नवराजपुर गाउँपालिकामा दोस्रो ऐतिहासिक गाउँसभा सम्पन, समाजसेवी दाता पनि आए अगाडी ।

  • प्रकाशित मितिः पुष २७, २०७५
  • ७७३० पटक पढिएको
  • बैधनाथ कुमार यादब
alt


पौष २७ गते / सिरहा जिल्लाको नावराजपुर गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा आर्थिक वर्ष २०७५÷०७६ को बजेट दोस्रो किस्ताको अन्तमा भएपनि सर्वजनिक गरेको छ । चालु आ.व.मा रु.१६ करोड ४४ लाख २७ हजारको बजेट विनियोजन गरेको छ । गत आ.व.२०७४÷०७५ रु. ३ करोड ८१ लाख २० हजार ३४४ रुपैया ४३ पैशा अल्य रकम रहेको छ । संघिय सरकारबाट वित्तिय समानिकरण अनुदान रु ६ कारोड ९० लाख ६८ हजार राजस्व बाँडफाँडबाट रु ४ करोड ५४ लाख ९१ हजार र ससर्त अनुदान रु ७ करोड २३ लाख १७ हजार आम्दनी प्राप्त भएको छ । प्रदेश सरकारबाट वित्तिय समानिकारण अनुदान रु २४ लाख ६४ हजार प्राप्त भएको र आन्तरीक स्रोतबाट रु ९२ लाख ८३ हजार ६५५ आम्दनी प्राप्त भएको छ । बजेट विनियोजन तर्फ चालु तथा वडा सञ्चालन समेत गरी खर्चमा रु ४ कारोड २९ लाख ६३ हजार, पुँजिगत खर्च रु.१ करोड ७० लाख , विषयगत शाखाको लागि स्वास्थ्य, शिक्षा, कृषि र भेटेनरी तर्फ रु.७० लाख, लक्षित वर्गको कार्यक्रम तर्फ रु.५१ लाख ५० हजार, राहत पुनस्थापन तथा उद्धार तर्फ रु. १५ लाख र प्रत्येका वडाका विकास खर्च तर्फ रु.९ करोड ९३ लाख २३ हजार बजेट विनियोजन गरेको छ । यस गाउँपालिकमा ५ वटा वडा रहेका छन् । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र तिन वटा वडामा नेपाली काग्रेसको सदस्या प्रमुखमा छन् भने वडा नं.१ मा नेपाल कम्नुष्ट पार्टि र वडा नं. ३ मा संघिय सामाजवादी फोरमका सदस्य प्रमुखमा रहेको छ । एकताको सुत्रमा र समन्वयकारी भुमिकाको लागि वडा नं.१ मा रु. ६० लाख, वडा नं.३ मा रु.५५ लाख र अन्य तिनवटा वडामा रु.४५ लाख गरी विनियोजन गरेको छ । गत आ.व.२०७४÷०७५ मा समानीकरण अनुदान तर्फ रु.११ करोड ९२ लाख ७० हजार प्राप्त आम्दनी मध्ये रु.८ करोड ११ लाख ४९ हजार ६५५ खर्च गरी बाँकी रु. ३ कारोड ८१ लख २० हजार ३४४ रहेको छ । त्यसै गरी ससर्त अनुदान तर्फ रु. ४ करोड ९६ लाख ३८ हजार प्राप्त आम्दनी मध्ये ३ करोड ८४ लाख ५ हजार ६२६ खर्च गरी बाँकी रु.१ करोड ११ लाख ३२ हजार ३७३ रुपैयाँ फ्रिज भएको छ । गत आ.व.मा खरिद भएको स्काईभेटर , टिपर र ट्रक्कटर खरिद प्रक्रिया बारे कुनै जानकारी नगराएको, अन्य हिसाब बारीमा पनि हिना मिना गरेको लेखा शाखामा र खन्य कागजपत्र रहेको दराजमा ताल्चा लगाई बरबुझारथ नगरी पूर्व प्रशासकिय प्रमुख ललन यादब र लेखापाल अशोक कुमार यादब सरुवा गराई अन्य टाउँमा कार्य गरी रहेकोले बारम्बार बरबुझारथ गर्न भने पनि नआएको कारण गाउँसभा गर्न र हिसब बारी स्पष्ट प्रस्तुत गर्न समस्या भएको कुरा बजेट प्रस्तुतिकरण गरेको गाउँपालिका अध्यक्ष विश्वमोहन यादबले बताउनु भयो । गाउँपालिकमा स्वास्थ्य केन्द्र निर्माका लागि मध्य परिवारको गाउँपालिका वडा नं. १ को मागेन साहले आफनो बहुमुल्य मूल्य भएको ५ कट्ट ७ धुर जग्गा दान गरेको छ । जग्गा दातालाई अध्यक्षले माला तथा अविरले धन्यवाद दिनु भयो । जग्गा दाताको उच्च हृद्य र सेवा भावनालाई कार्यक्रमा सहभागिहरुले तालि बजाई सामान दिनु भयो । कार्यक्रमको स्वागत मन्तब्य वडा नं. ४ को वडा अध्यक्ष मदन यादबले गरे भन्ने कार्यक्रम संचालन प्रशासकिय प्रमुख नागेन्द्र पटेलले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

धनुषामा बोक्सीको आरोपमा २ महिलामाथि कुटपिट

मिथिला रत्न, सिरहा । धनुषाको बेग्लाबेग्लै स्थानमा बोक्सीको आरोप लगाउँदै दुई महिलालाई निर्घात कुटपिट गरेको आरोप पीडित पक्षले लगाएका छन् । धनुषाको सबैला नगरपालिका एक महिला र औरही गाउँपालिकामा एक महिला गरी २ जना महिलालाई बोक्सीको आरोपमा कुटपिट गरेको आरोप लगाएका हुन् । सबैला नगरपालिक

चीनको अघोषित नाकाबन्दीका कारण व्यापारीले ग

काठमाडाैँ । केरुङ–रसुवागढी नाकामा १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेकाे छ। अघोषित नाकाबन्दीका कारण सीमामा अड्किएकाे सामानका एक व्यापारीले आत्महत्या गरेका छन्।  सिन्धुपाल्चोक बाह्रबिसेका हरेराम पौडेलले आत्महत्या गरेका हुन्। २७ असोजकाे साँझपख ३५ वर्ष

पाकिस्तानको संसदमा 'मोदी-मोदी', विदेशमन्त्

इस्लामावाद : पाकिस्तानको संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै नाराबाजी गरिएको छ । पाकिस्तानका सांसदहरुले 'मोदी-मोदी' भन्दै नाराबाजी गरेका हुन् ।  पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरेशीले फ्रान्सले इस्लामविरुद्ध अभिव्यक्ति दिएको भन्दै फ्रान्सका सामग्री


मिथिला रत्न राष्ट्रिय दैनिक पत्रिकाद्वारा संचालित

जि.प्र.का सिराहा द.न.: १११/०७६/०७७

पान नम्बर: ६०७७८५१०२

सम्पर्क: ९८०५९२७५३० / ९८६३९७८२३०

IMO/What's APP: ९८०५९२७५३०

Email: [email protected]

  • सञ्चालक/ सम्पादक शिव दयाल यादब
  • सम्बाददाता: राकेस कुमार मिश्रा (सोनु) | बिनय यादब | बिजय सिंह | संजय बिस्वकर्मा
  • सल्लाहकार: देब कुमार यादब (नेपाल पत्रकार माहासंघ केन्द्रिय सदस्य ) | दीप यादब (राष्ट्रिय मानब अधिकार आयोग)

Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved