सिरहाको लहानमा जब ज्योति मगरले भनिन मधेशी कालो मनपर्छ...

  • प्रकाशित मितिः माघ २७, २०७५
  • ३३५ पटक पढिएको
  • maithiliratna
alt

सिरहा माघ २७ । सिरहाको धनगडमाइ न.पा ११ मा रहेको बाटिका टुरिज्ममा लहान सांस्कृतिक कार्यक्रम आयोजना भयो । कार्यक्रममा यूवाहरुको सहभागिताले हल खचाखच भरिएको थियो । एक हजार र तीन सयको टिकट लिएर सहभागी भएका युवाहरु भोजपूरी सिने कलाकार अक्षरा सिंह, ज्योति मगर र मुस्कान सिंहको बेजोर नृत्य गीत र भरपूर मनोरञ्जन गर्न आएका सहभागीहरुलाइ भरपूर मनोरञ्जन भयो पनि । जब ज्योति मगरको पालो आयो मगर भाषाको संस्कृति र पहिरनमा पहिलो प्रस्तुती राख्नुभयो सबै सहभागीहरुले निकै उमंगमय वैतावरणमा ज्योति मगरको कला गला नृत्य र संगीतलाइ सलाम पनि गरयो तालीको गरगराहटले । जब ज्योति मगरले एउटा शायरी प्रस्तुत गर्नुभयो त्यतिवेला किन एउटा कलाकारले पनि कलामा जहर मिलाउनु परयो मेरो मनले भन्यो ।
 
मनेरञ्जनमा धेरै कुरा माफ हुन्छ, त्यति विचार गरेर शब्द र अर्थ केलाउनु पर्दैन । तर उहाले प्रस्तुत गर्नु भएको शायरी थियो– झब्रोइलरभन्दा लोकल भाले मनपर्छ, लहानमा मधेसी कालो मन पर्छ ।मधेसी कालो भन्ने शब्दले मधेशी मूलको स्वभीमानी नेपालीलाई हेपिएर प्रयोग गरिएको शब्द हो । ज्योति मगर जस्तो कलाकार के मघेश के पहाड के हिमाल हरेक भूगोलमा युवाको चाहना बनिसक्नु भएको कलाकारले मधेशी कालो भने शब्द प्रयोग नगरि दिए हुन्थ्यो ।
 
मधेशीहरु कालोमात्रै होइन, गोरो पनि हुन्छ । कालो गोरो हुन त प्राकृतिक रंग हो । तर राजनीतिक रंग बनिसकेकोले शब्द चयनमा ध्यान दिनु जरुरी देखिन्छ । अपमानित र घृणित व्यवहारबाट जन्मेको असन्तुष्टि यहि देशमा माओवादी युद्घ र मधेश विद्रोहको रुपमा विष्फोट भयो । कति युवाहरुले शहादत भए । यो ताजा इतिहासको ख्याल ज्योति मगर जस्तो कलाकारले गर्नैपर्छ । कलाकारको शब्द चयन गीत माटोपानी र वातावरण सुहाँउदो हनु पर्छ ।
 
सांस्कृतिक कार्यक्रम भइरहेको थलो सलहेशको भूमि जनकको घरती थारु मधेसी र दलित समुदायको साझा संस्कृति बोकेको पावन धर्तीमा कुनै जाती समुदायलाई अपमान हुने शब्दको प्रयोग गर्नु हुँदैन । सांस्कृतिक कार्यक्रमलाई सभ्य बनाउन अश्लिल गीत संगीतको प्रस्तुतीमा समेत नियणत्रण हुनु जरुरी छ । मधेशी पहाडी सवै नेपाली सबैको संस्कृतिको उजागर र विकृतिको अन्तय हुनु जरुरी छ । कार्यक्रमको प्रमुख अतिथि सखुवानन्कारकटी गाँउपालिका अध्यक्ष केदारनाथ यादव विशिष्ट अतिथि रजपाका केस पशुपति चौधरी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस

प्रदेश नम्बर २ मा सरकारमाथि समेत आशंका प्र

 ५ जेष्ट सिरहा लहान । सिरहाको लहान नगरपालिका पुरै लहान नगर मुलनाराको साथ चीनसँग सम्झौता गरेर प्रदेश २ सरकारले कृषि परियोजना संचालन गर्नका लागि भन्दै सिरहाको लहानमा मुलनाराका साथ बिधार्थीहरु प्रदर्छन गरीएका छन ।यहाका स्थानीय युवा, विद्यार्थीहरु र किसान ,नागरिक समाजका युवाअगुव

नवलपरासीमा ईन्दिरा सुगरमिल बन्द हुने

नवलपरासी : नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ८ स्थित ईन्दिरा सुगर मिलले यार्ड बाहिर रहेको उखु आज मात्र ईण्ट्री गरी यस पश्चात ईण्ट्री बन्द गरिने सुचना जारी गरेको छ। साथै मिल भित्र प्रवेश गरेको उखु पेराई गरी पेराई सत्र ०७५/०७६ समापन गर्ने बताएको छ । यता किसानहरु खेतमा करिब १५ ब

नवराजपुर गाउँपालिकामा ‘चमत्कारी विकास’

 सिरहा : सिरहाको नवराजपुर गाउँपालिकाका जनताले सिँहदबारकाे ढेड वर्षकाे अवधिमा चमत्कारी विकासकाे लहरमा तिब्रता पाएको छ । नवराजपुर गाउँपालिका अन्तरगतका याेजना तथा वडा स्तर याेजना कार्यन्वयनसँगै विकासमा चमत्कार भएकाे छ । गाउँपालिकाका सम्पूर्ण याेजना कार्यन्वयनसँगै ८० प्रतिशतकाे


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved