अरुण तेस्रो जलविद्युत अयोजनाको निर्माण कार्य तीब्र गतिमा

  • प्रकाशित मितिः फाल्गुन ४, २०७५
  • १०४ पटक पढिएको
  • maithiliratna
alt

 
राजविराज –  भारतको लगानी र नेपालको सहयोगमा राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रो जलविद्युत परियोजनाको निर्माण कार्य तीब्र गतिमा अघि बढिरहेको छ । 
करीब ९ महिना अघिदेखि निर्माण कार्य सुरु गरिएको आयोजनाको हालसम्म २० प्रतिशत काम सकिएको छ । संखुवासभाको मकालु गाउँपालिका–५ मा रहेको सो आयोजना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएको बेला २८ बैशाखमा प्रधामन्त्री केपी शर्मा ओली र मोदी दुवै जना कामाण्डौ बाटै रिमोट थिचेर संयूक्त रुपमा उद्घाटन गरेका थिए ।  
उद्घाटन लगतै काम सुरु भएको परियोजनामा  स्टिल पाइपमार्फत ४ वटा टर्बाइन घुमाएर ९ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष छ । १ खर्ब १६ अर्ब रुपैयाँ लागतमा बन्दै गरेको आयोजना भारतीय सरकारी स्वामित्वको कम्पनी सतलज जलविद्युत निगमले निर्माण गरिरहेको छ । आयोजना निर्माणअन्तर्गत हाल वैकल्पिक सुरुङ्ग निर्माण, सडक विस्तार, विद्युत प्रसारण लाइन निर्माण लगायतका कामहरु भइरहेका छन  । 
केही प्राविधिक समस्याका कारण आयोजना समयमै सम्पन्न हुन भने कठीन देखिएको      आयोजना प्रमूख (सिईओ) सतिशकुमार शर्माले बताए  ।
संखुवासभाको सदरमुकाम खाँदबारीबाट बाँध निर्माण स्थलमा व्यवस्थित सडक नहुँदा निमार्ण कार्यमा समस्या आएको शर्माको भनाइ छ । वर्षाको समयमा खाँदबारी–किमाथांका सडक सुचारु नहुने भएकोले निर्माणको काम प्रभावित हुने आयोजनाका सिइओ शर्मा बताउँछन् । सडकको अवस्था नसुध्रिएसम्म आफूहरुले समयमा काम सम्पन्न गर्न नसक्ने उनको भनाइ छ । नेपाल सरकारले यस विषयमा चासो लिए केही हदै सम्म समस्या हल हुने उनले बताए । 
 
परियोजनामा २ हजार मजदुर रोजगार 
 
परियोजनामा हाल २ हजार ४ सय मजदुरसहितको टोली निर्माण कार्यमा खटिइरहेको छ ।   पहाड फोरेर दैनिक ५ मिटरको दरल सुरुङ्ग खन्ने काम भइरहेको आयोजनाले जनाएको छ। अयोजनाअन्तर्गत मकालुको दोभानमा बाँधस्थल बनाएर ११ दशमलब ७ किलोमिटर सुरुङ मार्गमार्फत चिचिला गाउँपालिका–३ स्थित दिदिङमा पानी खसालिने शर्माले जानकारी दिए । सम्झौताअनुसार अरुण तेस्रो आयोजनाको काम सन् २०२२ सम्म सम्पन्न गरिसक्नु पर्ने छ  । मुख्य सुरुङ्ग सम्म पुग्न दोभानमा निर्माण भइरहेको प्रवेश सुरुङ्ग मार्गको ५ सय ९ मिटर लम्बाईमध्ये ३ सय ४७ मिटरको काम सकिइसकेको छ । दोभानमा नदी डाइभर्सन गर्न निर्माण गर्नुपर्ने ३ सय ९३ मिटर लामो सुरुङमध्ये ६५ मिटरको काम सकिएको छ । बाँध निर्माणमा भारतीय ‘जयप्रकाश एसोसिएट्स’ र पावर हाउस निर्माणमा भारतकै ‘पटेल इन्जिनियरिङ कन्सल्टेन्टले काम गरिरहेको छ । त्यससँगै विद्युत प्रशारण लाइनको निर्माणको काम पनि सुरु भएको छ ।
 
नेपालले पाउने विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने
 
संखुवासभा, भोजपुर, खोटाङलगायत जिल्ला हुँदै प्रशारण लाइन महोत्तरीको ढल्केवरस्थित ४ सय केभीको राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । नेपालले पाउने २१ दशमलव ९ प्रतिशत अर्थात १ सय ९७ मेगावाट विद्युत ढल्केवरस्थित ४ सय केभी प्रशारण लाइनमार्फत वितरण हुनेछ । उता भारततर्फ लगिने बिधुत मुजफ्फरपुर प्रशारण लाइनमा जोडिने छ ।
२५ वर्षसम्म भारतले विद्युत उपभोग गरेपछि सो आयोजनामा नेपाल सरकारको पूर्ण स्वामित्वमा आउँछ । परियोजना पूरा हुँदासम्ममा नेपाल सरकारले विभिन्न शीर्षकबाट ३ सय ४८ अर्ब रुपैयाँ भारत सरकार बाट पाउने सम्झौतामा उल्लेख छ । आयोजनाका लागि सतलजले स्व–पूँजीको रूपमा २५ अर्ब रुपैयाँ लगानी गर्ने र बाँकी ९१ अर्ब रुपैयाँ भारतको पावर फाइनान्स कर्पोरेसन र अन्य बैंकबाट ऋण लिने भएको छ । विद्युत उत्पादन गर्न १ खर्ब ४ अर्ब र प्रसारण लाइन निर्माणमा १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 
बाँधबाट पावर हाउसमा पानी पुर्याउन ९ दशमलब ५ मिटर परिधिको ११ दशमलब ७८ किलोमिटर सुरुङ खन्नुपर्ने हुन्छ। ७ सय ४७ मिटरको दोस्रो सहायक सुरुङ्ग बाँध निर्माण स्थलदेखि ४ दशलमब ९६ किलोमिटरमा आमराङमा, ७ दशमलब १५ किलोमिटरमा तेस्रो सहायक सुरुङ सुन्तलेमा र चौथो सहायक सुरुङ्ग चिचिला गाउँपालिका–३ दिदिङ पुखुवामा निर्माणधीन अवस्थामा छ ।
पटेल इन्जिनियरिङ लिमिटेडले दोस्रो, तेस्रो र चौथो सहायक सुरुङ्ग , पावर हाउस, ट्रान्सफर्मर हाउस, टेलरेस टनेललगायत निर्माणको जिम्मा पाएको छ । उक्त कम्पनीले कोसी राजमार्ग्स्थित छ्याङकुटीदेखि दिदिङ्ग पुखुवासम्म सडकको ट्रयाक खोल्ने काम सुरु गरिसकेको छ ।
 
 
दिदिङ्ग पुखुवामा पहाड भित्र पावर हाउस कम्प्लेक्स र ट्रान्स्फर्मर हाउस निर्माणका लागि सुरुङ्ग खन्ने कार्य भइसकेको प्रमुख शर्मा बताउँछन ।
 
केही दिनमै ६ हजार बढी मजदुरले चौबीसै घन्टा काम गर्ने वातावरण बनाउने निर्माण कम्पनीले जनाएको छ । परियोजनाका लागि करीब ७१ हेक्टर जग्गा लिइएको छ। सोअन्तर्गत २२ हेक्टर जंगल क्षेत्र बाहेक ४८.८७ हेक्टर निजी जग्गाको मुआब्जा वितरण गरेर अधिग्रहणको काम सम्पन्न भइसकेको छ । परियोजनाले एक अर्ब २२ करोड ११ लाख १० हजार रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ । मकालु गाउँपालिका–३, चिसोपानी नयाँबस्तीका ५ घर परिवारलाई थप मुआब्जा रकम र ११ घरलाई आवास निर्माणका लागि मुआब्जा दिएर बाँध निर्माणको काम थालिएको हो ।
०५१ सालमा नेपाली राजनीतिक दल र जलस्रोतको क्षेत्रमा क्रियाशिलको बिरोधका कारण विश्व बैंकले हात झिकेपछि अरुण तेस्रो भारतीय कम्पनी सतलज जलविद्युत निगम लिमिटेडले जिम्मा लिएको छ । 

प्रतिक्रिया दिनुहोस

प्रदेश नम्बर २ मा सरकारमाथि समेत आशंका प्र

 ५ जेष्ट सिरहा लहान । सिरहाको लहान नगरपालिका पुरै लहान नगर मुलनाराको साथ चीनसँग सम्झौता गरेर प्रदेश २ सरकारले कृषि परियोजना संचालन गर्नका लागि भन्दै सिरहाको लहानमा मुलनाराका साथ बिधार्थीहरु प्रदर्छन गरीएका छन ।यहाका स्थानीय युवा, विद्यार्थीहरु र किसान ,नागरिक समाजका युवाअगुव

नवलपरासीमा ईन्दिरा सुगरमिल बन्द हुने

नवलपरासी : नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ८ स्थित ईन्दिरा सुगर मिलले यार्ड बाहिर रहेको उखु आज मात्र ईण्ट्री गरी यस पश्चात ईण्ट्री बन्द गरिने सुचना जारी गरेको छ। साथै मिल भित्र प्रवेश गरेको उखु पेराई गरी पेराई सत्र ०७५/०७६ समापन गर्ने बताएको छ । यता किसानहरु खेतमा करिब १५ ब

नवराजपुर गाउँपालिकामा ‘चमत्कारी विकास’

 सिरहा : सिरहाको नवराजपुर गाउँपालिकाका जनताले सिँहदबारकाे ढेड वर्षकाे अवधिमा चमत्कारी विकासकाे लहरमा तिब्रता पाएको छ । नवराजपुर गाउँपालिका अन्तरगतका याेजना तथा वडा स्तर याेजना कार्यन्वयनसँगै विकासमा चमत्कार भएकाे छ । गाउँपालिकाका सम्पूर्ण याेजना कार्यन्वयनसँगै ८० प्रतिशतकाे


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved