नेपाली सेनाद्धारा १ किशोरी उपर बलात्कारको प्रयास, उद्धारकर्ता नै प्रहरीको नियन्त्रणमा

  • प्रकाशित मितिः पुष २८, २०७५
  • १५६२ पटक पढिएको
  • maithiliratna
alt

सिरहा, २८ पौष । सिरहाको मिर्चैयामा एक किशारी उपर नेपाली सेनाका जवानद्धारा बलात्कारको प्रयास भएको छ । मिर्चैया नगरपालिका–६, मटियर्वामा शुक्रबार राति करिब साढे ९ बजेको समयमा श्री नयाँ श्री नाथ गन चोहर्वाका ३ जना जवानहरुले १ किशोरी उपर बलात्कारको प्रयास गरेको हो ।

मिर्चैया ६ मटियर्वा (पानी टँकी) नजिकै एकान्तको घरमा रहेकी किशोरीलाई नेपाली सेनाका ३ जना जवानले जबर्जस्ती करनी गर्न खोज्दा उनी चिच्याउँदै गुहार लगाएकी थिइन् । आवाज सुनेर स्थानीयहरुले किशोरीलाई उद्धार गरी सेनाका जवानहरुलाई नियन्त्रणमा लिन खोज्दा उनीहरु भाग्न खोजेका थिए । खेद्दैजाँदा १ जना समातिएपनि दुईजना भने फरार भए । पक्राउ परेका नेपाली सेनाका जवान दिपेन्द्र शाही हुन् ।

नियन्त्रणमा लिएका उनलाई स्थानीयहरुले हात बाँध्दैगर्दा होहल्ला भएपछि घटनास्थलमा पुगेका मिर्चैया प्रहरीले सेनाका जवानसहित ३ जना स्थानीयलाई समेत पक्राउ गरेका छन् ।

आवेशमा स्थानीयहरुले कुटपिटसमेत गरेका सेनाका जवानलाई राति नै उपचारका लागि बाहिर पठाइएको छ भने पक्राउ गरेका उनीहरुलाई रातभर प्रहरीले यातना दिएको किशोरीका दाईले सुनाए ।

पीडितलाई न्याय दिलाउनुको साटो बलात्कारीलाई नै बचाउन खोजेको भन्दै मिर्चैयामा स्थानीयहरुले बिहानैदेखि चक्काजाम गरेर प्रदर्शन गरिरहेका छन् ।

यता, ईप्रका मिर्चैयाका डिएसपी सुकदेव खनालले जवानलाई कुटपिट गरेको देखिएपछि उनीहरुलाई तत्काल नियन्त्रणमा लिएको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस

एकै दिन १७ ग्राहकसँग शारीरिक सम्वन्ध

काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत

साना किसान बिष्णुपुरको अध्यक्षमा उप स्भापत

सिराहा। साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्ष पदमा सिरहा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादव विजय भएको छ । अध्यक्ष पदमा विजय हासिल गर्न सफल भएको उपसभापति यादव आफ्ना प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै जित सफल पारेका थिए । अध्यक्ष यादवले जम्मा ६६५


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved