फूलको माला र अबिर लगाएर स्वागत भई शुरू भएको श्रम

  • प्रकाशित मितिः पुष १५, २०७५
  • ६९०४ पटक पढिएको
  • maithiliratna
alt

जनकपुरधाम, पुस १५ ।

जनकपुरधाममा स्थापना भएको श्रम तथा रोजगार विभागको प्रदेश २ कार्यालयले वैदेशिक रोजगारीमा गएर फर्केकाहरूको श्रम स्वीकृति स्थानीयस्तरमै आजबाट थालेको छ ।

श्रम स्वीकृति गराएका दुई सेवाग्राही हंसपुर नगरपालिका–७ लौवाखोरका जलिल नदाफ र धनौजी बहुअर्वाका जिलानी मोमिनलाई फूलको माला र अबिर लगाएर विभागका महानिर्देशक उदयकुमार गुप्ता, शाखा अधिकृत गणेश श्रेष्ठ र कार्यालय प्रमुख मनोजकुमार यादवले स्वागत गरेका थिए।

तर सेवा सुरु भएको पहिलो दिनमै प्रदेश २ को श्रम तथा रोजगार कार्यालयको टेलिफोन बिग्रिएको छ । वैदेशिक रोजगारीमा जानेलाई प्रदेशबाटै श्रम स्वीकृति दिने संघीय सरकारको निर्णयबमोजिम आइतबारबाट श्रम स्वीकृति दिन सुरु गरेको जनकपुरस्थित सो कार्यालयले दिएको नम्बरमा फोन गर्दा पहिलो दिन नै सम्पर्क हुन सकेन । पहिलो दिन नै ५० भन्दा बढी सेवाग्राही आवश्यक कामका लागि कार्यालय आएका थिए।

श्रम स्वीकृतिको काम प्रदेशमै गराउन पाएपछि समय र खर्चको बचत भएको मोमिनले बताए । महोत्तरीबाट श्रम स्वीकृति गराउन आएका मनोजकुमार महतोले काठमाडौंमा खाने, बस्ने र भाडावापत खर्च हुने रु. ५ हजारभन्दा बढी बचत भएको बताए।

कहाँ छ श्रमको कार्यालय? जनकपुरको मुरलीचोक (विद्यापति) चोकदेखि क्याम्पसचोक (एयरपोर्ट) जाने बाटोको बीचमै रहेको अमित टेन्ट हाउसको गल्लीमा पश्चिम पट्टि श्रम तथा रोजगार कार्यालय स्थापना गरिएको छ । विभिन्न सँचार माध्यमहरुमा जनकपुरमा श्रम कार्यालय खुलेपनि कहाँ र कसरी जाने भन्ने कौहुल्ता बढेको थियो । आईतबारदेखि विधिवत रुपमा  सुरु गरिएको श्रम स्वीकृतिको लागि धनुषाका विभिन्न ठाउँबाट आएका युवकहरुले सेवा लिएका छन् । कार्यालयको फोन नम्बर भने ०४१ ५२०१३५ रहेको छ

प्रतिक्रिया दिनुहोस

धनुषामा बोक्सीको आरोपमा २ महिलामाथि कुटपिट

मिथिला रत्न, सिरहा । धनुषाको बेग्लाबेग्लै स्थानमा बोक्सीको आरोप लगाउँदै दुई महिलालाई निर्घात कुटपिट गरेको आरोप पीडित पक्षले लगाएका छन् । धनुषाको सबैला नगरपालिका एक महिला र औरही गाउँपालिकामा एक महिला गरी २ जना महिलालाई बोक्सीको आरोपमा कुटपिट गरेको आरोप लगाएका हुन् । सबैला नगरपालिक

चीनको अघोषित नाकाबन्दीका कारण व्यापारीले ग

काठमाडाैँ । केरुङ–रसुवागढी नाकामा १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेकाे छ। अघोषित नाकाबन्दीका कारण सीमामा अड्किएकाे सामानका एक व्यापारीले आत्महत्या गरेका छन्।  सिन्धुपाल्चोक बाह्रबिसेका हरेराम पौडेलले आत्महत्या गरेका हुन्। २७ असोजकाे साँझपख ३५ वर्ष

पाकिस्तानको संसदमा 'मोदी-मोदी', विदेशमन्त्

इस्लामावाद : पाकिस्तानको संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै नाराबाजी गरिएको छ । पाकिस्तानका सांसदहरुले 'मोदी-मोदी' भन्दै नाराबाजी गरेका हुन् ।  पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरेशीले फ्रान्सले इस्लामविरुद्ध अभिव्यक्ति दिएको भन्दै फ्रान्सका सामग्री


मिथिला रत्न राष्ट्रिय दैनिक पत्रिकाद्वारा संचालित

जि.प्र.का सिराहा द.न.: १११/०७६/०७७

पान नम्बर: ६०७७८५१०२

सम्पर्क: ९८०५९२७५३० / ९८६३९७८२३०

IMO/What's APP: ९८०५९२७५३०

Email: [email protected]

  • सञ्चालक/ सम्पादक शिव दयाल यादब
  • सम्बाददाता: राकेस कुमार मिश्रा (सोनु) | बिनय यादब | बिजय सिंह | संजय बिस्वकर्मा
  • सल्लाहकार: देब कुमार यादब (नेपाल पत्रकार माहासंघ केन्द्रिय सदस्य ) | दीप यादब (राष्ट्रिय मानब अधिकार आयोग)

Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved