चीनको अघोषित नाकाबन्दीका कारण व्यापारीले गरे आत्महत्या!

  • प्रकाशित मितिः कार्तिक १४, २०७७
  • ७१ पटक पढिएको
  • मिथिला रत्न
alt

काठमाडाैँ । केरुङ–रसुवागढी नाकामा १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेकाे छ। अघोषित नाकाबन्दीका कारण सीमामा अड्किएकाे सामानका एक व्यापारीले आत्महत्या गरेका छन्। 

सिन्धुपाल्चोक बाह्रबिसेका हरेराम पौडेलले आत्महत्या गरेका हुन्। २७ असोजकाे साँझपख ३५ वर्षीय पौडेलले पेप्सीकोलाको आफ्नो निवासमै पासो लगाएर आत्महत्या गरे । प्रहरीका अनुसार अपरान्ह साढे ४ बजे पौडेल मृत भेटिएका थिए । कमाउने मुख्य व्यक्ति नै नरहेपछि दसैँ मात्र खल्लो रहेन, जीवन नै अप्ठेरोमा धकेलिएको छ । सात वर्षका छोरा र १० वर्षकी छोरी छन्, उनका ।

चीनबाट नेपाल सामान आपूर्ति गर्ने व्यावसायी हुन् पौडेल । सात वर्षदेखि यो व्यवसायमा लागेका उनी पछिल्लो समय व्यापारमा राम्ररी जमिरहेका थिए । तर विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीसँगै नेपाल–चीन सीमानाका बन्द भएपछि धेरै व्यावसायीलाई झैँ पौडेललाई पनि प्रतिकूल बन्दै गयो । लामो समयसम्म नाका नखुल्दा व्यापार चौपट बन्दै गयो ।

प्रहरीका अनुसार पौडेलको आर्थिक व्यवहार बिग्रिएको अनुसन्धानबाट खुलेको छ । पौडेलको आत्महत्याको कारण यही हुन सक्ने प्रहरीले अनुमान गरेको छ । ‘तर ठ्याक्कै यही कारण हो भन्ने निचोडमा भने पुग्न सकिएको छैन,’ महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका एक प्रहरी अधिकृतले भने, ‘परिवारले समेत आत्महत्याबारे बाहिर नभन्न हामीलाई भनेको छ । मोबाइलको फरेन्सिक परीक्षणपछि थप खुल्नेछ । त्यसको रिपोर्ट आएको छैन ।’ प्रहरीले पौडेलको ऋण भएको तथ्य फेला पारे पनि त्यसको आकार भने पत्तो पाउन सकेको छैन ।

कोभिड–१९ को संक्रमणपछि भने गत पुसदेखि चीनले आफ्ना सबै नाका सिल गर्‍यो । चीनको वुहानमा सबैभन्दा पहिले भाइरस देखिएको थियो । त्यसबेला तातोपानी र केरुङ दुवै नाकामा नेपालीका २ हजार कन्टेनर सामान अड्किए ।ती सामान अहिलेसम्म कुन हालतमा पुगे भनेर अनुमान मात्र गर्न सकिन्छ । केरुङ नाकामा मात्र अझै नेपाली व्यवसायीका १ हजार कन्टेनर सामान थन्किएका छन् ।

प्रतिक्रिया दिनुहोस

बर्दिवासमा बालिका हत्याको विरोधमा स्थानीयद

महोत्तरी । महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिकाको हत्याको विरोधमा स्थानीयले अवरुद्ध पारेका पूर्वपश्चिम राजमार्ग अन्तर्गत ढल्केवर-बर्दिवास सडकखण्ड पुनः सुचारु भएको छ भने प्रदर्शन जारी नै रहेकोे छ । अवस्था तनावग्रस्त भएपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जका साथै गोली

प्रहरीको गोली लागेर ३ जना गम्भीर घाइते, का

महोत्तरी । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा आक्रोशित स्थानीय र प्रहरीबीच झडप हुँदा ३ जना गम्भीर घाइते भएका छन् । बर्दिबास नगरपालिकाका प्रमुख (मेयर) बिदुर कार्कीका अनुसार प्रहरीको गोली लागेर सञ्जय न्यौपाने, सुरज कार्की र अफ्ताप आलम घाइते भएका छन् ।

नेकपा र कांग्रेसमा संकट, जसपामा पार्टी प्र

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी झण्डै पौने एकसयले जसपा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टीको नगर कार्यालयमा सोमबार आयोजित पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा झण्डै ७५ जना बढीले जसपामा प्रवेश गरेका हुन् । जसपा प्रवेश गर्नेहरु अधिकांश नेकपा र क


मिथिला रत्न राष्ट्रिय दैनिक पत्रिकाद्वारा संचालित

जि.प्र.का सिराहा द.न.: १११/०७६/०७७

पान नम्बर: ६०७७८५१०२

सम्पर्क: ९८०५९२७५३० / ९८६३९७८२३०

IMO/What's APP: ९८०५९२७५३०

Email: [email protected]

  • सञ्चालक/ सम्पादक शिव दयाल यादब
  • सम्बाददाता: राकेस कुमार मिश्रा (सोनु) | बिनय यादब | बिजय सिंह | संजय बिस्वकर्मा
  • सल्लाहकार: देब कुमार यादब (नेपाल पत्रकार माहासंघ केन्द्रिय सदस्य ) | दीप यादब (राष्ट्रिय मानब अधिकार आयोग)

Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved