दुई युवक लागुऔषधसहित पक्राउ

  • प्रकाशित मितिः माघ २१, २०७५
  • १४९ पटक पढिएको
  • maithiliratna
alt

सिरहा,माघ २१ गते । नरहा गाउँपालिका–३ स्थित नयाँ चेहर्वा सडकखण्डबाट दुई युवक लागुऔषधसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका–८ बस्ने २२ वर्षीय दिपेन्द्र यादव र उदयपुरको कटारी नगरपालिका–१ बस्ने २५ वर्षीय गोकर्ण थापालाई पक्राउ गरेको हो । चेकजाँचको क्रममा स २ प ४४७९ नम्बरको मोटरसाइकलमा आएका दुबै जनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी जिवन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उनीहरुको साथबाट प्रहरीले डाइलेक्स डिसी ९१ बोतल, नाइट्रोसन २० चक्की र पेन्टालब २१ एम्पुल लागुऔषध बरामद भएको छ । अभियुक्तहरुमाथि थप अनुसन्धान भइरहेको श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

पूर्वपश्चिम राजमार्गमा चक्काजाम, अवस्था तन

सिरहा । सिरहाको बन्दिपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको छ । सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दिपुरमा अवस्थित शर्पदंश उपचार केन्द्रको लापरवाहीका कारण एक युवकको मृत्यू भएको भन्दै बन्दिपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको हो । शर्पले टोकेपछि उपचारका लागि शर

गोलबजार नगरपालिका का सब ओभरसियर ५० हजार घु

मिथिला रत्न ,सिराहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका कार्यलयका सब ओभरसियर रंगेहात पक्राउ परेका छन् ।  गोलबजार नगरपालिकाका वार्ड नं. ९ मा बस्ने सब ओभरसियर  श्रेष्ठ रहेकी छ्न । श्रेष्ठले शोचालय निर्माण कार्यक्रमको लागि सेवाग्राहीसँग रकम ५० हजार रुपै

Breaking News :नापी कार्यालय सिराहामा आगला

मिथिला रत्न ,सिराहा । नापी कार्यालय सिराहामा आगलागि भएको छ । आज बिहान ११ बजे जेनेरेटर चलाउने क्रममा आगलागि भएको हाम्रो सम्बादाता सोनु मिश्राले जानकारी गराएका छ्न । बिस्तृत बिबरण आउन बाकी । 


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved