मधेशीको नागरिकताको माग बेअर्थ ः उपप्रम पोखरेल

  • प्रकाशित मितिः पुष २५, २०७५
  • ६८१० पटक पढिएको
  • बिनय यादव,
alt

 सिरहा, २५ पौष । मधेशवादी दलले उठाउँदै आएको नागरिकताको माग बेअर्थ रहेको नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् । नेकपा प्रदेश २ कमिटिको आयोजनामा सिरहाको कर्जन्हा बस्तिपुरमा आयोजित कम्युनिष्ट आन्दोलनका मूर्धन्य व्यक्तित्व तथा किसान नेता सहिद जयगोविन्द साहको २९औं स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
 
अन्तबाट आएका नागरिक अंगिकृत भएको बताउँदै उनले अंगिकृत नागरिकता नै पाउने बताए । उनले भने, ‘अंगिकृत नागरिक वंशज हुन सक्दैन, बाहिरबाट आएकाहरु आदिवासी, रैथाने र तराई मधेशका जनतालाई विस्थापित गर्न खोजेको छ, तर कम्युनिष्ट सरकारले कदापि यस्तो हुन दिँदैन ।’  
 
उनले तराई मधेशका जनताको हितमै सरकार पनि रहेको बताउँदै मधेशकै जनताले यसका लागि आवाज उठाउनुपर्ने बताए । मन्त्री परिसद्को प्रशासन समितिको बैठकबाट आफ्नै संयोजकत्वमा अंगिकृत नागरिकको सन्तानले वंशज नागरिकता पाउने निर्णय गरिसकेको समेत उनले बताए ।
 
मन्तव्यका क्रममा उनले सहिद जयगोविन्द साहप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरुले नै देखाएको बाटोलाई नियाल्दँै सरकार अघि बढिरहेको बताए । देशका लागि विर सहिदहरुले दिएको योगदान अमूल्य भएको बताउँदै उनले सहिदहरुकै त्याग र बलिदानीले मुलुकमा परिवर्तन आएको बताए ।
त्यस्तै, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सहिदको त्याग र बलिदानीको प्रतिफल स्वरुप पाएका तीन तहको सरकारलाई सहयोग गरेर समृद्धितर्फको यात्रालाई एकता तथा सहमतिसहित अगाडि बढाउनु सबै नेपालीको अबको साझा कर्तव्य र दायित्व भएको औल्याए । 
 
नेपाली जनताको अधिकारका लागि योगदान दिने सहिदहरुको बलिदानको उच्च सम्मान र भावनाको कदर गर्दै सहिदहरुको सपनालाई साकार पार्दै अघि बढ्न सरकार प्रयत्नशील रहँदै आएको उनले थपे । उनले सहिदले देखाएको बाटामा अघि बढ्ने प्रण गर्न सबै नेपालीलाई आग्रह समेत गरे ।
 
स्मृति सभा कार्यक्रममा आएका नेता तथा हजारौंको संख्यामा सहभागीहरुले सहिद जयगोविन्द साहको सालिकमा सम्मान तथा श्रद्धाञ्जली अर्पण गरेका थिए । साह नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज नेता हुन् । उनको जन्म वि.सं. १९७६ सालमा सिरहाको जेलमा भएको थियो भने मृत्यू भारतको जयनगरमा २०४६ साल पुस २५ गते कम्युनिष्ट आन्दोलनको मूखमै भएको थियो ।
 
नेकपा प्रदेश २ कमिटिको आयोजनामा आयोजित स्मृति सभा कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए भने विशिष्ट अतिथिका रुपमा नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल सहभागी थिए ।
 
त्यसैगरी, नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह, नेता तथा पूर्वमन्त्री अजय शंकर नायक “अविनाश”, विश्वनाथ साह, संघीय सांसद लिलानाथ श्रेष्ठ, प्रदेश सांसद दिलिप साह, रामकुमार यादव लगायतका नेताहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

टिएमएनसीको संयोजकमा अधिवक्ता ठाकुर

मिथिला रत्न,काठमाडौं । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को संयोजकमा अधिवक्ता विकास कुमार ठाकुर चयन भएका छन् । परिषद्को शुक्रबार बसेको बैठकले अधिवक्ता ठाकुरलाई सर्वसम्मत संयोजकमा चयन गरेको हो । यस्तै, सचिव एवं प्रवक्तामा प्रमोद कुशवाहा चयन भएका छन् । परिषद्को प्रचारप्रसार वि

चीनले भूमि मिचेको विरोधमा जनकपुरमा पनि प्र

विजय सिंह  जनकपुरधाम ।  हिन्दूवादी नेता विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले चीनले नेपाली भूमी मिचेको विरोध गर्दै शुक्रबार जनकपुरमा प्रर्दशन गरेको छ । चीनले नेपालको रुइ गाउँ कब्जा गरेको र सगरमाथा आफ्नो भएको दाबी गरेको खबर सार्वजनिक भएपछि त्यसका विरुद्ध अभ

पाकिस्तानी आतंककारीद्वारा वृद्ध मारिएपछि अ

एजेन्सी : पाकिस्तानी प्रयोजित आतंककारीले जम्मु काश्मीरको सोपोरमा उक वृद्धलाई गोली हानेर हत्या गरे । सोपोरमा एक वृद्ध र बालक गाडीमा गइरहेका आतंककारीको आक्रमणमा मारिएका थिए ।    वृद्ध मारिएसँगै बालक एक्लै वृद्ध बुबाको छातीमा बसेको दर्दनाक तस्बिर सार्वजनिक भएको थियो


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved