कमिसनको रशाकसिमा प्रदेस २ माथि धब्बा

  • प्रकाशित मितिः माघ १, २०७५
  • १२९४ पटक पढिएको
  •  बैधनाथ कुमार यादब
alt

माघ १ गते  । प्रदेश न. २ को उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालय जनकपुरधामले गैर सरकार संस्था मार्फत संचालन गर्ने गरिवी निवारणका लागि उधम विकास कार्यक्रमको प्रारम्भिक छनौट प्रक्रियामा व्यापका पैसाको चलखेल गरी सूचि प्रकाशन गरेको खुलासा भएको छ । कार्यक्रमका लागि प्रदेश न. २ को ८ जिल्लाबाट १९३ वटा गैर सरकारी संस्थाहरुले आफनो आशयपत्र बुझाएको थियो । जस मध्ये प्रारम्भिक छनौटको सूचिमा ४० वटा संस्था परेका छन् । सर्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली ,२०६४ र गरिवी निवरणका लागि लघु उधम विकास कार्यक्र सञ्चालन निर्देशिका,२०७० एंव आशयपत्र छनौटका लागि तयार गरिएको कार्यक्षेत्रगत शर्त तथा संस्था छनौटका आधार बमोजिम निर्धारित मापदण्ड पुगेको आशयपत्रहरुको मूल्या¨न गरी सबेभन्दा बढी अê प्राप्त गर्ने आशयपत्रहरु मध्येबाट छनौट गरीएको सूचना भन्दा फरक लाखैँ पैसाको लेनदेनमा संस्था छनौट गरीएका छन् । उधोग, पर्यटन, वन तथा वातावारण सचिव विधनाथ झा र आर्थिक मामिला तथा योजना मन्त्री बिच भएको विवादबाट संस्था छनौट प्रक्रिया पैसाको लेनदेनमा भएको स्पष्ट देखिन्छ । छनौट प्रक्रियाबाट प्राप्त गरेको अंêको आधारमा छनैट गरीएको भनी पनि सचिव र मन्त्री वचिको जुवारी पैसा लेनदेनको विषय प्रामाणि भएको छ । सचिव बिधानाथ झाले आफनो फेस बुकमा लेखेको अनुसार मन्त्री जी ले मलाई बोलाई मेरो सिफारीसको संस्थालाई किन भएन पैसा तेरो बाउले तिर्छ भन्ने भनाईले पैसको लेनदेन विषयलाई स्पष्ट परेको छ । सभामुख सरोज यादबले पनि रेडियो सल्लहेशको कार्यक्रम सबेरे सबेरेमा स्पष्ट भनेको छ कि पैसाको विषयमा मन्त्री र सचिव बिच विवाद भएको छ । गैर सरकारी संस्थालाई कार्यक्रमका लागि प्रारम्भिक छनौट सूचिमा राखेको वापत मोटो रकम लेनदेन भएको छ । यसै विषयमा आर्थिक मामिला तथा योजना मन्त्रालयमा हिजो बेलुका तिन बजे मन्त्री र सचिव विच विवाद भएको थियो । यस विवाद विषयलाई छानभिन्नका लागि कानून मन्त्री ज्ञनेन्द्र यादबको संयोजकत्वमा तिन जनाका समिति बनाईएका छन् । यस छान्नभिन्न समितिले मात्र विवाद होइन प्रारम्भिक छनौटमा भएको अनियमितता बारे सत्य तथ्य अनुसन्धान गरी दोषिलाई प्रदेश न.२ को सरकारले काडाकरवाही गर्न पर्छ । हाल सम्म विवादको कारण दुईवटा पक्ष मात्र देखिएपनि भित्र अरु पनि रहेको स्पष्ट देखिन्छ । यस प्रारम्भिक छनौटमा पैसा लेनदेनबाट अंê बटुलेको गैर सरकारी संस्थाहरुलाई कोलो सूचिमा राखी करवाही गर्नु पर्छ । कार्यक्रमको लागि मन्त्री र सचिव विचको विवादले प्रदेश न. २ को सरकार भ्रष्टाचारमा अगाडी उन्मुख देखिन्छ । यो भन्दा अगाडी कृषिको बालि वितरण प्रत्रित्यामा पनि यस्तै गन्ध आएको थियो । त्यसै गरी सामाजिक कल्याण मन्त्रालयले उधम विकासका लागि तालिम संचालन कार्यक्रम पनि प्रमुख कार्यक्रम जनकपुरमा मात्र राखी आफना नजदिकका संस्थालाई कार्यक्रम दिनु भाष्टाचार र जनकपुरलाई फेरी सिंहदबार जस्तै शक्रिशाली बनाउने प्रयास भईरहेको छ । जनतालाई घटनाको सत्य तथ्य सर्वजनिक गरी दोषि उपर कराकरवाही गरी भ्रष्टाचारलाई प्रदेश न.२ निर्मुल पार्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved