शिक्षामा सुधार ल्याउन खेलकुद पनि परिपुरक : मेयर बरबरिया

  • प्रकाशित मितिः पुष २९, २०७५
  • ६९८६ पटक पढिएको
  • maithiliratna
alt

धनुषा, २९ पौष । मुलुकै कान्छो र विकासशील मेयर भनेर नाम कमाएका धनुषा सहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले विकासका लागि शिक्षा आवश्यक रहेकोे भन्दै शिक्षामा सुधार ल्याउन खेलकुद पनि परिपुरक रहेको बताएका छ्न । आफ्नो छुट्टै छवि बनाईरहेका मेयर बरिबरियाले नमुना नगरको परिकल्पना पूरा गर्नका लागि शिक्षामा अधिकतम बजेट खर्चिने बताएका हुन् । सहिदनगरको यदुकूहामा नगरप्रमुख बरबरियाको विशेष पहलमा नगर शिक्षा समितिद्वारा हुँदै आइरहेको अतिरिक्त क्रियाकलाप अन्तर्गतको २ दिने नगरस्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै मेयर बरबरियाले आफूले बोकेको स्मार्ट नगर र विकासशील नगरको सपना पूरा गर्न शिक्षालाई विशेष प्राथमिकतामा राखेको बताए । विकासको मेरुदण्ड शिक्षा भएकाले यस वर्षको अधिकतम बजेट शिक्षामै लगानी गर्ने बताउँदै उनले पछिल्लो समय नगरको शिक्षामा सुधार देखिएको भन्दै शिक्षकहरुलाई धन्यवाद ज्ञापन गरे ।  उनले विद्यार्थीहरु भित्र लुकेको अन्तरनिहित प्रतिभालाई प्रष्टफूटन गर्नका लागि अतिरिक्त क्रियाकलापमा जोड दिएको जनाए । मेयर बरबरियाले खेलकुदले शरीरलाई स्वास्थ तन्दुरुस्त तथा फूर्तिलो बनाउने मनोरञ्जन प्रदान गर्ने र प्रतिस्पर्धा क्षमता बढाउने भएकोले सबैलाई केही समय खेलकुदमा खर्चिन आग्रह समेत गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर बरबरियाले आफूले बोकेको नमुना नगरको सपना पूरा गर्नका लागि सबैको सहयोग अपरिहार्य रहेको औल्याए । नगर शिक्षा समितिको आयोजना तथा नगरप्रमुखको पहलमा आयोजित २ दिने नगरस्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता आइतबार आज सम्पन्न हुनेछ । कार्यक्रममा नगरकी उपप्रमुख शिला देवी कापर, प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, शिक्षा संयोजक रामरतन पासमान, वडाध्यक्ष, सदस्य धनेश्वर प्रसाद यादव लगायतकाले आ-आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

टिएमएनसीको संयोजकमा अधिवक्ता ठाकुर

मिथिला रत्न,काठमाडौं । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को संयोजकमा अधिवक्ता विकास कुमार ठाकुर चयन भएका छन् । परिषद्को शुक्रबार बसेको बैठकले अधिवक्ता ठाकुरलाई सर्वसम्मत संयोजकमा चयन गरेको हो । यस्तै, सचिव एवं प्रवक्तामा प्रमोद कुशवाहा चयन भएका छन् । परिषद्को प्रचारप्रसार वि

चीनले भूमि मिचेको विरोधमा जनकपुरमा पनि प्र

विजय सिंह  जनकपुरधाम ।  हिन्दूवादी नेता विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले चीनले नेपाली भूमी मिचेको विरोध गर्दै शुक्रबार जनकपुरमा प्रर्दशन गरेको छ । चीनले नेपालको रुइ गाउँ कब्जा गरेको र सगरमाथा आफ्नो भएको दाबी गरेको खबर सार्वजनिक भएपछि त्यसका विरुद्ध अभ

पाकिस्तानी आतंककारीद्वारा वृद्ध मारिएपछि अ

एजेन्सी : पाकिस्तानी प्रयोजित आतंककारीले जम्मु काश्मीरको सोपोरमा उक वृद्धलाई गोली हानेर हत्या गरे । सोपोरमा एक वृद्ध र बालक गाडीमा गइरहेका आतंककारीको आक्रमणमा मारिएका थिए ।    वृद्ध मारिएसँगै बालक एक्लै वृद्ध बुबाको छातीमा बसेको दर्दनाक तस्बिर सार्वजनिक भएको थियो


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved