अभिभावकको जिम्मेवारी बहन गरेनन् प्रधानमन्त्री र मूख्यमन्त्री

  • प्रकाशित मितिः पुष १४, २०७५
  • ९४५ पटक पढिएको
  • अमर प्रसाद यादब
alt

, सिरहा, १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश दूईका मूख्यमन्त्री मो.लालबाबु राउतले दलित बाल बालिकालाई अभिभाकत्व ग्रहण गरेपनि जिम्मेवारी अनुसारको पठन पाठनको ब्यवस्था मिलाउन नसकेको हो ।
प्रधानमन्त्री ओलीले गत वैशाख पाँच गते देशका सबै वर्गका बालबालिकाले समान रुपमा शिक्षा पाउनुपर्ने बताउँदै, उनले सिरहाको कल्याणपुर नगरपालिकास्थित रामदुलारी माध्यमिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको उद्घाटन समारोहमा वडा नम्बर–११ निवासी भोगेन्द्र मल्लिकका छोरा पवन मल्लिक डोम र दिनेश खत्वेकी छोरी रुपा कुमारी खत्वेको प्रमले अभिभावकत्व ग्रहण गर्नुभएको थियो ।

‘यी दुई बच्चा प्रतिनिधि पात्र मात्र छन्,’उहाँले भन्नुभएको थियो मुसहर, मण्डल, खत्वे, डोम जस्ता शिक्षा आर्जन गर्नबाट बञ्चित रहेका सबैले शिक्षा पाउनुपर्छ ।’
सोही कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोख्रेलले सोनु कुमार खत्वे, २ नं. प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले समेत मनिषा कुमारी मल्लिक (डोम), प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित र केन्द्रिय बाल कल्याण समितिका अध्यक्ष तारा धितालले १० जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका थिए । अभिभावकत्व ग्रहण गरिएका सबै बालबालिकालाई कक्षा–८ सम्म पढाईमा लाग्ने सम्पूर्ण खर्च तिर्ने घोषणा गरेका थिए । तर हाल यो विषयमा दलित परिवार सँग जिज्ञाषा राख्दा ६ महिना विति सक्दा समेत पठन पाठनका लागि कोही कसैले ध्यान नदिएको देखियो ।

देशको प्रधामन्त्रीले आफनो बाल बालिकालाई अभिभाकत्व ग्रहण गरेपछि पलाएका सपनाहरु चकनाचुर हुदै गएको पवन मल्लिककी आमा अनारदेवी मल्लिकले बताईन । उनले हामीले सोचेजस्तो मेरो छोरालाई केही सुविधाहरु नपाएको गुनासो गर्दै भनिन् अभिभाभकतत्व ग्रहण गरेर गएदेखी आज सम्म नत प्रधानमन्त्रीले र कुनै सरोकारबाला निकायले पठन पाठनको लागि खर्चको जोहो गरे ।
नत बर्तमान स्थितीमा मेरो छोरोलाई चिसो छिरीका कारण ग्रस्त हुँदा सम्म औषधि उपचार गरे । मासिक २५ सय को अपेक्षाले दुई हजार रकम तिरि नजिकैको माछापुच्छरे बैंकमा खोलाएको खातामा पटक पटक अनुदानको रकम खोज्न जाँदा रकम नपाएपछि आफु दलितहरुको आस मर्दै गएको बताईन ।
डक्टर बन्न सपना बुनेका पवन मल्लिकका परिवारलाई बेल पाक्यो कागलाई हर्ष नविषमात भएका छन् ।
यस्तै,प्रदेश नं.२ का मूख्यमन्त्री मो.लाल बाबु राउतले यिनै पठन पाठनको सपना देखाई सोही वडा ११ की मनिषा कुमारी मल्लिकलाई विद्यार्थी भर्ना अभियान कार्यक्रम मार्फत अभिभाकत्व सम्हालेका थिए । तर हाल मनिषा की अवस्था पवन कुमार भन्दा फरक छैन ।
बिरामी मनिषालाई देखाउदै आमा कालो देवीले आफु अहिलेसम्म एउटा झोेला र एक सरो कपडा भन्दा सरकारी अनुदान केही नपाएको वताईन । उनले दुखेसो पोख्दै ब्यंगात्मक रुपमा जुन जोगी आए कानै चिरेको भन्दै,जति आउँछन सबैले सोधपुछ गरी आश्वासन मात्र बाँडछन् ।
जाडोले काप्दै गरेको यी दूई बाल बालिकालाई मिथिला रत्नकर्मीले सोध्दा आफु पढेलेखेर डाक्टर बन्ने ईच्छा जाहेर गरेका थिए । कक्षा १ मा पढदै गरेका पवन र मनिषाले भनिन् आफुहरु पढ्न जाँदा पनि विद्यालयमा समेत छुवाछुतको सिकार हुनु परेको बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहा जिल्लाको शान्ति सुरक्षाका लागि नेपाल

सिरहा : समाजमा प्रहरीको जवाफदेहीता र सुशासन प्रवद्र्धनका लागि समुदायि – प्रहारी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश नं. २ प्रहरी कार्यलय, जनकपुरधामको आयोजनामा सिरहा सदमुकाममा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ । प्रदेश नं. २ का आठ जिल्ला मध्ये सिरहाबाट उक्त कार्यक्रम

जयमधेस भन्ने बित्तिकै मधेस बिरोधी शक्तिको

सिरहा,भाद्र ४ गते । प्रदेश नं २ सदनमा बहुप्रतिक्षित र सर्वाधिक महत्व तथा चासोको विषयहरुले प्रवेश पाएका छन, त्यो हो प्रदेशको नाम र राजधानी । मलाई लाग्छ यो संगसंगै भाषा पनि प्याकेजमै आउनुपर्थ्यो तर आएन । यसले बहसलाई सुदृढ र निष्कर्षमा पुग्न सहज बनाउँथ्यो । जे भए पनि सदनमा प्रस्तुत

रोग र दुर्घट्नालाई निमन्त्रण दिदैँ जिल्ला

सिरहा,भाद्र ४ गते । जिल्ला अस्पताल सिरहाले आफनो मुल प्रवेश द्धारको अगाडी सडक साईडमा फोहर डमपिङ्ग बनाई रोग र दुर्घटना दुवैलाई निमन्त्रण दिईरहेका छन् । अस्पातालमा विरामीहरुलाई प्रयोग गरेका औषधीका डबाहरु मुल गेटको साईडमा फाल्ने गरेको त्यहाँका व्यपारीहरुले बताउछन् सडक पेटीमा फालिएका


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved