पाइलट अभिनन्दन भोली भारत फर्काइने: पाक प्रधानमंत्री इमरान खान

  • प्रकाशित मितिः फाल्गुन १६, २०७५
  • १४९ पटक पढिएको
  • maithiliratna
alt

भारतिय पायलट लाई भोली छोडिने भनि इमरान खानले संसदमा भनेका छन। उनले अभिनन्दनलाई ‘एज अ पीस जेस्चर’ छोडिने भनि संसदको साझा सत्रमा भनेका छन।

अभिनन्दनले बुधवार बिहान उडाएको मिग २१ विमान पाकिस्तानी वायुसेनाले खसालिदियो र उनलाई आफ्नो नियन्त्रणका लियो।

भारतिय वायु सेना आईएफ एमसीसीका विंग कमांडर अभिन्नदन पाकिस्तानी सैनिकद्वारा पक्राउ परेको तस्वीर सामाजिक संजालमा अहिले निकै भाइरल भएको छ।

भारतिय पाइलट भोली छोडिने भनि पाकिस्तानी  प्रधानमंत्री इमरान खानले संसदको साझा सत्रमा भने ।

को हुन ‘अभिनन्दन ‘?

एउटा भिडिओमा अभिनन्दनलाई केही मानिसले पिटिरहेको देखिन्छ। अर्को भिडिओमा अभिनन्दनको आँखामा पट्टी बाँधिएको छ।

त्यसमा उनले भनेका छन्, “मेरो नाम विङ कमान्डर अभिनन्दन हो। मेरो सेवा नम्बर २७९८१ हो। म विमान चालक र हिन्दू हुँ।” त्यस भिडिओमा अभिनन्दनले आफूलाई दक्षिण भारतको बासिन्दा भनेका छन्। आफ्नो वैवाहिक स्थितिबारे सोध्दा उनले आफू विवाहित भएको बताएका छन्। अभिनन्दनका बुवा पनि वायुसेनामै थिए। भाइ पनि वायुसेवामै छन्। अभिनन्दनले सन् २००४ मा वायुसेवामा सेवा थालेका हुन्। यसपूर्व भारत पाकिस्तानबीच अघोषित रूपले आक्रमणको शुरुवात भइसकेको छ। पुलवामा हमला पछि भारतले पाकिस्तानको सीमा पारी क्षेत्रमा हवाई हमला गरे पश्चात स्थिति निकै तनावपूर्ण भएको हो। भारतले आफ्नो वायुसेनाका पाइलट अभिनन्दनलाई सुरक्षित फिर्ता गर्न पाकिस्तानालाई आग्रह गरेको छ।

ती पाइलट भारतीय वायु विङ कमान्डर अभिनन्दन वर्तमान हुन्। उनले बुधवार बिहान लडाकु विमान मिग २१ उडाएका थिए।

भारतले पनि आफ्नो वायुसेनाले पाकिस्तानको लडाकु विमान एफ-१६ खसालेको दाबी गरेको छ। पाकिस्तानले त्यो कुरा अस्वीकार गरेको छ।

पाकिस्तानी सेनाले अभिनन्दन आफूसँग सकुशल रहेको बताएको छ।  अभिनन्दनको एउटा भिडिओ पनि सामाजिक सञ्जालमा राखेको छ। अर्को भिडिओमा चिया पिइरहेको देखिन्छन।

प्रतिक्रिया दिनुहोस

प्रदेश नम्बर २ मा सरकारमाथि समेत आशंका प्र

 ५ जेष्ट सिरहा लहान । सिरहाको लहान नगरपालिका पुरै लहान नगर मुलनाराको साथ चीनसँग सम्झौता गरेर प्रदेश २ सरकारले कृषि परियोजना संचालन गर्नका लागि भन्दै सिरहाको लहानमा मुलनाराका साथ बिधार्थीहरु प्रदर्छन गरीएका छन ।यहाका स्थानीय युवा, विद्यार्थीहरु र किसान ,नागरिक समाजका युवाअगुव

नवलपरासीमा ईन्दिरा सुगरमिल बन्द हुने

नवलपरासी : नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ८ स्थित ईन्दिरा सुगर मिलले यार्ड बाहिर रहेको उखु आज मात्र ईण्ट्री गरी यस पश्चात ईण्ट्री बन्द गरिने सुचना जारी गरेको छ। साथै मिल भित्र प्रवेश गरेको उखु पेराई गरी पेराई सत्र ०७५/०७६ समापन गर्ने बताएको छ । यता किसानहरु खेतमा करिब १५ ब

नवराजपुर गाउँपालिकामा ‘चमत्कारी विकास’

 सिरहा : सिरहाको नवराजपुर गाउँपालिकाका जनताले सिँहदबारकाे ढेड वर्षकाे अवधिमा चमत्कारी विकासकाे लहरमा तिब्रता पाएको छ । नवराजपुर गाउँपालिका अन्तरगतका याेजना तथा वडा स्तर याेजना कार्यन्वयनसँगै विकासमा चमत्कार भएकाे छ । गाउँपालिकाका सम्पूर्ण याेजना कार्यन्वयनसँगै ८० प्रतिशतकाे


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved