पत्रकार चौधरीको उपचारकै क्रममा निधन

  • प्रकाशित मितिः कार्तिक ११, २०७७
  • ३९१ पटक पढिएको
  • मिथिला रत्न
alt

सिरहा, कार्तिक ११ गते । नेपाल पत्रकार महासंघ सिरहा शाखाका सदस्य कृष्णमोहन चौधरीको उपचारकै क्रममा निधन भएको छ । विपि कोईराला स्वास्थ्य विज्ञान प्रष्तिठान धरानमा अर्थराइटिसको दोस्रो पटक गरिएको शल्यक्रिया पछि चौधरीको निधन भएको हो । उपचारकै क्रममा आज साढे १० बजेतिर उनको निधन भएको हो । सुखीपुर नगरपालिका वडा नम्बर ८ घर भएका ३५ वर्षिय चौधरीको २ हप्ता सिरहाको धनगढीमाई स्थित आर के मेडिसिटीमा शल्यक्रिया गरिएको थियो । शल्यक्रिया भएपनि सुधार नआएपछि शुक्रवार राती विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानामा उपचारको लागि लगिएको थियो । चौधरीको आईतवार चेक जाँचगरी पुनः अर्थराइटिसको शल्यक्रिया गरिएको थियो । त्यहाँ उपचाररत उनको आज निधन भएको परिवारजनले जनाएको छ । चौधरीलाई पहिले देखि अर्थराइटिसको समस्या रहको पारिवारीक स्रोतले जनाएको छ । चौधरीको ३ र ५ वर्षिया २ छोरा र ८ वर्षिया एक छोरी र पत्नी रहेका छन् । चौधरीको ५ वर्षिय छोरा आयुष चौधरीले दागवती दिएका छन् । सुखीपुर स्थित रहेको गागैन खोलामा उनको दाहसंस्कार भएको छ । दाह संस्कार कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति दिनेश्वर प्रसाद गुप्ता सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादव, सुखीपुर ब्यपार समितिका अध्यक्ष शत्रुधन प्रसाद चौधरी, नगरसुधार समितिका विपि भुवन यादव लगायतको सहभागिता रहेको थियो । मृतक चौधरी विभिन्न संचारमाध्ममा आवद्ध थिए । रेडियो समाद, सलहेश संवाददाता र मिथिला अवाज सप्ताहिकका सह सम्पादक थिए । चौधरीको निधन प्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ता र प्रादेशिक समिति प्रदेश नम्बर २ का महासचिव किरण कर्णले छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै दिवंगत पत्रकार चौधरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

बर्दिवासमा बालिका हत्याको विरोधमा स्थानीयद

महोत्तरी । महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिकाको हत्याको विरोधमा स्थानीयले अवरुद्ध पारेका पूर्वपश्चिम राजमार्ग अन्तर्गत ढल्केवर-बर्दिवास सडकखण्ड पुनः सुचारु भएको छ भने प्रदर्शन जारी नै रहेकोे छ । अवस्था तनावग्रस्त भएपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जका साथै गोली

प्रहरीको गोली लागेर ३ जना गम्भीर घाइते, का

महोत्तरी । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा आक्रोशित स्थानीय र प्रहरीबीच झडप हुँदा ३ जना गम्भीर घाइते भएका छन् । बर्दिबास नगरपालिकाका प्रमुख (मेयर) बिदुर कार्कीका अनुसार प्रहरीको गोली लागेर सञ्जय न्यौपाने, सुरज कार्की र अफ्ताप आलम घाइते भएका छन् ।

नेकपा र कांग्रेसमा संकट, जसपामा पार्टी प्र

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी झण्डै पौने एकसयले जसपा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टीको नगर कार्यालयमा सोमबार आयोजित पार्टी प्रवेश तथा भेटघाट कार्यक्रममा झण्डै ७५ जना बढीले जसपामा प्रवेश गरेका हुन् । जसपा प्रवेश गर्नेहरु अधिकांश नेकपा र क


मिथिला रत्न राष्ट्रिय दैनिक पत्रिकाद्वारा संचालित

जि.प्र.का सिराहा द.न.: १११/०७६/०७७

पान नम्बर: ६०७७८५१०२

सम्पर्क: ९८०५९२७५३० / ९८६३९७८२३०

IMO/What's APP: ९८०५९२७५३०

Email: [email protected]

  • सञ्चालक/ सम्पादक शिव दयाल यादब
  • सम्बाददाता: राकेस कुमार मिश्रा (सोनु) | बिनय यादब | बिजय सिंह | संजय बिस्वकर्मा
  • सल्लाहकार: देब कुमार यादब (नेपाल पत्रकार माहासंघ केन्द्रिय सदस्य ) | दीप यादब (राष्ट्रिय मानब अधिकार आयोग)

Copyright © 2018 / 2020 - Mithilaratna.com All rights reserved