कश्मिरमा भारतीय लडाकु बिमान दुर्घटना हुँदा २ पायलट शहिद, २ आतंकवादी पनि मारिए ! यसमा भारतको तर्फबाट पनि ५ सैनिक घाईते भएका हो ।

  • प्रकाशित मितिः फाल्गुन १६, २०७५
  • १४५ पटक पढिएको
  • maithiliratna
alt

भारत । भारत कश्मिरको बडगाममा भारतीय सैनिकको  लडाकु बिमान दुर्घटना हुँदा दुई पायलट शहिद भएका छन् ।बुधबार विहान काश्मिको बडगाममा भारतीय सेनाको एमआई १७ हेलिकप्टर दुर्घटनाग्रस्त भएपछि विमानमा सवार दुई पालयलट शहिद भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । यता, पाकिस्तानको बालाकोटमा वायूसेनाको हवाई हमलापछि रिसाएका पाकिस्तानले बुधबार विहान भारतको हबाई क्षेत्रलाई उलंघन गरेको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । पाकिस्तानको तीन वटा विमान पुँछ र राजौरीमा वायूक्षेत्रको उलंघन गरेको बताइएको छ । 


फिर्ता गएसमय पाकिस्तानी विमानबाट केही बम समेत फालेको बताइएको छ । यद्यपी, भारको त्वरित कारवाहीपछि पाकिस्तानको विमान फिर्ता भागेको थियो । भारत र पाकिस्तानको विवादित क्षेत्र जम्मु, श्रीनगर सहित लेह र पठानकोट एयरपोर्टबाट यात्री उडानलाई रद्द गरिएको हो । उता, उत्तर भारतको सबै एयरबेशमा हाई अलर्टमा राखिएको हो ।

यता, कश्मिरको एलओसीको १२ ठाउँमा फायरिँग जारी रहेको छ । यसपछि जवाफमा अबेर राती भारतीय सेनाले पाकिस्तानको पाँच चौकी ध्वस्त गरेको भारतीय सँचारमाध्यहरुले जनाएको छ । यसमा पाकिस्तानको कैयौँ सैनिक मारिएको आशंका गरिएको छ । यसमा भारतको तर्फबाट पनि ५ सैनिक घाईते भएका हो । 

यसैबीच, जम्मू, कश्मिरको बडगाममा भारतीय भारतीय वायूसेनाको जेट दुर्घटनाग्रस्त भएको छ । तर पनि वर्तमान हालातलाई मध्यनजर गर्दै अमेरिकाले पाकिस्तानको जमिनमा रहेको आतंकवादी उपर कडा कारवाहीको लागि भनेका छन् । पुलवामा हमलापछि जवाफमा भारतीय वायू सेनाले मँगलबार पाकिस्तानको बालाकोटमा हबाई हमला गर्दै जैश (आतंकवादी संगठन) को कैयौँ ठेगानालाई ध्वस्त पारेको हो । जसमा जैशको २ आतंकवादी मारिएको पुष्टि गरिएको छ ।

पाकिस्तानले गाउँलेहरुलाई ढाल बनाए 

समाचार एजेन्सीहरुका अनुसार, पाकिस्तानी सेनाले बारामूला, पुँछ, राजौरी, नौशेर र अखनूर सेक्टरमा मोर्टार हानेका छन् । पाकिस्तानी सैनिकले गाउँलेहरुलाई ढाल बनाए फायरिँग गरिरहेको बताइएको छ । वर्तमान हालातलाई मध्यनजर गर्दै एलओसीको नजिक रहेको गाउँहरुको विद्यालयहरुमा विदा गरिएको छ । भारतीय वायूसेनाको विमान कश्मिरको सीमामा रातैभरि जाग्राम र चौकन्न बसेका छन् ।

शोपिँयामा मुठभेठ हुँदा जैशको २ आतंकवादी मारिए 

 


यसैबीच, कश्मिरमा शोपियां जिल्लाको मिमेन्दरमा सुरक्षाबलले जैशको दुई आतंकवादीलाई मारेका छन् । त्यहाँ आतंकवादी लुकेर बसेको सूचना पाएपछि सुरक्षाबलले बुधबार विहानै सर्च अपरेशन सुरु गरेको थियो । उता, कोलकत्ता एसटिएफ र मुर्शिदाबाद प्रहरीको सँयुक्त कारवाहीमा पनि जमात उद मुजाहिदीन ,को दुई आतंकवादी गिरफतार गरिएको जनाइएको छ । उनीहरुको साथबाट विस्फोटक पदार्थ बरामद गरिएको हो । 

प्रतिक्रिया दिनुहोस

पूर्वपश्चिम राजमार्गमा चक्काजाम, अवस्था तन

सिरहा । सिरहाको बन्दिपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको छ । सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दिपुरमा अवस्थित शर्पदंश उपचार केन्द्रको लापरवाहीका कारण एक युवकको मृत्यू भएको भन्दै बन्दिपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको हो । शर्पले टोकेपछि उपचारका लागि शर

गोलबजार नगरपालिका का सब ओभरसियर ५० हजार घु

मिथिला रत्न ,सिराहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका कार्यलयका सब ओभरसियर रंगेहात पक्राउ परेका छन् ।  गोलबजार नगरपालिकाका वार्ड नं. ९ मा बस्ने सब ओभरसियर  श्रेष्ठ रहेकी छ्न । श्रेष्ठले शोचालय निर्माण कार्यक्रमको लागि सेवाग्राहीसँग रकम ५० हजार रुपै

Breaking News :नापी कार्यालय सिराहामा आगला

मिथिला रत्न ,सिराहा । नापी कार्यालय सिराहामा आगलागि भएको छ । आज बिहान ११ बजे जेनेरेटर चलाउने क्रममा आगलागि भएको हाम्रो सम्बादाता सोनु मिश्राले जानकारी गराएका छ्न । बिस्तृत बिबरण आउन बाकी । 


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved