बोक्सी आरोपमा सिराहामा महिलामाथी निर्घात कुटपिट, ज्युदै जलाउने धम्कि

  • प्रकाशित मितिः माघ २६, २०७५
  • १४२ पटक पढिएको
  • maithiliratna
alt

सिरहा माघ २६ । सिरहाको नरहा गाउँपालिका–३ चन्द्र अयोध्यापुर खोरिया टोलकी एक महिलामाथि बोक्सी आरोपमा निर्घात कुटपिट भएको छ । छिमेकी युवकलाई बोक्सी मन्त्र र टुनामुना गरी बिरामी बनाएको भन्दै करिब ४५ वर्षीया बौवावती महतो कुटिएकी हुन् ।

घरमा पालिएका पशु–चौपायालाई घाँसपानी गरिरहेका वेला बिहीबार अपराह्न हुल बाँधर आएका छिमेकीले लछारपछार गर्दै कुटपिट गरेको पीडित महतोले बताइन् । कुटपिटबाट उनको शरीरका विभिन्न ठाउँमा नीलडाम पर्नुका साथै चोटपटक लागेको छ । घटनाबारे जानकारी पाएर पनि इलाका प्रहरी कार्यालय मिर्चैयाले दोषीलाई पक्राउ गरेको छैन ।

घटनाको विषयमा मौखिक उजुरी आए पनि लिखित जाहेरी नआएकाले पक्राउ गर्न नसकेको प्रहरीको भनाइ छ । घटनाबारे जानकारी पाएर पनि इलाका प्रहरी कार्यालय मिर्चैयाले लिखित जाहेरी नआएको भन्दै दोषीलाई पक्राउ गरेको छैन ।

जिउँदै जलाउने धम्की

स्थानीय अमिरी सदायका छोरा करिब १९ वर्षीय सुजितकुमार सदायलाई भूतप्रेत लगाएको आरोप लगाउँदै सुजितकी आमा, दिदी बहिनीलगायतले लछारपछार पार्दै चौतारामा पुर्‍याई कुटपिट गरेको महतोले सुनाइन् ।

‘घरबाट घिसार्दै चौतारोमा पुर्‍याएर बोक्सी हुँ भन्न दबाब दिए,’ उनले भनिन्, ‘बोक्सी नस्विकारे नजिकै रहेको उखुबारीबाट पत्कर ल्याएरधामीले उक्साए
वेला वेला बेहोस हुने र काम्ने सुजितलाई बौवावतीले नै टुनामुना गरेको भन्दै धामी सुकना मण्डलले सदाय परिवारलाई उक्साएको स्थानीय गाउँलेले बताए । ‘महिलालाई घरबाट घिसार्दै ल्याएर चौतारोमा उभ्याएर आँखा जुधाउन धामीले आदेश दिए,’ प्रत्यक्षदर्शी एक गाउँलेले भने, ‘महिलालाई सघाउन खोज्दा बोक्सीलाई नै जोगाउन खोज्नेको पनि यस्तै हबिगत हुने धम्की दिएपछि केही गर्न सकेनौँ ।’ जिउँदै जलाउँछौँ भन्दै कुटपिट गरे ।

प्रतिक्रिया दिनुहोस

सिरहा नगरपालिकामा संघिय सामाजवादी महिला फा

 सिरहा: सिरहा नगरपालिकामा संघिय सामाजवादी फाेरम नेपालकाे महिला संगठन संघिय सामाजवादी महिला फाेरम अधिवेशन सम्पन भएकाे छ । शाेभा देवी मंडलकाे अध्यक्षतामा शुरू भएकाे अधिवेशनबाट ३७ सदस्य नगर कमिटि गठन भएका छन् । नयाँ कमिटिमा अध्यक्षमा राम प्यारी महताे , उपाध्यक्षमा राजकलिया मंडल

एतिहासिक शुभकामना अदान प्रदान तथा मट्का फो

कर्जन्हा ६ चैत्र । सिरहाको कर्जन्हामा पहिलो चाोटी एतिहासिक शुभकामना अदान प्रदान तथा मट्का फोड कार्यक्रम गरिएको छ । नगरपालिकाबाट आएका ८ टिम मध्ये कर्जन्हा न.पा.का ११ का टिमले मट्का फुटाएको छ । पत्रकार सरोज कुमार पासमानको संयोजकत्वमा भएको शुभकामना

होली पर्वको परम्परागत रौनक हराउदै संरक्षण

कावासोती ५ चैत्र । हिन्दुहरुको महान चाड पर्वको रुपमा मानिने होली तथा फाल्गुन पुर्णिमा आजकल यो पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको छ । यस पवित्र पर्वको परम्परागत रौनक महत्व हराउदैं गएपछि यसको संरक्षणका बारेमा चिन्ता बढेको छ । सत्य माथी असत्यको विजय यो पर्वको मुख्य उपदे


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved