रकाशित मितिः फाल्गुन १९, २०७५
  • ६३२ पटक पढिएको
  • मुकेश यादव
alt

सिरहा, १९ फागुन ।  लक्ष्मीपुर पतारीमा दूई पक्षबीच विवाद चुलिएको छ । सिरहा वाट संघीय समाजवादी फोरमबाट निर्वाचित भएका लक्ष्मीपुर पतारीका अध्यक्ष रामवलव साहले आफ्ना विपक्षी पार्टीलाई सिधैं इन्कार गर्दै आएको स्थानीयहरुको आरोप छ । 
 
गाउँपालिका अध्यक्ष साहले आफ्नो बहुमत रहेको भन्दै विपक्षी दलका नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसको कार्यकर्ताको काम नगरिदिने उनीमाथी आरोप रहेको छ । घटना एक पत्रकारले केही दिनअघि विकास निर्माण कार्यको विवरण माग गरेका थिए । अध्यक्ष साहले ‘दिन मिल्दैन’ हप्काएर पठाइ दिए । त्यसपछि ती पत्रकारले सूचनाको हक बमोजिम निवेदन दर्ता गराएर विवरण माग गर्दा गापा अधिकृत रविन्द्र महतले उक्त विवरण दिन तयार भए । तर, अध्यक्ष साहले ‘तिमीहरुलाई दिन मिल्दैन ।’ ‘जानु जे लाग्छ गर्नु’ ‘यहाँका पत्रकारहरु काम लायक छैन ।’ ‘कहिले मेरो त कहिले विपक्षीको छाप्छन् ।’ आक्रोशित भएर ति पत्रकारमाथी हातपातकै प्रयास गरिएको थियो । हातपात नहुँदै विवाद साम्य भएको थियो । 
 
यही विवादसँगै  गाउँपालिकाले गरेको आर्थिक अनियमिता सम्बन्धी समाचार आउँन थालेपछि अध्यक्ष साहले अस्ति पत्रकार सम्मेलन गरे । सम्मेलनमा अध्यक्ष साहले भने ‘यहाँ कुनै अनियमिता भएको छैन ।’  ‘अख्तियारमा उजुरी दिएको छ ।’ ‘अख्तियारलाई चाहिने सबै प्रमाण हामी दिन तयार छु ।’ एक स्रोतका अनुसार अख्तियारले आवश्यक कारवाहीको लागि गाउँपालिकासँग विवरण माग गरिसकेको छ । 
 
उता, नेकपा र काँग्रेसको सँयुक्त बैठकले गाउँपालिकाको कामकाज तथा विकास निर्माणमा भएको अनियमिता छानविनको लागि एक सँघर्ष समिति बनाएको छ । सो समितिको बैठक आज लक्ष्मीपुर पतारीको पिपरामा बसेको थियो । बैठकले उपभोक्ता समिति बनाउँदा  सबैपक्षका समावेश गरेर बनाउँनुपर्ने जोड दिएका छन् । राजेन्द्र साहका सँयोजत्वमा १३ सदस्य उपसमिति बनाएको छ । समितिमा चतुरानन्द सिँह दनुवार, देवनारायण साह, राहुल यादवलगायत छन् । सो समितिले गाउँपालिकाले अनियमिता नरोकिए र विपक्षीलाई पेल्ने तथा हेप्ने प्रवृति अध्यक्ष साहले नरोके अगामी दिनमा हजारौको प्रदर्शन गरि गाउँपालिकामा तालाबन्दी गर्ने तयारीमा जुटेका छन् । अध्यक्षको कार्यसम्पादनमा सुधार नआए गाउँपालिकाको सबै कामकाज ठप्प पारेर उपाध्यक्ष आशा यादवलाई कार्यवाहकको रुपमा काम गर्न तयारी गर्ने बैठकका एक सदस्य बताएका छन् । पोखरभिन्डाका विष्णुदेव यादवलाई कुटपिट गर्दा स्थानीय सर्यौंको सँख्याले फागुन १८ गते गाउँपालिका अध्यक्ष साहलाई कार्यकक्षमै तीन घण्टा घेरा हालेको थियो । लप वडा ६ का अध्यक्ष राजेश्वर साह भन्छन् —‘सँघीय सरकारबाट ल्याएको तराई मधेश समृद्ध  अन्तरगतको कार्यक्रमको लागि पोखरीको ठेक्का  समाप्त गर्नुस् ।’ ‘योजनाको काम अघि बढाई दिनुस् ।’ ‘आज तीन महिनादेखि म चिच्चयाइरहेको छु ।’ ‘अध्यक्षले फ्रिज होस् भन्दै आलटाल गर्दै आएको छ ।’ सितापुर बजार पोखरी निर्माण हाट बजार व्यवस्थापन योजना स्वीकृत भएपनि  विपक्षीलाई पेल्ने उद्देश्यले कार्यक्रममा गापा अध्यक्ष साहले रोक्दै आएको वडाध्यक्ष साहको आरोप छ । सिरहामा यस्ता आधा दर्जन गाउँपालिका तथा नगरपालिकाका प्रमुखले आफ्नो गोरुको बाह्रै टाका भन्दै विपक्षीलाई पेल्दै आएको छ । यसैको परिणाम स्वरुप सिरहाको कति स्थानीयतहमा आवश्यकता बमोजिम विकास निर्माण कार्य ठप्प रहेको छ । बहुमतको धक्कु लगाएर प्रमुखहरुले स्थानीयतहलाई निजी सम्पतीको रुपमा प्रयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहा नगरपालिकामा संघिय सामाजवादी महिला फा

 सिरहा: सिरहा नगरपालिकामा संघिय सामाजवादी फाेरम नेपालकाे महिला संगठन संघिय सामाजवादी महिला फाेरम अधिवेशन सम्पन भएकाे छ । शाेभा देवी मंडलकाे अध्यक्षतामा शुरू भएकाे अधिवेशनबाट ३७ सदस्य नगर कमिटि गठन भएका छन् । नयाँ कमिटिमा अध्यक्षमा राम प्यारी महताे , उपाध्यक्षमा राजकलिया मंडल

एतिहासिक शुभकामना अदान प्रदान तथा मट्का फो

कर्जन्हा ६ चैत्र । सिरहाको कर्जन्हामा पहिलो चाोटी एतिहासिक शुभकामना अदान प्रदान तथा मट्का फोड कार्यक्रम गरिएको छ । नगरपालिकाबाट आएका ८ टिम मध्ये कर्जन्हा न.पा.का ११ का टिमले मट्का फुटाएको छ । पत्रकार सरोज कुमार पासमानको संयोजकत्वमा भएको शुभकामना

होली पर्वको परम्परागत रौनक हराउदै संरक्षण

कावासोती ५ चैत्र । हिन्दुहरुको महान चाड पर्वको रुपमा मानिने होली तथा फाल्गुन पुर्णिमा आजकल यो पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको छ । यस पवित्र पर्वको परम्परागत रौनक महत्व हराउदैं गएपछि यसको संरक्षणका बारेमा चिन्ता बढेको छ । सत्य माथी असत्यको विजय यो पर्वको मुख्य उपदे


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved