मुख्यमन्त्री बन्न पाच करोड घुस : युबा नेता यादव

  • प्रकाशित मितिः कार्तिक २५, २०७५
  • १६२३ पटक पढिएको
  • Maithili Ratna
alt

सिरहा, कार्तिक २५ गते । नेकपाका नेता डा नविन यादवले प्रदेश २ का मुख्यमन्त्री बन्न पाँच करोड घुस दिएको दावी गरेका छन् । सिरहाको पर्टेवामा शनिवार आयोजित शुभकामना आदान प्रदान कार्यक्रमा बोल्दै डा यादवले चिप मिनिस्टर बन्न पाँच करोड घुस दिएको दावी गरे । उनले भने,‘फोरम अध्यक्ष उपेन्द्र यादवलाई पाँच करोड घुस दिएर मुख्यमन्त्री बनेको छ । त्यो पाँच करोड रुपैयाँ कहाँ वाट आयो ?’ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको आलोचना गर्दै डा यादवले वर्तमान सरकारका प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्डलाई केही भन्नुको कुनै अर्थ नरहेको बताए । उनले मुख्यमन्त्री जस्तो पदमा वसेर कसरी बोल्ने, कुन शैली प्रयोग गर्ने त्यो पनि नआएको बताएका छन् । प्रदेश २ मा बहुमतको सरकार भएकोले कमला नदिको पुल ६ महिना भित्र बनाउनु पर्ने बताए । उनले भने,‘हिम्मत छ भने सरकारको मुख्यमन्त्रीले ६ महिना भित्र पुल बनाउनु पर्यो । झूठा कुरा मात्रै गरेर हुँदैन् ।’ उनले साँझ परेपछि जनकपुरको दारु भठ्ीमा मधेसवादी भनाउने नेताहरु रमाउने गरेको दावी गरेका छन् । युवाहरुलाई दारुमासुमा पल्काएर उपयोग गर्ने नीतिमा विपक्षीहरु लगेको भन्दै उनले जनतालाई ठग्ने काम रोक्नु पर्ने बताए । यस्तै सिरहा नगरपालिकामा आएको बजेट अनुसार काम नभएको भन्दै डा यादवले जनप्रतिनिधीहरु काम गर्नुको साटो विभिन्न होटलहरुमा मदिरा खान पुग्ने गरेको दाबी गरे । उनले भने,‘नगरपालिकामा ठूलो बजेट दियो । तर साँझ पर्नासाथ यहाँका नेताहरु चोहर्वा, लहान, मिर्चैया, बन्दिपुरको होटलमा मदिरा सेवन गर्न पुग्छन् । कराडौं रुपैयाँको बजेट भएपनि विकासमा बजेट खर्च गर्न सकेको छैन् ।’ उनले यस क्षेत्रबाट निर्वाचित नेकपाका प्रदेश र प्रतिनिधी सभा सदस्यलाई पनि जनताको आवश्यकता अनुसार विकास गर्न आग्रह गरेका छन् । जनताको माग अनुसार विकास निर्माणमा जोड नदिए आफू जनतासँगै सडकमा उत्रने चेतावनी समेत दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपाका प्रतिनिधी सभा सदस्य साँसद लीलानाथ श्रेष्ठ, विशिष्ठ अतिथि रहेका प्रदेश सभा सदस्य प्रमोद यादवलाई जनताको माग अनुसारको विकास एक वर्ष भित्र गर्न आग्रह गरेका छन् । केन्द्र सरकारले अहिले अधिकार गाउँमा पुर्याएपनि स्थानीय तहले काम गर्न नसकेको डा यादवको भनाई थियो । उनले सरकारले वढाएको करलाई स्थानीय तहमा विपक्षी दलले बंग्याएर जनतालाई भ्रमित पार्ने षडयन्त्रमा लागेको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

घरेलु मेडियालाई सिध्याउने एक विधेयक

काठमाण्डौ : नेपाल सरकारले घरेलु मेडियालाई सिध्याउने विध्येक लियाउन थाले छ । प्रस्तावित विज्ञापन नियमहरु विधेयकको रुपमा कार्यान्वयन भएमा यसले टेलिभिजन च्यानलहरुलाई महत्वहीन तथा नेपालका टेलिभिजन तथा विज्ञापन उद्योगलाई नै धराशयी बनाउन सक्नेछ । घरेलु मेडिया उद्योगको वृद्धि तथा यसको आ

प्रदेश स्तरीय होम–स्टे कार्याशाला गोष्ठी त

धनकुट्टा : ‘पर्यटनको विकास, समृद्धिको निकास’ भन्ने मूल नाराका साथ प्रदेशस्तरीय होमस्टे कार्याशाला गोष्ठी तथा महोत्सव धनकुट्टा जिल्लाको साघँुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित नाम्जेथुम्कीमा एक समारोहका साथ सम्पन्न गरिएको छ ।    कार्यशाला गोष्ठी तथा महोत

जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तर्

सिरहा : सिरहाकाे जेष्ठ नागरिक विरूद्व दुर्व्यवहारकाे अन्तराष्ट्रिय दिवसकाे अवसरमा सिरहा नगरपालिका वडा न. ७ काे सहयाेग र सङाेर नेपाल मझाैरा ३ सिरहाकाे अायाेजनमा वडा न. ७ का जेष्ठ नागरिकहरूलाई सामान गरि मनाईएका छन् । १५ जना जेष्ठ नागरिकहरूलाई चादर र सुपानेट झुल वितरण गरि कार्य


Copyright © 2018 / 2019 - Mithilaratna.com All rights reserved