तराइ मधेस बिकासको लागि कुनै कसर बाकी नराख्ने : प्रधानमन्त्री ओलि

  • प्रकाशित मितिः माघ १९, २०७५
  • १२५९ पटक पढिएको
  •  शिव दयाल यादब
alt

 सिराहा , १९ माघ । प्रधानमन्त्री केपि शर्मा ओलिले तराइ मधेस बिकासको लागि कुनै कसर बाकी नराख्ने बताए । प्रधानमन्त्री ओलिले सिराहाको चमाबि आयोजित १५ ओ हेमनारायण यादब स्मृति सभालाई सम्बोधन गर्दै तत्कालिन नेकपा एमाले को चौथो माहाधिबेसन यसै जिल्लामा समझेको पललाई याद गर्दै सिराहा जिल्लालाई धन्यबाद ज्ञापन गरे । अरु ठाउमा नराम्रो फैलाइएको हल्लालाई यो जिल्लाले ठ्याक्कै बिपरित साबित गरेको बताए । अब यसरि नै अरु जिल्ला ले बुझदै जाने बताए । प्रधानमन्त्री ओलिले चमाबिको छात्राबास,जिल्ला पार्टी कार्यालयलाई सिलान्यास गर्दै भने सबभन्दा बिकसित सहरको रुपमा सिराहा जिल्लाइ बिकास गर्ने, सदरमुकामको लागि विशेष योजना सहित बजेट छुट्याउने बताए । युद्ध स्तरको सरह हुलाकि सडकको काम गति दिने बताए । अभिभावक्त्व ग्रहण गरेका बाल बालिका गोदमा लिएर स्नेह देखाए । विद्यालयका बाल बालिकालाई स्वास्थ्य बिमा कार्यक्रम ल्याएको बताए । किसानहरुलाइ प्रबिधियुक्त बनाउन आधुनिक तालीमको ब्य्बस्था गरेको बताए । अब हरेक युबालाइ योजना सहित बैंकमा जानुस दस लाख सम्म ऋन पाउनुस र उधमि बन्नुस बताए । अब कोहि बेरोजगार नहुने हरेकको हातमा रोजगारि हुने बताए । ७५३ ओटा गाउपालिकामा युबा स्वरोजगार अभियान चलाउने बताए किसानको उचित मुल्य,बजार भाउका लागि यो सरकार गम्भीर रहेको बताए । सार्बजनिक जग्गा मिचने अब होसियार नत्र भने अब जानू पर्ला जेल, त्ससैले अब त्य्स्तोलाइ सचेत हुन भने । यो सरकार न्याय दिने सरकार भएकोले अन्याय गर्ने र गराउनेलाई नछाड्ने बताए । सुनकोसि कमला डाइभर्सनका लागि पनि यो सरकार गम्भीर रहेको बताए । जनकपुर एयरपोर्ट झिलिमिली, जनकपुर ढल्केबर रोडको निर्माण, ढल्केबर - मुझपरपुर लाइन प्रसारण भएपछि छक्क परेका छन । सहिद यादबको सालिकमा माल्यार्पन गर्दै उनले शोक ब्यकत गरे । त्य्सतै, भौतिक योजना तथा यातायात मन्त्री रघुबिर माहासेठले तराई मधेसको लाइफलाइनको रुपमा रहेको हुलाकी राजमार्गलाइ अबको एक बर्सभित्र निर्माण सम्पन्न हुने दाबी गरे । 

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved