धनुषामा बोक्सीको आरोपमा २ महिलामाथि कुटपिट

  • प्रकाशित मितिः कार्तिक १४, २०७७
  • १३० पटक पढिएको
  • मिथिला रत्न
alt

मिथिला रत्न, सिरहा । धनुषाको बेग्लाबेग्लै स्थानमा बोक्सीको आरोप लगाउँदै दुई महिलालाई निर्घात कुटपिट गरेको आरोप पीडित पक्षले लगाएका छन् । धनुषाको सबैला नगरपालिका एक महिला र औरही गाउँपालिकामा एक महिला गरी २ जना महिलालाई बोक्सीको आरोपमा कुटपिट गरेको आरोप लगाएका हुन् । सबैला नगरपालिका वडा नम्बर १ स्थित मुसहरी टोल की २५ वर्षीया विमलादेवी साह र औरही गाउँपालिका वडा नम्बर १ झिटकहियाकी ३५ वर्षीया जिवछीदेवी यादवलाई बोक्सीको आरोप लगाउँदै छिमेकीहरुले कुटपिट गरेको पीडित पक्षले जनाएका छन् । बोक्सीको लाञ्छना लगाउँदै बुधबार साँझ निर्घात कुटपिट गरेको भन्दै मुसहरी टोलका २० वर्षीय रञ्जित साह र ५५ वर्षीया रासोदेवी साहविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा पीडितले उजुरी दिएको धनुषाका प्रवक्ता तथा नायब प्रहरी उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । त्यस्तै धनुषाको औरही गाउँपालिका वडा नम्बर १ स्थित झिटकहिया का जिवछीलाई समेत बोक्सीको आरोपमा अपमानजनक व्यवहार गर्दै कुटपिट गरी कपाल मुण्डन गर्ने प्रयास गरेको भन्दै सोही ठाँउका ३३ वर्षीय रामनाथ यादव, ३५ वर्षीय जितनारायण यादव, ३१ वर्षीय सुजित यादव, २९ वर्षीय मिथिलेश यादव र ३६ वर्षीया विमला देवी यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा बिहीबार उजुरी दिएको छ । कुटपिटबाट गम्भीर घाइते जिवछीको धनुषा अस्पताल जनकपुरमा कार्तिक ९ गते राति नै उपचार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियोे । दुवै घटनामा प्रहरीले छानविन प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

बर्दिवासमा बालिका हत्याको विरोधमा स्थानीयद

महोत्तरी । महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिकाको हत्याको विरोधमा स्थानीयले अवरुद्ध पारेका पूर्वपश्चिम राजमार्ग अन्तर्गत ढल्केवर-बर्दिवास सडकखण्ड पुनः सुचारु भएको छ भने प्रदर्शन जारी नै रहेकोे छ । अवस्था तनावग्रस्त भएपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जका साथै गोली

प्रहरीको गोली लागेर ३ जना गम्भीर घाइते, का

महोत्तरी । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा आक्रोशित स्थानीय र प्रहरीबीच झडप हुँदा ३ जना गम्भीर घाइते भएका छन् । बर्दिबास नगरपालिकाका प्रमुख (मेयर) बिदुर कार्कीका अनुसार प्रहरीको गोली लागेर सञ्जय न्यौपाने, सुरज कार्की र अफ्ताप आलम घाइते भएका छन् ।

नेकपा र कांग्रेसमा संकट, जसपामा पार्टी प्र

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी झण्डै पौने एकसयले जसपा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टीको नगर कार्यालयमा सोमबार आयोजित पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा झण्डै ७५ जना बढीले जसपामा प्रवेश गरेका हुन् । जसपा प्रवेश गर्नेहरु अधिकांश नेकपा र क


मिथिला रत्न राष्ट्रिय दैनिक पत्रिकाद्वारा संचालित

जि.प्र.का सिराहा द.न.: १११/०७६/०७७

पान नम्बर: ६०७७८५१०२

सम्पर्क: ९८०५९२७५३० / ९८६३९७८२३०

IMO/What's APP: ९८०५९२७५३०

Email: [email protected]

  • सञ्चालक/ सम्पादक शिव दयाल यादब
  • सम्बाददाता: राकेस कुमार मिश्रा (सोनु) | बिनय यादब | बिजय सिंह | संजय बिस्वकर्मा
  • सल्लाहकार: देब कुमार यादब (नेपाल पत्रकार माहासंघ केन्द्रिय सदस्य ) | दीप यादब (राष्ट्रिय मानब अधिकार आयोग)

Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved