सिरहाको जिरोमाईलमा बस पल्टिंदा १० घाइते तीनको अवस्था गम्भीर

  • प्रकाशित मितिः माघ २४, २०७५
  • १७४५ पटक पढिएको
  • विजय कुमार सिह
alt

सिरहा,माघ २४ । सिरहाको जिरोमाइल बरियारपट्टि सडक खण्ड अन्तर्गत धनगढीमाई नगरपालिका ४ स्थित जयपुरमा आज दिउँसो यात्रुवाहक बस पल्टिंदा १० जना घाइते भएको छ । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । गम्भीर घाइते हुनेमा सिरहा मलहनियाका ४० वर्षीय महावती राम, उर्मिला देवी राम र रेशमा सदा रहेका छन् । अन्य भने सामान्य रहेको चिकित्सहरुले जनाएका छन् । उनीहरुको उपस्चार स्थानीय क्लिनिकहरुमा भइरहेको छ । बरियारपट्टिबाट यात्रुहरुलाई लिएर जिरोमाइलतर्फ आइरहेको ना.४ ख ६२३ नं.को बस अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ । बस सडक भन्दा तल खेतमा खसेको छ । बस चालक फरार रहेकोले उनको खोजी कार्य भइरहेको जनाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

राज्य मन्त्रीले खेल मैदानमा रोपिएका विरुवा

सिराहा,भाद्र २४ गते । सिरहाको सूर्य नारायण सत्य नारायण यादब बहुमुखि क्याम्पस सिरहाको खेल मैदानमा निजामती दिवसको अवसर पारेर प्रदेश नं. २ को उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश कुमार मंडलको प्रमुख अथितियमा रोपिएका विरुवाका कारण जिल्ला लिगका तयारीमा रहेका खेलाडीहरुका मै

सिरहा ः नियमित पठनपाठनको माग गर्दा वडाध्यक

सिरहा । नियमित पठनपाठनको नभएको भन्दै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका सिरहाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरु वडाध्यक्षकै निर्देशनमा कुटिएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–४ स्थित रहेको श्रीमावि विष्णुपुर डडौलका विद्यार्थीमाथि आईतबार वडाध्यक्षकै निर्देशनमा

पूर्ण सरसफाई तथा खानेपानी स्वच्छता व्यवस्थ

सिराहा । सिरहा जिल्लाको सबभन्दा बढी बाढीबाट प्रभावित स्थानियतह सिरहा, कल्याणपुर र कर्जन्हा नगरपालिकाले बि.एम.जेड., भि.सि.ए., डबलु.एच. एच.का साझेदारीमा र सबल नेपाल, सप्तरीको आयोजनामा गरिएकोे दुई दिने पूर्ण सरसफाई तथा खानेपानी स्वच्छता व्यवस्थापन विकास योजना विषयका कार्यशाला गोष्ठि


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved