ब्यापक भ्रष्टाचारको चक्रभ्युमा स्थानीय तह,पुगेन आधिकारिक निकाय

  • प्रकाशित मितिः पुष १०, २०७५
  • ७५२६ पटक पढिएको
  • maithiliratna
alt

 सप्तरि,१० पुस । छिन्नमस्ता गाउँपालिकामा भ्रष्टाचार गाउँपालिका अध्यक्ष सुरेन्द्र नारायण मण्डल (कुरुर) ले स्वीकारेका छन् । गाउँपालिका अध्यक्ष मण्डलसँग कुराकानीको क्रममा गाउँपालिका भित्र व्यापक भ्रष्टाचार भएको बताए । उनले आफै भ्रष्टाचारको विषयमा बोल्दै भने– गाउँपालिका भित्र कृषि, बृक्षारोपण, लक्षित वर्गको कार्यक्रममा भंष्टाचार भएको छ । यस विषयमा गाउँपालिकाको कार्यकारी अधिकृत रमेश कुमार यादवसँग पटक पटक हर हिसाव नदिई सरुवा गराई भागिसके उनले भने । उनले भने कृषिको लागि छुट्याएको ४५ लाख ८२ हजार बजेट मध्ये २६ लाख रुपैया खर्चको भएको छ । जसमा अफुलाई १ लाख ५० हजार बराबरको गर्मा धानको विउ खरिद गरेको जानकारी भएको छ । अरु पैसा कहाँ गयो केही पनि थाहा नभएको बताए । उनलाई एउटै शिर्षकमा तिन पटक बजेट निकासा भएको जिज्ञासा राख्दा बजेट निकासा भएको तर हिसाव आफु समक्ष प्रस्तुत नगरेको जिकिर गरे । गाउँपालिका वडा नम्बर ४ मा भएको बृक्षारोपण सम्बन्धी जिज्ञासा राख्दा आफुलाई थाहै नदिईकन अधिकृतको मिलोमतोमा बजेट निकासा गरेको बताए । उनले भने यहाँ व्यापक भ्रष्टाचार भएको छानविन गर्ने निकाय नै आउँदैन, आफुलाई कर्मचारी तथा कार्यपालिकाले जानकारी नै नदिई धेरै बजेट निकासा गरी बिल मिलान गरेर भ्रष्टाचार गरेको छ । कुराकानीका क्रममा मृत्यु भइसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको बारे जिज्ञासा राख्दा उनले भने– धेरै जनाले सामाजिक सुरक्षा भता वितरण भइरहेका कारण आफुलाई त्यो सम्बन्धमा थाहा नहुन पनि सक्छ तर यहाँ त्यस्तो भएको छ, हामी छानबिन गर्छौ ।

स्थानीय र जनप्रतिनिधिलाई परिषदको चिन्ता

गाउँपालिकामा परिषद हुन नसक्दा कुनै विकासीय काम अगाडी बढ्न सकेको छैन। परिषद गर्नलाई कार्यपालिका भित्र सहमति जुटाउँन गाउँपालिका अध्यक्षलाई फकाए पनि मानिरहेको छैन । गाउँपालिकाका उपाध्यक्ष उषा मण्डलले भने गाउँपालिकामा परिषद नहुनु जनताको लागि दुर्भाग्य पूर्ण रहेको छ । परिषदको लागि पटक पटक बैठक बसिसकेपनि अध्यक्षकै जिद्दिपनाका कारण परिषद हुन सकिरहेको छैन । गाउँपालिकाका एक कर्मचारीले भने बजेट बाँडफाँडमा सहमति नै नभएका कारण परिषद नभएको हो । तर बजेट सिलिङ बाँडफाँड नगरि एकमुष्ट राखेर पनि परिषद गर्न सकिन्छ । वाइसियलका केन्द्रिय सदस्य तथा नेकपाका नेता जय प्रकाश यादवले भने यहाँ विभिन्न शिर्षकमा व्यापक भ्रष्टाचार भएको छ । यसको खोजीनिति गर्ने कोही छैन । यसको कारण गाउँपालिका अध्यक्ष कमजोर हुनु हो । उनले भने गाउँपालिकाको विकासका लागि परिषद हुनु एकदमै आवश्यकता छ । तर हालसम्म परिषद नहुदा गाउँपालिकाका हुने सबै आर्थिक कामहरु रोकिएको छ । यो ठिक हैन । कार्यपालिका भित्र सहमति जुटाएर परिषद गर्नु आवश्यक छ ।

सिराहामा पनि उस्तै रबैया त्सस्तै,

सिराहाका अधिकान्स स्थानीय तहहरुमा बिभन्न शिर्षक बनाइ बजेटको दुरुपयोग गरि बिल भरपाइ मिलान गरि निकासा गरेको स्थानीयहरु गुनासो गर्छन । गाउँपालिका- नगरपालिकामा सूचना माग गर्दा सुचना ढाक छोप गर्ने प्रबृति बढेको छ । सूचना मागको चेपमा पर्न थालेपछि अधिकान्स अधिकृतहरु सरुवा गराएर भाग्न थालेको देखिन्छ । यसरि नै क्रमस : खोत्ल्दै जादा बहुबर्सिया योजनाको नाउँमा थिकेदार सङ्ग कमिसनको रकम लिनु ,काम सन्चालन पुर्ब थिकेदारलाई पेस्की दिनु, बजेट सार्बजनिक गर्दा आम्दानी स्रोत नखुलाउनु, कमिसनको लोभमा मापदण्ड बिपरितको औषधि खरिद गर्नु, एन बमोजिम चौमासिक लेखापरीक्षणको सार्बजनिकिकरण नगर्नु, गोप्य तरिकाले कमिसनमा आसेपासेलाई करारमा कर्मचारी नियुक्त गर्नु जस्ता प्रसासकिय अधिकृतको रबैयाले आफुहरु पिडित भएको स्थानीयहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

टिएमएनसीको संयोजकमा अधिवक्ता ठाकुर

मिथिला रत्न,काठमाडौं । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को संयोजकमा अधिवक्ता विकास कुमार ठाकुर चयन भएका छन् । परिषद्को शुक्रबार बसेको बैठकले अधिवक्ता ठाकुरलाई सर्वसम्मत संयोजकमा चयन गरेको हो । यस्तै, सचिव एवं प्रवक्तामा प्रमोद कुशवाहा चयन भएका छन् । परिषद्को प्रचारप्रसार वि

चीनले भूमि मिचेको विरोधमा जनकपुरमा पनि प्र

विजय सिंह  जनकपुरधाम ।  हिन्दूवादी नेता विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले चीनले नेपाली भूमी मिचेको विरोध गर्दै शुक्रबार जनकपुरमा प्रर्दशन गरेको छ । चीनले नेपालको रुइ गाउँ कब्जा गरेको र सगरमाथा आफ्नो भएको दाबी गरेको खबर सार्वजनिक भएपछि त्यसका विरुद्ध अभ

पाकिस्तानी आतंककारीद्वारा वृद्ध मारिएपछि अ

एजेन्सी : पाकिस्तानी प्रयोजित आतंककारीले जम्मु काश्मीरको सोपोरमा उक वृद्धलाई गोली हानेर हत्या गरे । सोपोरमा एक वृद्ध र बालक गाडीमा गइरहेका आतंककारीको आक्रमणमा मारिएका थिए ।    वृद्ध मारिएसँगै बालक एक्लै वृद्ध बुबाको छातीमा बसेको दर्दनाक तस्बिर सार्वजनिक भएको थियो


Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved