प्रेमीलाई बचाउँदा कसिसको दुर्घटनामा मृत्यू ?

  • प्रकाशित मितिः माघ १९, २०७५
  • १४०२ पटक पढिएको
  • maithiliratna
alt


सिरहा माघ १९ । प्रेममा मान्छे अन्धो हुन्छन् । यो कति सत्यता हो ? यसको प्रमाणित गरेर देखाएका छन् कसिस दाहालले । कसिसले आफ्ना प्रेमीको खुशी राख्न उनले आफ्ना ज्यान त्याग गरेका छन् । आफुसँग रहेका पतिसँगै कसिएकी कसिस प्रेमी दिपकराज पाठकलाई खुशी पार्न जहिलेपनि चिन्तित रहेका थिए । तर, प्रेमीले खासै वास्ता गर्दैन्थिए कसिसलाई । र, पनि कसिसको एकहोरो प्रेमले उनको मनमुटु कड्किरहन्थ्यो । कसिसको प्रेमलाई आत्मसात गरेर लुकीलुकी माया गरिरहन्थ्यो । कसिसको पति प्रकाश लम्सालको नजरमा आएपछि मौन हुन्थ्यो । यो शिलशिला चल्दै गर्दा प्रेमी दुर्घटनाको मुखमा पर्छन् । तर, कसिसले आफ्ना प्रेमीलाई बचाएर आफुले ज्यान त्याग गरिन् । उनको प्रेमी सकुशल छन् । कसिसको दुर्घटनामा मृत्यु भएको छ । यो रियल लाईफको नभएर ‘मैले भन्दा धेरै माया’ भने म्यूजिक भिडियोमा कसिसले अभिनय गरेकाछीन् । कसिस ‘मिशन मधेश’ चलचित्रमा मुख्य नायिकाको रोल गरेकीछीन् । यत्तिबेला कसिस दाहाल नेपाली चलचित्र क्वीनमा व्यस्त छीन् ।
यसैसँगै गीतकारको परिचय बनाएका दीपकराज पाठक ‘मैले भन्दा धेरै माया’ मा निर्देशक समेत बनेका छन् । गीतकार पाठकको शब्दरचनामा रहेको यस गीतमा विपिन आचार्यले संगीत एवं संगीत संयोजन गरेका छन् भने माण्डवी त्रिपाठीको स्वर समावेश गरिएको छ ।
गीतको म्यूजिक भिडियोमा कसिस दाहाल, दिपकराज पाठक, गजित विष्ट र प्रकाश लम्साललाई प्रमुख भूमिकामा फिचरिङ गरिएको छ भने रिता विन्दु पाण्डे, एलिना पाठकको समेत अभिनय रहेको छ । शिवराम श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । भिडियोको निर्देशन भने गीतकार पाठक आफैंले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

राज्य मन्त्रीले खेल मैदानमा रोपिएका विरुवा

सिराहा,भाद्र २४ गते । सिरहाको सूर्य नारायण सत्य नारायण यादब बहुमुखि क्याम्पस सिरहाको खेल मैदानमा निजामती दिवसको अवसर पारेर प्रदेश नं. २ को उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश कुमार मंडलको प्रमुख अथितियमा रोपिएका विरुवाका कारण जिल्ला लिगका तयारीमा रहेका खेलाडीहरुका मै

सिरहा ः नियमित पठनपाठनको माग गर्दा वडाध्यक

सिरहा । नियमित पठनपाठनको नभएको भन्दै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका सिरहाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरु वडाध्यक्षकै निर्देशनमा कुटिएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–४ स्थित रहेको श्रीमावि विष्णुपुर डडौलका विद्यार्थीमाथि आईतबार वडाध्यक्षकै निर्देशनमा

पूर्ण सरसफाई तथा खानेपानी स्वच्छता व्यवस्थ

सिराहा । सिरहा जिल्लाको सबभन्दा बढी बाढीबाट प्रभावित स्थानियतह सिरहा, कल्याणपुर र कर्जन्हा नगरपालिकाले बि.एम.जेड., भि.सि.ए., डबलु.एच. एच.का साझेदारीमा र सबल नेपाल, सप्तरीको आयोजनामा गरिएकोे दुई दिने पूर्ण सरसफाई तथा खानेपानी स्वच्छता व्यवस्थापन विकास योजना विषयका कार्यशाला गोष्ठि


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved