सुख दु:खमा प्रदेस सरकार

  • प्रकाशित मितिः माघ १२, २०७५
  • १२८६ पटक पढिएको
  • maithiliratna
alt

सिराहा , १२ माघ । गत शनिबार जनकपुरको कुवा रामपुरमा करेन्ट लागेर मृत्यू भएका मृतकहरुको घरमा प्रदेस २ का सरकार पुगेका छन् । शुक्रबार प्रदेस सरकारको तर्फबाट भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनल, वन, पर्यटन राज्यमन्त्री सुरेश मण्डल सहितको टोली सिराहाको बिस्नुपुर गा.पा.४ मा पीडित परिवारको घरमा पुगेर प्रदेस सरकारको तर्फबाट १/१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । मृतक परिबारको घरमै पुगेर सुख दुख साटेका छ्न । घाउमा मलम पट्टि लाउन सिराहा मा मात्र होइन उनिहरु धनुषामा पनि पुगेका थियो । विद्युत प्राधिकरणको लापरवाहीका कारण मधेशको दुई होनहार युवक गुमाएको भन्दै मधेश सरकारले उनीहरुको परिवारलाई सानो सहयोग स्वरुप एक एक लाख रुपैयाँ राहतको घोषणा गरेका छ्न । गत शनिबार विद्यतु कार्यालयको लापरवाहीका कारण दुई जनाको ज्यान थियो भने एक जना गम्भिर घाईते भएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ कुवा स्थित धनुषा मिथिला विहारी नगरपालिका मिथिलेश्वर मौवाहीका परमेश्वर मण्डल र सिरहा विष्णुपुर गाउँपालिका वडा नं. ४ थलहाका २६ वर्षिय जगरनाथ साहको घटनास्थलमै करेन्ट लागेर मृत्यू भएको थियो । यता, उक्त घटनामा परी सिरहा विष्णुपुर गाउँपालिका थलहाका सुर्यनारायण ठाकुर घाइते भएका छन् । उनको अवस्था भने अहिले समान्य बन्दै गएको बुझिएको छ । जग्गा निरिक्षण गर्ने क्रममा ज। ९ प ७७०९ नम्बरको मोटरसाईकलको लेगगार्ड ११ हजार भोल्ट करेन्ट प्रवाह भइरहेको अर्थिङ्ग तारमा टाँसेपछि छटपटाई रहेको अवस्थामा जगरनाथ साहले बचाउन खोज्दा उनको पनि घटनास्थलमै मृत्यु भएको थियो । सोकसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष जागेस्वर यादबले स्थानीय सरकारको तर्फबाट राहत स्वरुप पचास हजार रकम दिने घोषणा गरे । उनले भने अल्पआयुमै एक होनहार युबा हामी गुमाएका हौ ।

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved