विद्यार्थीहरुले लगाएर आउने बाहिरी अशोभनीय वस्तु तथा पहिरणहरु उपर मेयर बरबरियाको निगरानी,लगाएको खण्डमा कारबाहि गरिने

  • प्रकाशित मितिः पुष २१, २०७५
  • ७४०२ पटक पढिएको
  • maithiliratna
alt

 धनुषा, २० पुस । धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले नगरलाइ नमुना बनाउन सबै तवरबाट लागि परेका छ्न । उनले सोही अनुरुप शिक्षामा जोड दिदै सामुदायिक विद्यालयमा अध्ययनरत बिद्यार्थीप्रती निगरानी बढाएका छन। समुदायिक विद्यालयको गतिविधि तथा पठनपाठनलाई मध्यनजर गर्दै विद्यार्थीहरुले लगाएर आउने बाहिरी अशोभनीय वस्तु तथा पहिरणहरु उपर निगरानी थालेका छन् । विद्यार्थीहरुले लगाएर आउने माला, हातमा पट्टी, सिग्री, औंठी, कनबाली जस्ता वस्तुहरु उपर निगरानी गर्दै त्यस्ता वस्तु लगाएर कक्षाभित्र तथा विद्यालय भित्र जाने विद्यार्थीलाई उक्त वस्तु खोसिँदै आगामी दिनमा यस्तो लगाएर आएको खण्डमा कारवाही गरिने बताए । उनले भने, - "समुदायिक विद्यालय मात्र होईन, जुनसुकै ज्ञान स्थलमा एक शिष्यको भूमिका निर्वाह हरेक विद्यार्थीले गर्नुपर्छ । सदा जीवन उच्च विचारको भावनालाई कदर गर्दै टयाप्पे जस्तो बनेर विद्यालयमा आउन प्रतिबन्ध छ । हाम्रो नगरको विद्यार्थी स्थीर र शिष्ट हुनुपर्छ । किनकी उनीहरु नगरको मात्र होईन देशकै कर्णाधार हुन । यसको लागि मैले उठाएको कदम सबैको लागि अशोभनीय हुन सक्छ तर बाहिरी बनाबट विद्यार्थीको पहिचान पनि दिन्छ । समुदायिक विद्यालयमा सभ्य भएर आउन आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस

धनुषामा १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपै

मिथिला रत्न,सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ढल्केबर ग्रिड शाखा धनुषा कार्यालयका प्रमुख उपप्रबन्धक रितेश गुप्तालाई करोड बढीका कार्यालयका चेकसहित पक्राउ गरेको छ। आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले गुप्तालाई १ करोड २४ लाख ९१ हजार १ सय ४५

सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै से

मिथिला रत्न,सिराहा । जिल्ला प्रशासन कार्यालय सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै सेवामा सिन्डीकेट लगाएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले कोरोना सँक्रमणको अवस्थालाई मध्यनजर गरी तथा मन्त्रीपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय सिरहामा आलोपालो

गोलबजार,लहान र मिर्चैया नगरपालिका साउन मसा

शिव दयाल यादब, सिरहा । सिरहा जिल्लाको गोलबजार,लहान र मिर्चैया नगरपालिकाले साउन मसान्तसम्म लकडाउन गरेका छ्न । गोलबजार नगरपालिका आज राती१२ बजे देखि ९ दिनका लागी लागी लकडाउन हुने भएको छ । राष्ट्रिय लोकमार्गमा चल्ने अति आवश्यक सवारी साधन बाहेक नगर क्षेत्र भित्र चल्ने सवारी साधनमा पू


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved